राजनीति

बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्छः मुख्यमन्त्री अधिकारी

जेठ ५ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालको पर्यटकीय उपयोगका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाको चौथो वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय गन्तव्यकारूपमा अघि बढाउन प्रदेश सरकारको पनि साथ रहने बताए । “बेगनास ताल र आसपासका क्षेत्रमा पूर्वाधार विकासका कामहरू अघि बढिरहेका छन् । यसलाई धार्मिक पर्यटकीय गन्तव्यकारूपमा विकास गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । विकासक्रममा आइपर्ने… पुरा पढौ

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

जेठ ५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे । “प्रमुख प्रतिपक्षी दल र सत्तासमीकरणका साझेदार प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “भोलिसम्म सदनको अवरोध हट्नेछ ।” यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्रीले… पुरा पढौ

कोशीका मुख्यमन्त्री कार्कीद्वारा मन्त्रीमण्डल विस्तार, आजै ५ मन्त्रीले लिए सपथ

जेठ ४ मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै कार्यविभाजन गरेका छन् । मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की, सामाजिक विकासमन्त्रीमा पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा एकराज कार्की, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नारायणबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्त गरेका हुन् । यसैगरी मुख्यमन्त्री कार्कीले सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्री र बन्दना झाँगरलाई पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री… पुरा पढौ

सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्यो : मुख्यमन्त्री अधिकारी

जेठ ४ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन् । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा शुक्रबार आयोजना गरिएको ‘साकोस जोखिम विश्लेषण कार्यशाला’लाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । नियामक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने उनको भनाई छ । आर्थिक नियमको उल्लघन गर्ने सञ्चालकले नै सहकारी क्षेत्रमा समस्या ल्याइदिएको उनको दावी… पुरा पढौ

प्रतिनिधिसभाको बैठक यही जेठ ६ गते बस्ने गरि स्थगन

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ । यसअघि आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ बजेका लागि तय भएको थियो । तर विशेष कारणले… पुरा पढौ

जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन। प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२)… पुरा पढौ

एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : मुख्यमन्त्री अधिकारी

जेठ ३ पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २०८४ सालको निर्वाचनमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बनाउने अभियानमा निरन्तर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीमा संगठीत रहेका नेता तथा कार्यकर्ताले प्रभावकारी काम गर्न सकेको खण्डमा एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्नबाट कसैले रोक्न नसक्ने उनको दाबी छ । ‘हरेक संगठनका मानिस लोकप्रिय हुनुप¥यो, जनताको सुख दुःखमा साथ दिने हुनुप¥यो, ठालु आडम्बरी हुनु भएन अनि बल्ल निर्णायक राष्ट्रिय शक्ति बन्छौ, टपर्टुय्याँ… पुरा पढौ

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छः अध्यक्ष ओली

जेठ ३ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । मदन–आश्रितको ३१औँ स्मृति दिवसमा सो पार्टीद्वारा आज मदननगर, बल्खुमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सबै खालका आक्रमणलाई पराजित गर्दै एमाले अपराजेय शक्तिका रूपमा स्थापित हुँदै आएको बताए । आफूहरूले अगाडि बढाएको आन्दोलनलाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)ले निर्देशित गरिरहेको र आन्दोलनले सफलता प्राप्त गरिरहेको… पुरा पढौ

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

जेठ ३ काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन् । आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा (एमाले) पनि रोष्टममा उत्रिएको थियो । सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्नका लागि समय माग गरेको जानकारी गराउँदै समय दिएका थिए तर कांग्रेसले विरोध जारी राखेपछि बैठक… पुरा पढौ

पोखरा महानगरको बेरुजू असुलउपर गर्न सार्वजनिक लेखा समितिको निर्देशन

पोखरा, जेठ ३ पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले पोखरा महानगरको बेरुजू असुलउपर गर्न कार्यपालिकालाई निर्देशन दिएको छ । समितिको विहीबार बसेको बैठकले पोखरा महानगरपालिकामा देखिएको बेरुजू जसको नाममा देखिएको हो उसैबाट असुलउपर गर्न निर्देशन दिएको हो । समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा विहीबार बसेको बैठकमा महानगरमा देखिएको बेरुजू असुलउपर गर्नेबारे छलफल भएको थियो । छलफलमा समितिका सबै सदस्यहरुले बेरुजूका कारण पोखरा महानगरको बदनामी भएको र यसले दण्डहिनतालाई प्रश्रय दिएको भन्दै तत्काल बेरुजू असुलउपर गर्नुपर्नेमा जोड दिए । उनीहरुको एउटै धारणा… पुरा पढौ