राजनीति

पोखरालाई भोलि पर्यटनको राजधानी घोषणा गरिदै

चैत ३ पोखरा । पोखरालाई भोलि नेपालको पर्यटनको राजधानी घोषणा गरिदैछ । गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा भोलि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको हो । पोखराको फेवाताल किनारस्थित वाराहीघाटमा आयोजित एक औपचारिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गर्नेछन् । औपचारिक घोषणा कार्यक्रम अघि झाँकीसहितको ¥याली निकालिने भएको छ । बसुन्धरा पार्कबाट शुरु हुने ¥याली वाराहीचोकहुँदै वाराहीघाटमा पुगेर घोषणा कार्यक्रममा परिणत हुने पोखरा महानगरपालिकाका प्रमुख तथा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रम मूल… पुरा पढौ

माओवादी केन्द्र र समाजवादी बीच एकता गर्ने सहमति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्र र समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीका महासचिव रमेशप्रसाद यादव र नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले बैठकपछि संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुङ्गो लगाउने निर्णय भएको छ । पार्टी… पुरा पढौ

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् निर्णय

चैत २ काठमाण्डौं । सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको थियो । उक्त प्रतिवेदन अध्ययन गरी तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिइन् । त्यसैगरी बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षकको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ… पुरा पढौ

रसियन राष्ट्रपति चुन्न पोखराबाट १३ जनाले गरे मतदान

पोखरा, चैत २ रसियन राष्ट्रपति चुन्न पोखराबाटपनि मतदान भएको छ । रुसको आगामी ६ वर्षे कार्यकालका लागि नया राष्ट्रपति चुन्न शुक्रबारदेखि चुनाव शुरु भएको हो । रुसले विश्वभर रहेका रसियन नागरिकले मताधिकार प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले विश्वका १४४ देशमा मतदान गर्ने व्यवस्था गरेको छ । जसमा १८८ मतदान केन्द्र निर्धारण गरिएको रसियन न्यूज एजेन्सी तासले उल्लेख गरेको छ । नेपालमा काठमाडौं र पोखरामा मतदान केन्द्र तोकिएको छ । जस अनुसार पोखरामा चैत २ गते शुक्रबार मतदान भएको छ भने… पुरा पढौ

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

चैत १ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मङ्गोलियाका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित छट्टाछट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, पोर्चुगलका जोआओ म्यानुएल मेन्डेस रिबेरो डे अल्मेडा, भेनेजुएलाका कापाया रोडरिजगुज गोन्जालेज र मङ्गोलियाका गरआवासीय राजदूत गानबोल्ड डम्बजाभले राष्ट्रपति पौडेलसमक्ष आ–आफनो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उक्त समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । रासस पुरा पढौ

विकासको स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्छः डा वाग्ले

चैत १ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले उक्त प्रस्तावमा प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको टिप्पणी गर्दै दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने माग गरे । सांसद वाग्लेले पुनः औद्योगिककरण र हरित अर्थतन्त्रमा ध्यान दिँदै अर्थतन्त्रमा सुधारका लागि आँट… पुरा पढौ

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ : अध्यक्ष ओली

चैत १ कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताए । “सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ”, उनले भने–“विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न… पुरा पढौ

को बन्ला गण्डकीको मुख्यमन्त्री ? अधिकारी र चुमान दुबैको दाबी

चैत १ पोखरा । केन्द्रमा गठबन्धन फेरिएसँगै गण्डकीमा मुख्यमन्त्री को बन्ने भन्ने बहस शुरु भएको छ । केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री प्रचण्डले तेश्रो पटक विश्वासको मत पाएपनि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने अन्यौल छ । गण्डकीमा नया गठबन्धनलाई बहुमत पु¥याउन सकस देखिन्छ । ६० सदस्य रहेको गण्डकीमा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीको सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादीका १ जना छन् । नया सरकार गठनका लागि ३१ मत चाहिन्छ । नया गठबन्धनमा एमाले, माओवादी… पुरा पढौ

प्रतिनिधिसभा बैठकः गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे। उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गरे। सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग… पुरा पढौ

नवनियुक्त प्रदेश प्रमुखहरूद्वारा राष्ट्रपतिसमक्ष शपथ

फागुन ३० काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गरएका छन् ।राष्ट्रपति कार्यालय आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले मधेश प्रदेशका प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई राष्ट्रपतिले पदमुक्त गर्दै नवनियुक्त प्रदेश प्रमुखहरुको सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद… पुरा पढौ