राजनीति

गण्डकी प्रदेश सभाको बैठक अनिश्चित कालसम्मका लागि स्थगित

पोखरा, बैशाख ७ गण्डकी प्रदेश सभा बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको छ । विश्वासको मत माग्ने प्रयोजनका लागि डाकिएको प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो । विवादका बीच मुख्यमन्त्री बनेका अधिकारीले शुक्रबार विश्वासको मत माग्ने तयारी गरेका थिए । तर विपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक बहिस्कार गरेपछि कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित गरिएको हो । उसो त विश्वासको मत पाउन आवश्यक ३१ मत नपुग्ने देखेपछि मुख्यमन्त्री अधिकारी विश्वासको मत माग्ने निर्णयबाट… पुरा पढौ

लुम्बिनी प्रदेश सरकारमा दोस्रो पटक मन्त्रिमण्डल विस्तार

वैशाख ६ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री महराले सात जना विनाविभागीय मन्त्री थप गरेका हुन् । अब प्रदेशमा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मुख्यमन्त्री महराले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आज दुई चरणमा मन्त्रिपरिषद्मा सात जना थपेर ११ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । नवनियुक्त मन्त्रीहरुमा नेकपा (एमाले)बाट भूमिश्वर ढकाल, अर्जुनकुमार केसी, दिनेश पन्थी र रत्नबहादुर खत्री विनाविभागीय मन्त्री छन् । यस्तै नागरिक उन्मुक्ति… पुरा पढौ

सुदूरपश्चिको मुख्यमन्त्री पदमा सोडारी नियुक्त

वैशाख ६ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेशसभा, संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई आज नियुक्त गरेका छन् । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभा, एकीकृत समाजवादी पार्टीकोसंसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका सदस्य र स्वतन्त्र सांसद डा तारा जोशीका समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि आजै उनले… पुरा पढौ

उपनिर्वाचनमा सहयोग पु¥याउन निर्वाचन आयोगको आग्रह

वैशाख ६ काठमाण्डौं । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन नेपाल सरकारलाई सहयोगको आग्रह गरेको छ । उपनिर्वाचन हुने जिल्लामा विद्युत्, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, दमकल जस्ता सेवा तन्दुरुस्त राख्न र निर्वाचन क्षेत्रमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीलाई सुरक्षित कार्य सम्पादन गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन गर्न नेपाल सरकार,… पुरा पढौ

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । नेपालको संविधानको धारा ८६ को उपधारा २ ९ख०मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ… पुरा पढौ

एकीकृत समाजवादीले मुख्यमन्त्रीमा नेता सोडारीलाई उम्मेदवार बनाउने

वैशाख ५ काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो । मुख्यमन्त्रीबाट उक्त प्रदेशमा सरकार निर्माणका लागि आह्वान गरिएको छ । नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा आसन्न १०… पुरा पढौ

कला प्रदर्शनीले हिमाल जोगाउन आह्वान गरेको छ : माओवादी प्रवक्ता सापकोटा

वैशाख ५ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले काठमाडौँमा जारी ’हिमालयको रहस्य कला प्रदर्शनी’ले विश्वलाई हिमाल जोगाउन आव्हान गरेको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी कला प्रदर्शनी अवलोकनको क्रममा आज संक्षिप्त प्रतिक्रिया दिँदै उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको असरले विश्व चिन्तित भएको बेला कलाको माध्यमबाट वास्तविक समस्या उजागर गरी हिमाल बचाउन नयाँ सन्देश प्रवाह गरेको बताए । उनले भने, “हामीले सहजै महसुस गर्नसक्ने गरी छिनमै जाडो र छिनमै गर्मी भइरहेको छ ।… पुरा पढौ

गण्डकी प्रदेशको अधिवेशन आह्वानप्रति कांग्रेसको असहमति

वैशाख ५ पोखरा । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएकामा असहमति जनाएको छ । पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आज विज्ञप्ति जारी गरी अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गर्दै अधिवेशन आह्वान गरिएकामा असन्तोष जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ “सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेसीसमेतलाई बेवास्ता गर्दै अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्ति गर्नु तथा वैशाख ७… पुरा पढौ

इलामा २ मा सुहाङलाई जिताउन अध्यक्ष ओलीको अपिल

वैशाख ५ इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन मतदाताहरुलाई अपिल गरेका छन् । इलाम क्षेत्र नं २ को देउमाई नगरपालिकास्थित मङ्गलबारे बजारमा आज आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन् । नेकपा (एमाले)का यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना… पुरा पढौ

मुख्यमन्त्री अधिकारीले बैशाख ७ गते विश्वासको मत लिने

पोखरा, बैशाख ५ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख ७ गते विश्वासको मत लिने भएका छन् । विवादका बीच गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले आगामी शुक्रबार विश्वासको मत लिने तयारी गरेका हुन् । सोहि प्रयोजनका लागि बैशाख ७ गते शुक्रबार गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको विशेष अधिवेशन डाकेका हुन् । प्रदेश प्रमुखको कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३… पुरा पढौ