राजनीति

पुराना दलहरुले नगरेका कारण देश बनेन भन्ने भाष्य तयार गर्न खोजिदैछ : महासचिव पोखरेल

पोखरा, चैत १० नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुराना दलहरुले नगरेका कारण देश बनेन भन्ने भाष्य तयार गर्न खोजिएको भन्दै असन्तुष्टी जाहेर गरेका छन् । नेकपा एमाले कास्कीको एघारौं अधिवेशनको उद्घाटन शत्रलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले पुराना दलहरुले गरेनन् भन्दै नया दलहरु स्थापित हुन खोजिरहेको बताएका हुन् । यसले नेपाल प्रयोगशाला बन्ने खतरा रहेको औंल्याउँदै उनले भने,‘विकास र समृद्धिका लागि बलिया राष्ट्रिय शक्ति आवश्यक छ । जतिबेला बलियो राष्ट्रिय शक्तिको आवश्यक छ तर त्यतिबेला जनमत विभाजित भइरहेको छ ।… पुरा पढौ

पोखरा अन्र्तराष्ट्रिय विमानस्थल चलाउन एमाले पर्खिएजस्तो लाग्यो : महासचिव पोखरेल

पोखरा, चैत १० नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई साँच्चिकै अन्र्तराष्ट्रिय विमानस्थल बनाउन एमालेलाई पर्खिएको छ कि जस्तो लागेको भएको बताएका छन् । एमाले कास्कीको एघारौं अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले भने,‘हामीले बनाएका छौं पोखरा अन्र्तराष्ट्रिय विमानस्थल तर चलाउन सकेका छैनौं । यो चलाउन सायद एमाले पर्खिरहेको छ कि जस्तो लाग्छ । एमाले सरकारमा जोडिएपछि यो विमानस्थललाई साँच्चिकै अन्र्तराष्ट्रिय विमानस्थल बनाउने प्रयास हाम्रो हुनेछ । यसले पर्यटनको आधार तयार गर्नेछ ।’ महासचिव पोखरेलले पोखरालाई नेपालको पर्यटनको राजधानी… पुरा पढौ

एमाले महासचिव पोखरेलले पृथ्वी सुब्बा र खगराजलाई भने : तपाईंहरु खेलाडी होईन, रेफ्री बनिदिनूस्

पोखरा, चैत १० नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताहरुलाई खेलाडी होईन रेफ्री बनिदिन आग्रह गरेका छन् । नेकपा एमाले कास्कीको एघारौं अधिवेशनको बन्द शत्रलाई शनिबार सम्बोधन गर्दै उनले नेतृत्व छान्ने जिम्मा कार्यकर्तालाई दिन आग्रह गरेका हुन् । गण्डकी प्रदेशमा पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारीबीच गुटगत समूह छ । कास्की अधिवेशनमापनि दुई गुटबीच प्यानल बनाएरै प्रतिष्पर्धाको तयारी छ । केन्द्रमा गुरुङ पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट र अधिकारी महासचिव पोखरेल निकट मानिन्छन् । कास्कीमा… पुरा पढौ

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको गण्डकी अधिवेशन भोलि

चैत ९ पोखरा । नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुँदैछ । प्रदेशको नेतृत्व चयनका लागि हुने अधिवेशन पोखरा सभागृहमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अधिवेशन संयोजक तथा महासंघकी केन्द्रीय सदस्य रेनुका काउचाले जानकारी दिइन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्ने उनले बताइन् । सामाजिक, आर्थिक, राजनीतिक अधिकारको बहस पैरवी गर्दै न्याय र समानताका लागि स्थापित गर्न महासंघको… पुरा पढौ

एमाले कास्कीको अध्यक्षमा खगराज गुटबाट बैनबहादुर, पृथ्वी सुब्बा गुटबाट ३ आकांक्षी

पोखरा, चैत ९ नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन भोलिदेखि शुरु हुने भएको छ । एमाले कास्कीको नया नेतृत्व चयन गर्नका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पोखराको नयाबजारस्थित प्रर्दशनी केन्द्रमा आईतबारसम्म जारी रहने अधिवेशनको नेकपा एमालेका अध्यक्ष तथा पूूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । एमाले कास्कीको नया नेतृत्वको लागि रस्साकस्सी छ । एमाले कास्कीको आगामी कार्यकालका… पुरा पढौ

एमाले कास्कीको अधिवेशनको तयारी पुरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

पोखरा, चैत ९ गते । नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । पोखराको नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा एमाले अध्यक्ष एवं पूूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने भएका छन् । अधिवेशनकोा सम्पूर्ण तयारी पुरा भएको एमाले कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । ११ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने छ । अधिवेशनमा कास्की जिल्लाका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी… पुरा पढौ

संसद्को बाँकी अवधिसम्मै गठबन्धनले मिलेर काम गर्छ : उपप्रधानमन्त्री महासेठ

चैत ८ जनकपुरधाम । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले संसद्को बाँकी अवधिसम्म वर्तमान गठबन्धनले मिलेरै काम गर्ने बताएका छन् । जनकपुधाम विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री महासेठले प्रतिपक्षमा रहेका दलहरूसहितको सहकार्यमा वर्तमान गठबन्धन सरकारले देश विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताए । नेकपा (एमाले)ले चार वर्ष तीन महिनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्न पाएको भन्दै उनले प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्नु निर्देशन दिएकाले आफू त्यसमा कटिबद्ध भएर… पुरा पढौ

माओवादी उपाध्यक्ष महरासँगको बयान सकियो

चैत ८ काठमाण्डौं । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम आज सकिएको छ । बुधबारदेखि सुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिए । बयान सकिएसँगै उनलाई पुनःनर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो सिआइबीले जानकारी दिएको छ । कमजोर स्वास्थ्य अवस्थाका कारण उनलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो । यही चैत ५… पुरा पढौ

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ : अध्यक्ष ओली

चैत ८ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा नेपाल उत्पीडित जातिय मुक्ति समाजले ५९ औं अन्तर्राष्ट्रिय जातिभेद तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले राजनीतिको लागि लोकतान्त्रिक गणतन्त्र साधन मात्र रहेको उल्लेख गर्दै राजनीतिको गन्तव्य मानवजातिको सुख र समृद्धि भएको बताए । अध्यक्ष ओलीले राजनीति सुदृढ अर्थतन्त्र र समृद्धिको माध्यम भएको धारणा राखे । समाजको उन्नतिका लागि, प्रगतिका लागि,… पुरा पढौ

सरकारको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

चैत ८ काठमाण्डौं । सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल थालेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा सबै क्षेत्रको स्वामित्व हुनेगरी विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन थालिएको हो । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा परिवर्तन गरी समावेशी र सबैको अपनत्व हुनेगरी निर्माण गर्ने घोषणा गरेबमोजिम प्रधानमन्त्री कार्यालयमा गठित समितिले विभिन्न क्षेत्रसँग आगामी आवको नीति तथा कार्यक्रमका विषयमा छलफल तथा सुझाव सङ्कलन… पुरा पढौ