राजनीति

गण्डकीमा समानुपातिक मत : रास्वपाले ल्यायो सवा ५ लाख मत, अन्य दलले कति पाए ?

सन्देश श्रेष्ठपोखरा, फागुन २७ गण्डकी प्रदेशमा समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी बनेको छ । गत फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको लागि भएको निर्वाचनमा प्रत्यक्षतर्फ गण्डकीको १८ निर्वाचन क्षेत्रमध्ये १५ सिट जितेर पहिलो बनेको रास्वपा समानुपातिकतर्फ पनि ५ लाख २५ हजार ६ सय ३५ मतसहित पहिलो पार्टी बनेको हो । यो अघिल्लो चुनाव २०७९ को भन्दा झण्डै तेब्बर मत अर्थात ३ लाख ४८ हजार ६ सय १० मत बढी हो । २०७९ को चुनावमा रास्वपाले गण्डकीमा… पुरा पढौ

जेनजी आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता लिन रास्वपालाई जेनजी आन्दोलनकारीको आग्रह

सन्देश श्रेष्ठपोखरा, फागुन २७ जेनजी आन्दोलनकारीहरुले जेनजी आन्दोलनका मुद्दा फिर्ता लिईदिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेको छ । जेनजी आन्दोलनको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत फागुन २१ गते सम्पन्न निर्वाचनमार्फत झण्डै दुई तिहाई सिट जितेर सरकार बनाउने निश्चित भएपछि जेनजी आन्दोलनकारीहरुले रास्वपा कास्कीमार्फत सभापती रवि लामिछाने र प्रधानमन्त्रीका रुपमा घोषित पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहलाई मुद्दा फिर्ता लिईदिन आग्रह गर्दै आन्दोलनकारीको तर्फबाट ज्ञापन पत्र बुझाइएको हो । कास्की–१, २ र ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यलाई भने बोधार्थ पठाइएको… पुरा पढौ

६ दलले पाए राष्ट्रिय दलको मान्यता,५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड भन्दा कम मत प्राप्त गरेका छन् । यही फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम मत सीमा कटाएका छैनन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । सम्पूर्ण देशलार्ई एक निर्वाचन… पुरा पढौ

रास्वपा सभापति लामिछानेले निर्वाचनमा गरे करिब १० लाख खर्च

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गरेका छन् । उनी चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भई निर्वाचित भएका छन् । निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार रु नौ लाख ८९ हजार ९८७ खर्च भएको उल्लेख छ । आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च रु १० हजार, नमूना मतपत्र सामग्री छपाइमा रु ६८ हजार १६१, यातायात तथा इन्धन खर्च रु दुई लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च रु १४ हजार २००, वडास्तरीय… पुरा पढौ

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार, रास्वपाका मात्रै ११३ जना (नामावली सहित)

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन् । यसअघिको संसद्मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् भने यसपटक निर्वाचितमध्ये ११३ जना नयाँ छन् । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेपाल कम्युनिष्ट पार्टी एमालेले नौ, नेपाली कम्युनिष्ट पार्टीले आठ, श्रम संस्कृति पार्टीले तीन र… पुरा पढौ

समानुपातिकमा एक करोड चार लाख मतगणना, रास्वपाले कटायो ५० लाख

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ । अब करिब पाँच लाख मत गन्न बाँकी छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ११ हजार ८९१, नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४, नेकपा ९एमाले० ले १४ लाख १२ हजार ८५३, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६७ हजार ९९९ र श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३२४ मत प्राप्त गरेका… पुरा पढौ

इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी

इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए । चुनावी प्रतिस्पर्धामा रहेका एमालेका काजिमान कागतेले ११ हजार ९६६, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले नौ हजार १६० तथा नेपाली कम्युनिष्ट… पुरा पढौ

गोरखा १ मा सुधन गुरुङ निर्वाचित

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी २९ हजार ८९६ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत पाए । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी ११ हजार १२४ मत ल्याएर तेस्रो भए । एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत पाए । पुरा पढौ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । यही माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका १८ मध्ये १७ जना सदस्यलाई सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराए । कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । कार्यक्रममा नवनिर्वाचित सदस्यहरु खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी,… पुरा पढौ

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख

झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १४ हजार ७२९ खर्च भएको उल्लेख छ । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । उनले निर्वाचन प्रचार प्रशासका क्रममा सवारीसाधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा रु दुई लाख ३३ हजार ५००, हवाई भाडामा पाँच पटकका लागि रु ३५ हजार तथा… पुरा पढौ