राजनीति

नयाँ समीकरण तत्काल टुट्दैन : मन्त्री गिरी

चैत १३ पर्वत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक स्थिरता र स्थायित्वका लागि नयाँ समीकरण बनेको स्पष्ट पारेका छन् । नेकपा (एमाले) जिल्ला कमिटी पर्वतको सचिवालय बैठकलाई आज सम्बोधन गर्दै उनले दुई ठूला कम्युनिष्ट पार्टीसहित बनेको यो गठबन्धन स्वभाविक प्रक्रिया भएको बताए । मन्त्री गिरीले पछिल्लो समय देखिएको आर्थिकमन्दी र बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्नु सरकारको मुख्य ध्येय रहेको बताए । उनले भने, “नयाँ समीकरण बनेसँगै देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने छ । नयाँ गठबन्धन… पुरा पढौ

श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

चैत १३ काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गरेका छन् । अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह गरे । उनले अध्यागमन सुधारका योजना ल्याउन आग्रह गर्दै उक्त योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने विश्वास… पुरा पढौ

को बन्ला एमाले कास्कीको अध्यक्ष ? अधिकारी, बास्तोला र त्रिपाठीबीच भिडन्त, मतदान शुरु हुँदै

पोखरा, चैत १३ नेकपा एमाले कास्कीको नया नेतृत्वका लागि मतदान शुरु हुँदैछ । आईतबारदेखि शुरु भएको अधिवेशनमा नया नेतृत्व चयनका लागि साँझ ७ बजेदेखि मतदान शुरु हुने भनिएपनि अहिलेसम्म शुरु भइसकेको छैन । एमाले कास्कीको नया नेतृत्वका लागि पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहको भिडन्त छ । दुबै समूहले आ(आफू अनुकुल पात्र प्यानलसहित उठाएका छन् । एमाले कास्कीको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । आगामी तीन वर्षे कार्यकालका लागि पिएस समूहबाट माधव… पुरा पढौ

वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति शुरु, ३३ जनाले लिए अनुमति

चैत १२ काठमाण्डौं । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका छन् । जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन् । सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको… पुरा पढौ

सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ : अध्यक्ष नेपाल

चैत १२ धुलिखेल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापना कार्यक्रममा बोल्दै उनले स्वच्छ छवि भएर भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको उनले बताए । नेपालको कम्युनिष्ट पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै उनले परिस्थिति अनुकुल र सबैमा त्यही ढङ्गको सोच र विकास हुन आवश्यक रहेको बताए । आज… पुरा पढौ

प्रधानमन्त्रीको यस्तै सहयोग रहे धेरै काम हुन्छः गृहमन्त्री लामिछाने

चैत १० काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिनुभएमा धेरै काम हुने बताएका छन् । काठमाडौँमा आज आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गरे । उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने स्पष्ट पारे । उनले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी गराए । कांग्रेसले… पुरा पढौ

उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल

चैत १० काठमाण्डौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आसन्न जनवादी गणतन्त्र चीन भ्रमणलाई फलदायी बनाउन आज विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको सो छलफलमा उनले मित्रराष्ट्र चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिए । सहभागीले ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापनलगायत विषयमा चिनियाँ पक्षसँग छलफल गर्न सुझाव दिएका थिए । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ११ गते जनवादी गणतन्त्र चीनको… पुरा पढौ

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

चैत १० धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो । नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गरेका छन् । साथै केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट आजै… पुरा पढौ

लोकतन्त्रवादी आदिवासी जनजातिको अध्यक्षमा जीत गुरुङ

चैत १० पोखरा । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशमा जीतबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको प्रदेशको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ, सचिवमा क्या. बुद्धिबहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित भए । सहसचिवमा चनसुबा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन चुनिए । अधिवेशनले २३ कार्यसमिति निर्वाचित गरेको प्रचारप्रसार उपसमिति संयोजक राजबहादुर गुरुङले जानकारी दिए । कोषाध्यक्ष निर्वाचित सदस्यहरुबाट बैठकले निर्णय गर्ने उनले सुनाए । भने, उनका… पुरा पढौ

एमालेमा मनपरे दिसापनि बसाउने, अनि मन नपर्दा श्वासपनि ह्वास्स गनाउँछ भन्ने प्रवृत्ति छ : सचिव विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेमा मनपरे दिसापनि बसाउने र मन नपर्दा श्वासपनि गन्हाउने प्रवृत्ति हाबी रहेको टिप्पणी गरेका छन् । नेकपा एमाले कास्कीको एघारौं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै उनले घुमाउरो भाषामा पार्टीमा गुट मौलाएको र त्यसको असर कार्यकर्तासम्म पुगेको बताए । उनले भने,‘एउटा कमरेडले अर्को कमरेडलाई टाढा देख्ने अतिवादहरु पार्टीमा बेलाबेला देखिनेगरेका छन्, जस्तो कि मन प¥यो भने फलाना कमरेडको आचीपनि कस्तो बसाको, मन परेन भने फलानो कमरेड त परैबाट आउँदापनि कस्तो ह्वास्स गन्हाको । यो प्रकारको अतिवाद… पुरा पढौ