राजनीति

प्रधानमन्त्री शाहले संसदमा दिए, एक एक प्रश्नको जवाफ,आयोगहरूका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्ने दावी

प्रधानमन्त्री बालेन शाहले संसदमा उपस्थित भएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री शाहले बोल्नका निम्ति हात उठाएका थिए।बैठक सुरु हुनासाथ उनले हात उठाए । र, उनी उठ्न खोजे ।त्यसपछि सभामुख डोलप्रसाद अर्यालले रोस्ट्रम प्रयोगको अनुमति दिए । प्रधानमन्त्री बालेनले आफूले सांसदहरूका प्रश्नको उत्तर दिने बताए ।उनले सांसदको एक एक प्रश्नको जवाफ दिएका छन् ।प्रधानमन्त्री शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । एमालेकी सांसद पद्मा अर्यालले भारत र चीनले… पुरा पढौ

रास्वपा पोखरा महानगरको सभापतिमा केसी

पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।यातायात व्यवसायमा आबद्ध केसी सभापति पदमा निर्विरोध चयन भएका हुन्। अधिवेशनले उपसभापतिमा संगीता गौतम, सचिवमा कमल वानियाँ र सहसचिवमा सरिता शर्मा सहित २५ सदस्यीय कार्यसमिति गठन गरेको छ।अधिवेशन उद्घाटन गर्दै पर्यटनमन्त्री गनेस पौडेलले पार्टीलाई जनताका मुद्दासँग जोडेर अघि बढाउनुपर्ने बताए। कार्यक्रममा सांसद उत्तम पौडेलले सुकुम्बासी बस्ती व्यवस्थापन र त्यसको दीगो सञ्चालनमा ध्यान दिनुपर्ने धारणा राखे।नवनिर्वाचित कार्यसमितिले… पुरा पढौ

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन,गण्डकी इञ्चार्जमा सचिव खगराज अधिकारी,कास्कीका ५ पालिकामा को को ?

नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ । आउने स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर एमालेले ‘पार्टी जागरण अभियान’ पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकेको हो ।यही जेठ ११ गते सम्पन्न एमालेको सचिवालयको बैठकले कार्यविभाजनको प्रस्तावलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई अधिकार दिएको थियो । अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा र पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन पठाउनुभएको हो । कार्यविभाजनमा जिल्ला इञ्चार्ज र जनसङ्गठनका इञ्चार्ज पनि… पुरा पढौ

राजनीतिक परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा उनले त्यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक भएको बताए । “अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन”, राष्ट्रपति पौडेलले भने । गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए । “यसका आफ्नै मूल्यमान्यता र नैतिक… पुरा पढौ

पृथ्वीचोक बसपार्क अगाडि चल्यो डोजर, मजदुर संगठनदेखि संघसंस्थाका भवन भत्काईयो

सन्देश श्रेष्ठपोखरा, जेठ १४ ट्रेड युनियनहरु र संघसंस्थाले ओगटेको अवैध संरचनामा पनि पोखरा महानगरपालिकाले डोजर चलाएको छ । विभिन्न पार्टी निकट मजदुर संगठन र संघसंस्थाहरुले पोखरा बसपार्कको बाटो उत्तरपट्टी बनाएका दर्जनौं भवनहरुमा महानगरले विहीबार डोजर चलाएको हो । महानगरले यसअघि सो भवनहरु हटाउन ३५ दिने सूचना जारी गरेको थियो । पटक÷पटकको सूचना बेवास्ता गरेपछि महानगरले विहीबारदेखि त्यहाँ रहेका भवनलगायतका संरचना हटाउन डोजर चलाएको छ । पृथ्वीचोकको बाटो उत्तरपट्टी रहेको पोखरा हङकङ बजारको अगाडि रहेका नेपाली कांग्रेस निकट मजदुर संगठन नेपाल… पुरा पढौ

राष्ट्रिय मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक, भदौ २४ को घटनामा सेनाबाहेक सबै सुरक्षा संयन्त्र असफल,ओली, लेखक र गुरुङलाई कारबाहीको सिफारिस

राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनको अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेन(जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घनबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई सिफारिस गरेको हो। आयोगले यसअघि घटनाको अनुसन्धानका लागि विशेष समिति गठन गरेको थियो। उक्त समितिले पेश गरेको प्रतिवेदनका आधारमा आयोगको जेठ १२ गते बसेको बैठकले निर्णय तथा सिफारिस गरेको जनाएको छ। आयोगका अनुसार आन्दोलनका क्रममा भएका घटनामा मानवअधिकार उल्लङ्घनका विषयमा विस्तृत अध्ययनपछि सरकारलाई आवश्यक कानुनी तथा प्रशासनिक… पुरा पढौ

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने

सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते पेश गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठक शुक्रबार अपराह्न ४ः०० बजे बजेट पेश गर्ने तयारी भईरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका छन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको… पुरा पढौ

गण्डकीको बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता : आयोजना बैंकबाट योजना छनौट, दोहोरो कर हटाईने

सन्देश श्रेष्ठपोखरा, जेठ १२ गण्डकी प्रदेशले आगामी बजेटमा आयोजना बैंकबाट योजना छनौट गर्ने भएको छ । गण्डकी प्रदेश सभामा मंगलबार आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेटमा आयोजना बैंकबाट प्राथमिकताका आधारमा योजना छनौट गर्ने जानकारी दिएका हुन् । हरेक बजेटमा पकेटका योजना र कनिका छराई बजेट ल्याएको भन्दै विरोध हुँदै आएको थियो । जसले समविकासमा बाधा पुग्नुका साथै बजेटको प्रभावकारी कार्यान्वयन नहुने गरेको आरोप लाग्दै… पुरा पढौ

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ ९इयू० तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन… पुरा पढौ

लेखनाथलाई पुनः नगरपालिका कायम गर्न सर्वदलीय ऐक्यबद्धता,“पहिचान, पहुँच र समृद्धिका लागि लेखनाथ पुनस्र्थापनाको विकल्प छैन”

साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने मागसहित आयोजित वृहत अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, बुद्धिजीवी, उद्योगी–व्यवसायी, समाजसेवी तथा स्थानीयवासीले ऐक्यबद्धता जनाएका छन्। लेखनाथ पुनस्र्थापना पहल समितिको आयोजनामा आइतबार तालचोकमा सम्पन्न कार्यक्रममा वक्ताहरूले पोखरा महानगरपालिकाको संरचनाले लेखनाथ क्षेत्रलाई ओझेलमा पारेको भन्दै अब पुनः नगरपालिका स्थापनाका लागि सशक्त आन्दोलन आवश्यक रहेको बताएका हुन्।कार्यक्रममा सहभागीहरूले स्थानीय तह पुनःसंरचनाको क्रममा साविक लेखनाथ नगरपालिकालाई पोखरा महानगरपालिकामा विलय गर्नु भौगोलिक, प्रशासनिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले त्रुटिपूर्ण निर्णय भएको बताएका थिए। उनीहरूले विशाल भूगोल र असन्तुलित प्रशासनिक संरचनाका कारण… पुरा पढौ