राजनीति

गण्डकीसहित तीन प्रदेश प्रमुख पदमुक्त

फागुन ३० काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस पुरा पढौ

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । बैठकमा दुई सय ६८ सांसद उपस्थित हुनुहुन्थ्यो भने सात सांसद अनुपस्थित भएका थिए। कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि एक सय ३८ मत आवश्यक पर्छ । विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियामा लगिएको थियो । सभामुख देवराज घिमिरेले… पुरा पढौ

वित्तीय सुशासन मूल्याङ्कनमा कास्कीका पालिकाहरुमध्ये रुपा पहिलो, पोखरा महानगर पुछारमा

पोखरा, फागुन ३० वित्तीय सुशासनमा रुपा गाउँपालिका कास्कीका पालिकाहरुमध्ये अब्बल ठहरिएको छ । जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित स्थानिय तहहरूको आर्थिक बर्ष २०७९÷८० को वित्तीय सुशासन जोखिम मुल्यांकन (फ्रा)को नतिजामा रुपा गाउँपालिका ६७ अंक प्राप्त गर्दै कास्कीमा अब्बल ठहरिएको हो । सो नतिजा अनुसार पोखरा महानगरपालिका भने सबभन्दा कमजोर देखिएको छ । पोखरा महानगरले ६० अंक प्राप्त गर्दै वित्तीय सुशासन मूल्यांकनमा कास्कीका पाँच स्थानिय तहमध्ये सबैभन्दा पुछारमा परेको हो । जिसस कास्कीले बुधबार सार्वजनिक गरेको वित्तीय सुशासन जोखिम मुल्यांकनमा माछापुच्छ«े… पुरा पढौ

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालद्वारा संसद्मा प्रस्ताव पेस

काठमाडौँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा, १०० को उपधारा ९२० बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिने आग्रह गर्दै सो प्रस्ताव पेस गरेका हुन् । उनको सम्बोधनपछि अन्य पार्टीका शीर्ष नेताहरुले बैठकलाई दलीय आधारमा संसद्मा धारणा राखिरहेका छन्। प्रधानमन्त्री दाहालले सत्तागठबन्धन परिवर्तन गरेपछि र सरकारलाई समर्थन गरेको दल… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एमाले अध्यक्ष ओलीको निर्देशन

फागुन २९ काठमाण्डौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभाको बैठकमा विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन गरेका छन् । संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पुरानो गठबन्धनले देश बर्बाद बनाएकाले सत्तामा जाने हतारो नभई देशको आवश्यकताका आधारमा नयाँ गठबन्धन बनाएको र यसले एक प्रकारको आशा बढाएको बताए । आफूहरुको पहलकदमीमा नयाँ गठबन्धन बनेको स्पष्ट गर्दै यसमा कुनै विदेशी वा छिमेकी मुलुकलाई नजोड्न आग्रह गर्दै पूर्व प्रधानमन्त्री ओलीले वामपन्थी पार्टीहरुको अगुवाइमा बनेको… पुरा पढौ

नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा पद भार ग्रहण

फागुन २९ काठमाण्डौं । नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गरेका छन् । दाहालले अध्यक्षमा निर्वाचित भएलगत्तै शपथग्रहणपछि पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रिय सभाको काम जनतालाई अनुभुति हुनेगरी अगाडि बढाउने बताए । उनले सचिवालयका कर्मचारीहरुका बीचमा एकता र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै काम गर्ने क्रममा धेरै औपचारिकतामा गएर विलम्व नगर्न कर्मचारीहरुलाई आग्रह गरे । उनले धेरै ऐन, कानूनहरु निर्माण हुन बाँकी रहेका भन्दै ती ऐन, कानून निर्माणमा जोड दिइने… पुरा पढौ

राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

फागुन २९ काठमाण्डौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था अत्यावश्यक संस्था हो भन्ने मान्यता स्थापित गर्न भूमिका खेल्ने बताए । “राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउन म सबै दलसँग आवद्ध सदस्यलाई एकतावद्ध बनाएर लैजान प्रतिवद्ध छु । त्यसमा सफल हुन्छु भन्नेमा मलाई आत्मविश्वास पनि छ’’, अध्यक्ष दाहालले भन्नुभयो, “म त्यहीअनुसार अगाडि बढ्छु ।”… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्री कार्यालयका सचिव अर्याललाई गृह मन्त्रालयमा सरुवा

फागुन २९ काठमाण्डौं । सरकारले २०८१ वैशाख २० देखि २३ गतेसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई अनुमति दिने निर्णय गरेको छ । यही फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले कालीगण्डकी रिडी १३२ केभी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय भएको जानकारी दिइन् ।… पुरा पढौ

राष्ट्रियसभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

राष्ट्रियसभाको अध्यक्षमा सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरिन । त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी भए भने एक सांसद तटस्थ बसेका थिए । कुल ५९ सदस्यीय हुने सो सभामा हाल… पुरा पढौ

तीनै तहका सरकारलाई आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदैनः मन्त्री गिरी

पर्वत । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताएका छन् । आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताएका हुन् । “अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानून र नीतिको अभावमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो छ । सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि गृहकार्य भइरहेको… पुरा पढौ