राजनीति

राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्ने काम गर्नुछः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताए। राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुग्नुभएका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । उनले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोड दिए । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई राष्ट्रपति पौडेलले नेपाली समाज, संस्था र राजनीतिक दलको… पुरा पढौ

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिदै उनले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गरे । प्रधानमन्त्रीले भनेका छन्, “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु–संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।” रासस पुरा पढौ

जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा रहेको व्यवस्थापन समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गरिने पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । यसैगरी जसपाले चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले यही चैत २७, २८… पुरा पढौ

अर्थतन्त्र सुधार्न राजनीतिक स्थिरता चाहिन्छ: प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिएका छन्। सोमबार पोखरामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरता भइरहे आर्थिक क्षेत्रले फड्को मार्न नसक्ने उल्लेख गरे। प्रदेश प्रमुख गुरुङले देशी–विदेशी लगानीकर्तालाई आकर्षित गर्न राज्यले उचित नीति र वातावरण तयार गर्नुपर्ने धारणा राखे । “देशमा राजनीतिक स्थायित्व भए ढुक्क भएर लगानी गर्ने वातावरण बन्छ, अर्थतन्त्र पनि उकासिन्छ”, उनले भने, “उद्योग, व्यवसायको प्रवद्र्धनमा राजनीतिक नेतृत्व र राज्य संयन्त्र… पुरा पढौ

केही दिनभित्रै सरकारलाई पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं । अबको केही दिनभित्रै सरकारलाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन गरेका सबै दलहरुसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि जानकारी दिए । उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अव सरकार काममा केन्द्रित हुने बताए । पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड तीन महिनामा दोश्रो पटक विश्वासको मत लिन सफल

चैत्र ६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट तीन महिनामा दोश्रो पटक विश्वासको मत लिन सफल भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत लिएका हुन् । प्रतिनिधि सभा बैठकमा भएको मतदानामा दाहालको पक्षमा १७२ मत परेको थियो भने विपक्षमा ८९ मत मत परेको थियो । संसदमा सांसदहरुको मत विभाजनको आधारमा मतदान हुँदा प्रचण्डलाई बहुमत प्राप्त भएको हो । सोमबारको बैठकमा उपस्थित २६२ सांसद उपस्थित थिए र जसमा नेमकिपा ’मत दिन्न’ भन्ने पक्षमा… पुरा पढौ

एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ– उपाध्यक्ष पौडेल

काठमाडौ । नेकपा ९एमाले० का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार र कारण एमालेले नदेखेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको छलफलमा उनले एमाले उक्त प्रस्तावको विपक्षमा उभिने विचार प्रकट गरे । प्रतिनिधिसभाको निर्वाचनपछि एमाले राष्ट्रिय सहमतिका पक्षमा रहेको तर अहिले एमालेलाई मात्र एक्ल्याइएको भन्दै उपाध्यक्ष पौडेलले एमालेविनाको कस्तो राष्ट्रिय सहमति खोजिएको हो भनी जिज्ञासा राखे । उपाध्यक्ष पौडेलले भने, “राष्ट्रिय सहमतिका नाममा एमालेलाई एक्लो बनाउने, किनारा गराउने, शत्रुता र कटुताको… पुरा पढौ

अनलाइन समाचारले समाजमा नकारात्मक प्रभाव पा¥यो : मुख्यमन्त्री अधिकारी

पोखरा, चैत ६ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पारेको आरोप लगाएका छन् । अनलाईन पत्रकार संघ गण्डकीको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनको उद्घाटन शत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पारेको बताएका हुन् । अनलाईन पोर्टलको संख्या बढ्दै जाँदा गुणस्तरियतामा ख्याल गरिएको देखिदैन,उनले भने,‘कतिपय अनलाईन समाचारले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको छ ।’ नेकपा एमालेका संगठन विभाग प्रमुखसमेत रहेका मुख्यमन्त्री अधिकारीले अनलाईन मिडियालाई नियमन गर्न आवश्यक रहेको बताए । अनलाईन… पुरा पढौ

स्ववियु निर्वाचन नभएका विभिन्न १३ क्याम्पसमा निर्वाचन गर्न त्रिविको निर्देशन

काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिएका हुन् । उनले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरे । “स्थगन भएका क्याम्पस÷कलेजमा पनि आगामी चैत १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सोअगावै आपसी समझदारी कायम गर्दै कसैको… पुरा पढौ

उपराष्ट्रपति यादवद्वारा पदबहाली

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका हुन्। उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिकरुपमा जिम्मेवारी सम्हालेका उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी (उपसचिव) प्रविण पौडेलले जानकारी दिए । उनका अनुसार पदबहालीपछि उपराष्ट्रपतिलाई कार्यालयकोतर्फबाट सचिव टेकनारायण पाण्डेले ‘ब्रिफिङ’ गरेका थिए। उपराष्ट्रपति यादवले पदबहालीपछि कार्यालय परिसरमा वृक्षरोपणसमेत गरेका थिए । यादव यही चैत ३ मा मुलुकको तेस्रो उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । पुरा पढौ