राजनीति

नीति तथा कार्यक्रम : सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिने

जेठ १ काठमाण्डौं । सरकारले राष्ट्रिय हित, स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा एवं आर्थिक समुन्नतिलाई केन्द्रमा राखी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यकममा संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताको आधारमा पराष्ट्र नीति अवलम्बन गरिने उल्लेख छ । त्यस्तै, मुलुकको विशिष्ट अन्तराष्ट्रिय पहिचान कायम गर्ने गरी परराष्ट्र सम्बन्ध सञ्चालन… पुरा पढौ

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

जेठ १ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ । (राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः) प्रतिनिधि सभाका सम्माननीय सभामुख,राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,सङ्घीय संसद्का माननीय सदस्यहरू, १) सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको… पुरा पढौ

गणतन्त्र दिवस जेठ १४, १५ र १६ गते मनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन । प्रधानमन्त्री दाहालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको मूल समारोह समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव… पुरा पढौ

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन । आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिइन। राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजना ९२०८१र८२–२०८५र८६० को मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा… पुरा पढौ

आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने, सभामुख परामर्शमा व्यस्त

आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ । सभामुख देवराज घिमिरेले १२ः३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दैछन भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन । संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा… पुरा पढौ

स्वास्थ्यमन्त्री यादव र स्वास्थ्य राज्यमन्त्री खानद्वारा शपथ ग्रहण

वैशाख ३१ काठमाण्डौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । जनता समाजवादी पार्टी (जसपा) का सांसद यादवले नेपालको संविधानको धारा, ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् । आजै राष्ट्रपति पौडेलेको उपपस्थितिमा प्रधानमन्त्रीसमक्ष नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि नेपालको संविधानको धारा, ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहाय प्रसाद यादव,… पुरा पढौ

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

वैशाख ३१ काठमाण्डौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच निर्वाचन प्रणाली सुधार गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगमा आज भएको भेटमा सभापति खतिवडाले बहुमतसहितको स्थिर सरकार दिन नसक्ने निर्वाचन प्रणाली आवश्यक नरहेको बताए । आयोगस्थित प्रमुख आयुक्तको कार्यकक्षमा भएको छलफलमा सभापति खतिवडाले निर्वाचन प्रणालीमै संशोधन जरुरी रहेकाले सबैले आ–आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिए । अहिलेको निर्वाचन प्रणाली साह्रै महँगो भएको र यसलाई न्यूनीकरण गर्न समयमै ध्यान दिनुपर्ने उनको भनाइ थियो ।… पुरा पढौ

एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

वैशाख ३१ मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन् । प्रदेशसभामा आज विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुको जिज्ञासामा जवाफ दिँदै हाललाई नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रसहितको सरकार विस्तार गर्ने जानकारी दिए । मुख्यमन्त्री कार्कीले जनता समाजवादी पार्टी नेपाल विभाजनपछि सनाखत हुन केही दिन लाग्ने तथा नेकपा (एकीकृत समाजवादी) सरकारलाई समर्थन दिने तर प्रतिपक्षमा बस्ने भएकाले आगामी दिनमा छलफल गरी सरकारमा सहभागी हुने विश्वास व्यक्त गरे । अहिले प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या… पुरा पढौ

पुष्पलालको बाटो ठिक हो भन्ने कम्युनिष्टहरूनै भौतारिदा समस्या देखियो :अधिकारी

वैशाख ३१ पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले व्यक्तिगत गाली–गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई आग्रह गरेका छन् । सोमबार पोखरामा आयोजित ‘पुष्पलाल जन्मशताब्दी समारोह २०८१’ विचार गोष्ठीमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका अधिकारीले यस्तो आग्रह गरेका हुन् । ‘वैचारिक बहस गरौँ, व्यक्तिगत गाली–गलौज बन्द गरौँ, यति गरें पुग्छ अहिले, आ–आफ्नो विचार छन्, संगठन छन् दृष्टिकोण छन्’ पुष्पलाल अध्ययन केन्द्र कास्कीका अध्यक्ष समेत रहेका उनले भने । पुष्पलालको बाटो ठिक हो भन्ने कम्युनिष्टहरू… पुरा पढौ

कोशी प्रदेशका मुख्यमन्त्री कार्की विश्वासको मत लिन सफल

वैशाख ३१ विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिन सफल भएका छन् । आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरे । उनको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भने अनुपस्थित थिए । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सदस्य उपस्थित थिए । कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बनेका हुन्… पुरा पढौ