राजनीति

गण्डकीमा नयाँ सरकार गठनमा राप्रपा निर्णायक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार सरकार बन्न सक्ने अवस्था छैन । नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन् । कुल ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । गठबन्धनलाई बहुमत पुर्याउन एक प्रदेशसभा सदस्य अपुग भइरहेका बेला दुई प्रदेशसभा सदस्य रहेको राप्रपा सरकार निर्माणमा निर्णायक देखिएको छ । नयाँ सरकार गठनका लागि प्रदेशसभाको गणित अनुकूल नभएपछि… पुरा पढौ

एमालेलाई सुदृढ बनाउनुको विकल्प छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

फागुन २८ बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताएका छन् । बैतडीको पाटनमा आज एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “एमालेलाई सुदृढ बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध भएर लैजानुपर्छ । एमाले जनताको बलमा बाँचेको पार्टी भएकाले राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्छ । यही राष्ट्रिय शक्तिले भोलि राष्ट्रको नेतृत्व गर्नुपर्छ । जनताको स्वार्थसित सम्बन्धित रहेर पार्टी अगाडि… पुरा पढौ

विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा सांसदलाई निर्देशन

फागुन २८ काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज विज्ञप्तिमार्फत यही फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र उक्त प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेका छन् । प्रधानमन्त्री दाहालले यही फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ताव… पुरा पढौ

गण्डकी सहित तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने मन्त्रिपरिषद् बैठकको नर्णय

फागुन २८ काठमाण्डौं । सरकारले गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने प्रदेश प्रमुख पदहरुमा नियुक्तिका लागि मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँको नाम मनोनयनका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघि मधेसमा हरिशङ्कर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुखका रुपमा रहेका… पुरा पढौ

एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाको आठौँ जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । गएराति सम्पन्न भएको मतगणनामा थापाले निकटतम प्रतिद्वन्द्वी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका पार्टीका सचिव काजीराम रोकाले जानकारी दिए । थापाले दुई सय ८० मत प्राप्त गरेका थियो भने उनका निकटतम प्रतिस्पर्धी नेपालीले दुई सय पाँच मत प्राप्त गरेका हुन् । नवनिर्वाचित अध्यक्ष थापा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिन्छन् भने नेपाली पार्टी अध्यक्ष केपी… पुरा पढौ

गण्डकी सरकारलाई दीर्घकालीन असर गर्ने कुनैपनि निर्णय नगर्न माओवादी केन्द्रको आग्रह

पोखरा, फागुन २८ नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दीर्घकालीन असर गर्ने कुनैपनि निर्णय नगर्न सचेत गराएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको आज बसेको बैठकले गण्डकी प्रदेश सरकार कामचलाउ सरकारमा परिणत भइसकेको भन्दै दुरगामी असर गर्ने कुनैपनि निर्णय नगर्न सचेत गराएको हो । बैठकको निर्णयमा भनिएको छ,‘गण्डकी सरकार कामचलाउ सरकारमा परिणत भएको अवस्थामा दीर्घकालीन असर गर्ने खालका कुनैपनि निर्णय नगर्न साथै त्यस्ता कुनैपनि कामकारवाही अगाडि नबढाउन सरकारलाई सचेत गराईन्छ ।’ बैठकले नया सरकार निर्माणको प्रक्रिया सहज र… पुरा पढौ

राष्ट्रियसभाको अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट आज उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन्… पुरा पढौ

बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

फागुन २७ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए । “बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालय र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “विगतको कार्यक्रमकै वरिपरि हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ ।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को… पुरा पढौ

पुरानो गठबन्धन टुट्नु सकारात्मक : वरिष्ठ उपाध्यक्ष पोखरेल

फागुन २७ कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेससँग गठबन्धन टुट्नु सकारात्मक भएको बताएका छन् । प्रेस चौतारी नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले अहिले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितको गठबन्धन विधिसम्मत भएको टिप्पणी गरे । उनले विगतमा गरिएको गठबन्धन एमालेलाई सिध्याउने योजनाबाट निर्देशित भएको दाबी गर्दै निश्चित कार्यक्रम र उद्देश्य नभएको गठबन्धन टुट्नु सकारात्मक भएको बताए । उपाध्यक्ष पोखरेलले अहिलेको नयाँ गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी… पुरा पढौ

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने

फागुन २७ काठमाण्डौं । नेपाली कांग्रेसले यही फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदमा पार्टीका तर्फबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज उनको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । बैठकले शर्माको पक्षमा मतदान गर्न राष्ट्रियसभामा रहेका अन्य राजनीतिक दल तथा सदस्यहरुसँग अनुरोध गर्ने निर्णय गरेको संसदीय दलका नेताको सचिवालयले जनाएको छ ।… पुरा पढौ