राजनीति

गण्डकी सरकारका माओवादी मन्त्रीहरुले दिए राजिनामा, समर्थनपनि फिर्ता

पोखरा, चैत १० नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको शुक्रबार दिउँसो बसेको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसलगत्तै संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र बुझाएका थिए । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै माओवादीका मन्त्रीहरुले शुक्रबार नै पदबाट राजिनामा दिएका छन् । गण्डकी प्रदेश सरकारमा… पुरा पढौ

एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : एमाले अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताए। झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिए । “आगामी चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरु गरिएको हो”, उनले भने, “तपाईँहरू ग्रासरुट अभिायनमा कार्यकर्ताको… पुरा पढौ

गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई मन्त्रीले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने उनको भनाइ छ । माओवादीबाट दलका नेता चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका थिए । यसअघि बिहीबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश… पुरा पढौ

बागमती प्रदेशका चार मन्त्रीद्वारा राजीनामा

हेटौडा । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् । प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गरे । नेकपा९एमाले०बाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल हुन् । प्रदेशसभामा बोल्दै नेता थपलियाले निर्वाचनपश्चात पाँचदलीय चुनावी गठबन्धन, सरकार गठन गर्न असफल रही सरकार गठनमा अन्योल सिर्जना भएको तत्कालीन अवस्थामा एमालेले बागमती प्रदेशमा मुख्यमन्त्री… पुरा पढौ

क्षयरोग अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताएका छन्। विश्व क्षयरोग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले क्षयरोग अन्त्य अभियान स्थानीय तहदेखि सुरु भएको भन्दै त्यस अभियानलाई सरकारले आवश्यकपर्ने स्रोत र साधन व्यवस्थापन गर्ने बताए । “नेपाललाई क्षयरोगमुक्त अभियानका लाग आवश्यक नीति, रणनीति तथा योजना बनाई स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५ वटा स्थानीय तहबाट आर्थिक वर्ष २०७८र७९ बाट कार्यान्वयन आइसकेको छ”, उनको शुभकामना सन्देशमा भनिएको छ, “यस अभियानलाई आगामी वर्ष सय स्थानीय… पुरा पढौ

कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाण्डौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचाररत कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो । उपचारको ३६औँ दिनसम्म आइपुग्दा आज डा भण्डारी अरुको सहयोगमा केही समय कुर्सीमा बस्ने र केही समय हिँड्डुल गर्न सुरु गरेको डा भण्डारीका सहयोगी माधव न्यौपानेले जानकारी दिए । “डा भण्डारी आज… पुरा पढौ

सामान्य प्रशासन मन्त्रालयले प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने

काठमाण्डौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ । वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवाप्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषय एवं अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न उक्त कार्यक्रम गर्न लागेको मन्त्रालयले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । उक्त प्रतिभा डबली कार्यक्रममा सहभागी हुन चाहने सङ्घ, प्रदेश… पुरा पढौ

विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय सङ्गठन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्तरूपमा आज राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राखे । पर्याप्त लगानीबाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । ‘पूर्वाधारमा लगानी’ विषयक अन्तक्र्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका… पुरा पढौ

गण्डकीमा पनि सत्ता फेरबदलको सङ्केत

राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै प्रदेश सरकार पनि फेरिने स्थिति बनेको हो । अहिले गण्डकी प्रदेशको सरकार नेकपा (एमाले)को नेतृत्वमा छ । माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा गत पुस २५ गते एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले माओवादी… पुरा पढौ

लोसपाको बैठक बस्दै

आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा वैशाख १० मा हुने उपनिर्वाचन, सरकारमा सहभागी, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए । लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने वा सत्तागठबन्धनका साझा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा पार्टी सरकारमा सहभागी हुने विषयमा पनि… पुरा पढौ