राजनीति

समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे

असोज ७ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले साहित्यमार्फत समाजलाई विशिष्ट रुपमा देखाउन सकिने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले समाजको वास्तविकतालाई देखाउने भएकैले साहित्यकार अभौतिक सम्पदाका रुपमा स्थापित भएको बताए । “साहित्यले अप्ठ्याराकाबीच आशाका सञ्चार गर्छ, समाजमा पुनःजागरण र जागृतिको आवश्यकता रहेकाले यसमा साहित्यकारले योगदान गर्न सक्छन्, बिपी कोइरालाले आत्मवृत्तान्तमा धेरै व्यावहारिक मान्छे भावुक जति पवित्र हुँदैन भनेका छन् ।… पुरा पढौ

भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल

असोज ७ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय ५ औँ जन्मजयन्तीमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गरेका हुन् । “राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र नभई राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङ्मयको क्षेत्रलाई… पुरा पढौ

रविलाई पक्राउ पुर्जी जारी भएको हो ? कि बजार हल्ला मात्र ?

पोखरा, असोज ७ सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका रवि लामिछानेलाई पक्राउ पुर्जी जारी भए–नभएकोबारे अन्यौलता छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप लागेका छविलाल जोशीलाई पक्राउ गरेपछि रविलाईपनि पक्राउ गर्ने तयारी रहेको देशव्यापी हल्ला छ । तर अदालत र प्रशासन यसबारे तैँचुपमैचुप छन् । अदालत श्रोतका अनुसार रविलाई पक्राउ गर्न आईतबारै पक्राउ पुर्जी जारी भइसकेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेर कास्की प्रहरीलाई दिइसकेको छ । यसको पुष्टि भने भइसकेको छैन… पुरा पढौ

रविलाई पक्राउ पुर्जी जारी भए-नभएकोबारे अदालत र प्रशासन तैचुपमैचुप

पोखरा, पोखरा, असोज ७ सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई पक्राउ पुर्जी जारी भए–नभएकोबारे अन्यौलता छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप लागेका छविलाल जोशीलाई पक्राउ गरेपछि रविलाईपनि पक्राउ गर्ने तयारी रहेको हल्ला छ । तर अदालत र प्रशासन यसबारे तैचुपमैचुप छन् । अदालत श्रोतका अनुसार रविलाई पक्राउ गर्न आईतबारै पक्राउ पुर्जी जारी भइसकेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेर कास्की प्रहरीलाई दिइसकेको छ । यसको पुष्टि भने भइसकेको छैन ।… पुरा पढौ

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो

असोज ६ पोखरा । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ । अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए । निजलाई सोमबार अदालतमा पेस गरिनेछ । रासस पुरा पढौ

सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी जोशीलाई पोखरा ल्याइँदै

असोज ६ पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीको कसुरमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशीलाई पोखरा ल्याइँदैछ । आज दिउँसो काठमाण्डौंबाट पक्राउ परेका उनलाई सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर हवाईजहाजमार्फत पोखरा ल्याउन लागिएको हो । प्रहरी स्रोतका अनुसार उनलाई राती ८ बजेको बुद्ध एयरबाट पोखरा ल्याउन लागिएको हो । उनलाई हिरासतमा राख्नका लागि आवश्यक पर्ने मेडिकल रिर्पोटपनि पोखरामा नै गराउने प्रहरीले आन्तरिक तयारी गरिरहेको प्रहरी श्रोतले बताएको छ। सहकारी संस्था बचत दुरुपयोग सम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदनका आधारमा उनी… पुरा पढौ

देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको हो : सञ्चारमन्त्री गुरुङ

असोज ५ लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउनको लागि नेपाली कांग्रेस– एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् । लमजुङ–बेँसीसहर नगरपालिका– ७ मा आज एमाले लमजुङको तेस्रो बैठक सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएका बताए । उनले भने, “वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्नेछ । सञ्चारमन्त्री गुरुङले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन… पुरा पढौ

प्रत्यक्ष निर्वाचित राष्ट्रपति समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष प्रचण्ड

असोज ५ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ‘एजेण्डा’लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अखिल नेपाल ट्रेड यूनियन महासङ्घले आज आयोजना गरेको ‘राजनीतिक वैचारिक प्रशिक्षण’ मा अध्यक्ष दाहालले संविधान निर्माणका क्रममा फरक मतका रुपमा प्रस्तुत पार्टीको प्रस्तावलाई नै अघि सारिने बताए । वर्तमान संविधानमार्फत जनताले पाएका अधिकार केही शक्तिलाई मननपरेको टिप्पणी गर्दै अध्यक्ष उनले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खाजेको आरोप लगाए ।… पुरा पढौ

वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल

असोज ४ काभ्रेपलाञ्चोक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरणीय सन्तुलनबाट कायम गरेर गरिने आर्थिक वृद्धिदर दिगोपना हुने बताएका छन् । चैतन्य एकेडेमी नेपालद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘हरित अर्थतन्त्र प्राप्ति : नेपालमा तीन तहको सरकारबीच समन्वय’ विषयक दुईदिने नीति–संवाद कार्यक्रमको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले दिगोपनाको आर्थिक वृद्धिदरले मात्रै राष्ट्रलाई प्रतिफल दिनसक्ने बताए । “वातावरणीय सन्तुलन कायम नगरी गरिने आर्थिक वृद्धि अन्ततः दिगो हुनसक्दैन र त्यसले राष्ट्रलाई राम्रो प्रतिफल दिन पनि सक्दैन, यसबाट भावि पुस्ताका निम्ति अकल्पिनीय बोझ छाडेर जाने… पुरा पढौ

एमाले नेता अधिकारीलाई मातृशोक

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य अर्जुन अधिकारीलाई मातृशोक परेको छ । नेता अधिकारीकी ६० वर्षिय आमा दुर्गादेवी अधिकारीको शुक्रबार बिहान निधन भएको हो । विसं २०२१ साल असोज ९ गते हालको पोखरा १८ मेथ्लाङमा जन्मिएकी अधिकारीले १० वर्ष अघि श्रीमान गुमाएकी थिइन् । सामान्य उपचारका लागि शुक्रबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेकी अधिकारीको हृदयघातका कारण निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गीय अधिकारीको आजै स्थानीय गोस्तेघाटमा अन्त्यष्टि गरिएको छ । उनको पार्थिव शरीरमा छोरा अर्जुन… पुरा पढौ