राजनीति

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन: कांग्रेस प्रवक्ता चालिसे

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा पार्टी आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपश्चात् सञ्चारकर्मीसँग उनले बोलाइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कुरा मर्यादित नभएको र त्यस्तो कार्यमा पार्टीको असहमति रहने बताए । “एकातिर अधिवेशन बोलाइसकेपछि स्थगित गरिएको छ, अर्कोतिर संसद् छलेर अध्यादेश ल्याउने कुरा चलिरहेको छ, त्यसो गर्नु मर्यादित कदम होइन । जनप्रतिनिधिको थलो संसद्बाटै पारदर्शी रूपमा आवश्यक कानुन ल्याउनुपर्छ”, प्रवक्ता चालिसेले भने ।… पुरा पढौ

प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : उपाध्यक्ष भण्डारी

सन्देश श्रेष्ठपोखरा, बैशाख १४ राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच आज भेटवार्ता भएको छ । उपाध्यक्ष भण्डारी र प्रदेश प्रमुख भट्टबीच सोमबार पोखरामा भेटवार्ता भएको हो । प्रदेश प्रमुखको कार्यालय पोखरामा भएको भेटवार्तामा राष्ट्रिय सभाका उपाध्यक्ष भण्डारीले संघीयताको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशको कामकारवाहीबारे चासो राखेकी थिईन् । मुलुकमा प्राप्त उपलब्धी संस्थागत गर्ने आधार प्रदेश भएको र यसको सफलता नै संघीयता र लोकतान्त्रिक गणतन्त्रको सफलताको मापन भएको बताईन् । उपाध्यक्ष भण्डारीलाई उदृत गर्दै प्रदेश प्रमुखको… पुरा पढौ

संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए । कांग्रेस कार्यसम्पादन समितिको निर्णयअनुसार आजै बस्ने संसदीय दलको बैठकलाई नेतामा आङ्देम्बेको नाम अनुमोदन गर्ने जानकारी पनि उनले दिए । संसदीय दलको नेतामा तीन जना नेताले दाबी गरेपछि यसअघि बसेका बैठक उपसभापति विश्वप्रकाश… पुरा पढौ

प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मरण

नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीको आज २७औँ स्मृति दिवस मनाइएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपास्थित उनको शालिकमा माल्यार्पणसहित सभा आयोजना गरेको थियो ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको प्रतीकका रूपमा चित्रण गरे । पोखरेलले उनको राजनीतिक संघर्ष र त्यागको स्मरण गरे । उनले प्रतिष्ठानलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दिवङ्गत व्यक्तित्वको स्मरण गर्दै प्रतिष्ठानका पूर्वसचिव हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा गोविन्द थापा र लक्ष्मीदास… पुरा पढौ

दलहरूबीच सहमति नहुँदा बागमती प्रदेशमा सभामुख चयन प्रक्रिया अन्यौल

सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया अन्यौल बनेको छ । रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले दाबी नछाडेपछि सहमति कायम हुन सकेको छैन । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जेनजी आन्दोलनलगत्तै गत असोज १ गते सभामुख पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको थियो । प्रदेशसभाको बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यही वैशाख ८ गते सभामुख चयनका लागि प्रक्रिया अघि बढाउने तयारी भए पनि दलहरूबीच सहमति नभएकाले ढिला… पुरा पढौ

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँछ:परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका १० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको बताए। “प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौँ”, कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्री खनालले भने । फरक… पुरा पढौ

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालबाट आफ्नो राजीनामाको घोषणा गरेका हुन् । नागरिकस्तरबाट आफ्नो सेयर लगायतका विषयमा उठेका जनचासोलाई गम्भीररुपमा लिएको उनले बताएका छन् । आफूसँग सम्वन्धित विषयमा निष्पक्ष छानविन होस र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस भनेर राजीनामा दिएको उनको भनाइ छ । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए । पुरा पढौ

महाधिवेशन सफल बनाउन सबैको साथ चाहिन्छ: कांग्रेस सभापति गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यसका लागि सबै साथीहरुसँग संवादमा रहेको समेत स्पष्ट पारे । सभापति थापाले नेपाली कांग्रेस सङ्घीय संसद्मा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताए । उनले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयनलगायत जनतासँग सम्बन्धित विषयमा सहयोग रहने बताए । रासस पुरा पढौ

रास्वपाले ४० निर्वाचन क्षेत्रमा जिम्मेवारी तोक्दा, गण्डकीमा को को ?

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ । प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । सचिवालयको सोही निर्णय अनुसार समानुपातिक सांसदहरूको कार्य विभाजन गरी केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो । बैठकको निर्णय अनुसार सांसदहरूको जिम्मेवारी तोकेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार जानकारी दिए । बैठकले गरेको निर्णय गण्डकी प्रदेशमा प्रत्यक्ष चुनाव नजितेका ३ जिल्लाका ३ क्षेत्रमा पनि समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकिएको छ । जसमा म्याग्दीमा गंगा छन्त्याल, मनाङमा एलिजा गुरुङ र… पुरा पढौ

शेयरमा लगानी गर्नु अपराध होईन्: गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको स्पष्ट पारेका छन् । आफ्नो सम्पत्ति विवरणबारे विभिन्न सञ्चारमाध्यममा गरिएको टिकाटिप्पणीबारे स्पष्ट पार्दै मन्त्री गुरुङले त्यस सम्बन्धि विवरण मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने बताए । मन्त्री गुरुङको सचिवालयले उक्त विषयमा प्रष्ट पार्दै भनेको छ, “सबै सेयर एउटै प्रकृतिका हुँदैनन्, धितोपत्र बजारमा कारोबार हुने सेयर दुई करोडभन्दा बढी लगानी रहेको सम्पत्ति विवरणमै स्पष्ट छ ।” स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको मन्त्री… पुरा पढौ