राजनीति

‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’: मुख्यमन्त्री अधिकारी

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटनमार्फत प्रदेशले समृद्धि हासिल गर्ने बताएका छन् । बागलुङमा आज आयोजित चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यहाँ धेरै पर्यटकीय तथा धार्मिकस्थल रहेको हुँदा त्यसको विकास गरी समृिद्ध हासिल गरिने बताए । मुख्यमन्त्री अधिकारीले गण्डकीमा धेरै खोलानाला, तालतलैया र खानीहरु रहेको बताउँदै खनिज पदार्थको सही रुपमा उत्खन्न गरी रोजगार सिर्जना गर्ने र प्रदेशको गतिलो आयस्रोतको माध्यम बन्ने बताए। मुख्यमन्त्री अधिकारीले भने, “गण्डकीमा धेरै सम्भावना छन्, यहाँ भएका स्रोत र साधनको सही प्रयोग भएका… पुरा पढौ

मिटरब्याजलाई अपराध मानेर कानून बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौं । सरकारले मिटरब्याजलाई अपराध मान्दै कानूनी दायरामा ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानूनी दायरामा ल्याउन मुलुकी अपराध संहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमल्सिनाका अनुसार मिटरब्याजीलाई अपराधको रूपमा लिएर आवश्यक कानून बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले मिटरब्याजलाई अपराध मानेर कानून बनाउँदै पीडकलाई आवश्यक कारबाही गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । उक्त प्रयोजनका लागि अपराध संहिता संशोधन गर्न… पुरा पढौ

किसान महासङ्घको कार्यसमितिमा सदस्य थप

काठमाडौ । नेपाली कांग्रेसले नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेका हुन् । सभापति देउवाले आदर्शविक्रम कार्की (काठमाडौँ), महेन्द्रभक्त अधिकारी (नवलपुर), प्रभात आले (तनहुँ), नम्रता बराल (कास्की), प्रेमबहादुर घले (सुर्खेत), ईश्वर गिरी (काठमाडौँ), जितु उपाध्याय (कैलाली), भवानी कोइराला (सर्लाही) र विश्वराज घिमिरे (पर्सा)लाई सदस्यमा मनोनयन गरेका हुन् । यस्तै, डा धिरेन्द्र साह (महोत्तरी), कालु मेचे (झापा),… पुरा पढौ

मिटरब्याजी पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

सरकारले मिटरब्याजी पीडितहरूसँग छलफल गरी समस्या समाधान गर्न वार्ता टोली गठन गरेको छ । नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवि शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको छ । टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् । मिटरब्याजी पीडितहरुले आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरुले काठमाण्डौको टङ्गालमा प्रदर्शन गरेका छन् । खुलामञ्चबाट उनीहरु हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा… पुरा पढौ

नेपाल कम्युनिष्ट पार्टीको ‘सामना जनसङ्गीत अभियान’ जारी

पोखरा । गत फागुन २७ गते नुवाकोटको ककनीबाट सुरु भएको ‘सामना जनसङ्गीत अभियान’ धादिङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ हुँदै पश्चिमरुकुम पुगेको छ । मध्यपहाडी लोकमार्ग छेउछाउका गाउँबस्ती र सहरलाई समेटेर नेपाल कम्युनिष्ट पार्टीले उक्त साङ्गीतिक अभियान चलाएको हो । अभियानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत सामना सांस्कृतिक परिवारका २० कलाकार सहभागी छन् । अभियानको नेतृत्व सामनाका अध्यक्ष आरोहले गरिरहेका छन् । कला र गीत–सङ्गीतकामार्फत जनतालाई जागरुक र सुसूचित गर्न अभियान थालिएको सामनाका अध्यक्ष आरोहले बताए । जाजरकोट, सुर्खेत हुँदै अभियानमा… पुरा पढौ

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छने् । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ यट्खा कुमारी मन्दिर परिसरमा निर्माण गरिएको जोशीको अर्धकदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले राजनीति जनतासँगको निरन्तर सानिध्यतासँगै उनीहरुको सुख, दुःख बुझेर जनताकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिवद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्नेमा जोड दिए । “जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुको सुख, दुःख बुझ्ने जोशी… पुरा पढौ

कांग्रेस कार्यसम्पादन समितिको बैठक चैत १४ गते

नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न चैत १४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे बस्ने बैठकमा पार्टीका तर्फबाट सरकारका सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । रासस पुरा पढौ

प्रतिनिधिसभाबाट सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

काठमाण्डौं । प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने बहुमतले प्रस्ताव स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमाथि उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव प्रस्तुत गर्दै उनले सत्यको छानबिन र परिपूरण हुनुपर्छ भन्ने मान्यता रहेको विधेयकमा शान्ति सम्झौताका हस्ताक्षर कर्ता, राजनीतिक दल र आम जनताको साझा विषय रहेको बताइन् । मन्त्री शर्माले… पुरा पढौ

सामुदायिक वन मादीको अध्यक्षमा सिर्जना

पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ मादी गाउँपालिकाको दोश्रो अधिवेशनले सिर्जना अर्याल पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा बृहस्पिति सापकोटा, सचिव विजयराज अधिकारी, कोषाध्यक्षमा कृष्णकुमारी सुवेदी आचार्य र सदस्यहरुमा मिनाकुमारी अधिकारी,लक्ष्मी अधिकारी,धनकुमारी पट्यानी,अप्सरा देवकोटा,राम पौडेल र खडक बहादुर आले निर्वाचित भएका छन् । त्यसैगरि अधिवेशनले गण्डकी प्रदेश प्रतिनिधिमा हिमलाल आचार्य, विष्णुप्रसाद गौतम, रामचन्द्र अधिकारी, बुद्धिसागर सापकोटा, गोमा गुरुङ, कमला सापकोटा, शान्ति रानाभाट र वुद्धिमाया बराल सापकोटा र वम बहादुर… पुरा पढौ

सरिपाखा, हिलेखर्क, खुमैडाँडाहुँदै कोर्चङसम्मको सडक पर्यटकीय मार्ग घोषणा

पोखरा, चैत १२ माछापुच्छ«े गाउँपालिकाले उत्तरी पर्यटकीय क्षेत्रमा रहेका चरिपाखा–कोर्चङ सडकलाई पर्यटकीय मार्ग घोषणा गरेको छ । पालिकाको शुक्रबार पर्यटकीय क्षेत्र खुमैडाँडामा बसेको बैठकले सरिपाखा, , हिलेखर्क, खुमैडाँडाहुँदै कोर्चङसम्मको सडकलाई पर्यटकीय मार्ग घोषणा गर्ने निर्णय गरेको हो । साथै त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश र संघ सरकारलाई आग्रह गर्ने निर्णयपनि बैठकले गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । पर्यटकीय क्षेत्र घोषणा गरिएको चरिपाखा, खुमैडाँडा र कोर्चङ तीनवटै पर्यटकीय क्षेत्र हो । जहाँबाट माछापुच्छ«े हिमाल र… पुरा पढौ