राजनीति

निष्पक्ष र निर्भिक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई निर्देशन

गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ । निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन आवश्यक कार्य गर्न र सो सम्बन्धमा गरिएका कार्यहरुको प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा उपलब्ध गराउन निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन… पुरा पढौ

अर्थमन्त्री खनाल बागलुङमा,निर्धक्क भएर निर्वाचनमा खटिन आग्रह

अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ पुगेका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिए ।अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न सबैलाई निर्देशन दिँदै नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गरे । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरे । अनुगमनपछि अर्थमन्त्री खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा… पुरा पढौ

नेकपा उम्मेदवारलाई स्थानियको आग्रह : देशमै बस्ने वातावरण बनाईदिनूस्, हामी नेकपा जिताउँछौं

पोखरा, माघ २१ पोखरा–२२ पुम्दीभुम्दीका स्थानियले नेकपाप्रति आफूहरु आशावादी रहेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका कारण देशमा बस्ने वातावरण नभएको भन्दै उनीहरुले अब नेकपाबाट मात्रै आशा रहेको बताएका हुन् । कास्की क्षेत्र नम्बर ३ का नेकपाका उम्मेदवार गोपाल गिरी घरदैलो तथा भेटघाटका लागि पुगेका बेला उनीहरुले सामुहिक रुपमा भने,‘कांग्रेस एमालेका कारण जेनजी आन्दोलन भयो, उनीहरुको कुशासनका कारण भदौ २३ गते देशमा ७६ जना जेनजीको जेनजीको हत्या भयो, अर्को दिन नया भनौदाहरुले सिंहदरबारदेखि अदालतसम्म जलाए । यसले गर्दा… पुरा पढौ

कास्की-१ : गनेस पौडेलको संवाद यात्रामा जनताको भरोसा

माघ २१, पोखरा । कास्की क्षेत्र नम्बर १ मा यतिबेला चुनावी माहोलसँगै उत्साहको लहर देखिएको दाबी गरेको छ ।। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार गनेस पौडेलको “स्थानियसँग संवाद यात्रा” क्रममा टोल–टोलमा नागरिकको सक्रिय सहभागिता र आशावादी आवाज सुनिन थालेको छ। बुधबार रुपा गाउँपालिकामा संवाद यात्रा सञ्चालन भएको छ । बिहान ८ बजे खोलाको छेउबाट शुरु भएको संवाद यात्रा १० बजे तालबेसी, मध्यान्ह १२ बजे काउरे, २ बजे हंसपुर र साँझ ४ बजे हाँस पोखरी क्षेत्रमा पुग्दा स्थानीयहरू खुलेरै आफ्ना… पुरा पढौ

चाउथेमा एमालेको सम्पर्क कार्यालय, जेनजीले गरे उद्घाटन

पोखरा, २१ माघआगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय स्थापना गरेको छ । एमालेले पोखरा–१४ चाउथेमा निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालय बुधबार उद्घाटन ग¥यो ।यो कार्यालय उद्घाटनको दृश्य भने फरक देखियो । पार्टीका केन्द्रीय सचिव खगराज अधिकारीबाट यो कार्यालय उद्घाटन गराउने तयारी थियो ।रिबन काट्न हातमा कैंची पाएपछि अधिकारीले सोधे, ‘यहाँ जेन्जी पुस्ता को हुनुहुन्छ ?’ आफ्नो दायाँबायाँ हेरे । कास्की रुपा गाउँपालिकाका आदर्श सुवेदी अगाडिपट्टि उभिएका थिए । अधिकारीले सोधे, ‘बाबु, जेन्जी होइन… पुरा पढौ

नेका रुपा गाउँ पालिका वडा नं ६ मा सम्पर्क कार्यालय स्थापना

पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ अन्तर्गत रुपा गाउँ पालिका वडा नं. ६ वरको डालीमा सम्पर्क कार्यलय स्थापन गरिएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपा गाउँ पालिकाको वडा नं. ६ वरको डालिमा सम्पर्क कार्यलय स्थापना गरिएको नेपाली काँग्रेस कास्कीका सहसचिव तथा प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । सम्पर्क कार्यलयको नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै रानाभाटले मुलुकको स्थीरता, शान्ति, विकास र स्थायित्वका लागि काँग्रेसलाई जिताउनु पर्ने बताए । कास्की क्षेत्र… पुरा पढौ

निर्वाचन लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अवसरः उपराष्ट्रपति

उपराष्ट्रपति राम सहायप्रसाद यादवले आसन्न निर्वाचन लोकतान्त्रिक अभ्यास अझै सुदृढ गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन् । काठमाडौँमा आज आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निर्वाचन नागरिकको अधिकार अभिव्यक्त गर्ने माध्यम भएको बताउँदै, सम्पूर्ण नेपालीहरुले आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर प्रदान गर्ने भएकाले सबै नागरिकले अवसर गुमाउन नहुनेमा जोड दिए । उनले भने, “निर्वाचनका माध्यामबाट सम्पूर्ण नेपालीहरुले आफ्नो मताधिकार प्रयोग गरी राज्यको नीतिगत दिशा तय गर्ने अवसर प्रदान गर्छ, त्यसले लोकतन्त्रलाई जीवन्त राख्छ… पुरा पढौ

कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् । दलहरू आआफ्ना आन्तरिक चुनावी तयारीमा लागिरहेको अवस्थामा हालसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । निर्वाचन आचारसंहिताको कार्यान्वयनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्व एवं प्रमुख जिल्ला अधिकारी सहसंयोजक रहेको निर्वाचन आचारसंहिता अनुगमन समिति बनेको उनले जानकारी दिए । उक्त समितिका सदस्यमा अनुगमन अधिकृतका रुपमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक एवं सुरक्षा निकायका प्रमुख रहेका… पुरा पढौ

पोखरा ४ मा काँग्रेसको चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन

पोखरा महानगरपालिका वडा नं ४ मा नेपाली काँग्रेसको चुनावप्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । कास्की क्षेत्र नं २ अन्तर्गत आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी स्थापना गरिएको कार्यलयको गण्डकीका सभापति शुक्रराज शर्मा र उम्मेदवार माधवप्रसाद बास्तोलाले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा सभापति शर्माले प्रजातन्त्र, व्यक्ति स्वतन्त्रता र राष्ट्रिय स्वाधिनतामा नेपाली काँग्रेसले कसैसँग सम्झौता गर्न नसक्ने बताए । प्रजातन्त्र प्रति विश्वास राख्ने पार्टी काँग्रेस भित्र जुनसुकै व्यक्ति पनि अटाउन सक्ने बताउँदै उनले भने, “नेपाली काँग्रेस… पुरा पढौ

पोखराका विभिन्न वडामा एमालेको सम्पर्क कार्यालय स्थापना,एमाले प्रतिस्पर्धाबाट भाग्दैन: केन्द्रीय सदस्य थापा

नेकपा एमाले निर्वाचन क्षेत्र नं. २ कास्कीले चुनावी प्रचार अभियान अन्तर्गत पोखराका विभिन्न वडामा चुनाव केन्द्रीत सम्पर्क कार्यालय स्थापना गरेको छ । बुधबार एमालेले पोखराका वडा नं. १, ८, ९ र १६ मा आसन्न प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गरी सम्पर्क कार्यालय स्थापना गरेको हो । पोखरा १६ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले पार्टी आई पर्ने हरेक किसिमका चुनौतीहरु सामना गर्न तयार रहेको बताएका छन् । उनले एमाले अराजक गतिविधी र षडयन्त्रलाई प्रतिवाद गर्दै स्वच्छ प्रतिष्पर्धालाई… पुरा पढौ