राजनीति

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार १४० प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६ र कास्कीमा ९५७ प्रहरी परिचालन हुनेछन् । यसैगरी, तनहुँमा ८३८, स्याङ्जामा ९४०, नवलपुरमा ८१८, मुस्ताङमा २०२, म्याग्दीमा ४११, बागलुङमा ६५८ र पर्वतमा ४३९ जना प्रहरी परिचालन हुनेछन् । प्रदेशभर १४ हजार १२ जना निर्वाचन प्रहरी खटाइने सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले बताए । अठार… पुरा पढौ

पुन समाज नेपालले सघाउने रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुन समाज नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सघाउने दाबी गरेको छ । बिहिबार पोखरामा पुन समाज नेपाल केन्द्रीय समिति पोखरा र रास्वपा कास्की निर्वाचन क्षेत्र नम्बर २ बिच समझदारी भएको रास्वपाको दाबी छ निर्वाचनमा पुन समाज नेपालले नेपाल भरि रहेका पुन समुदायलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई समर्थन र एैक्यबद्धता हुन आग्रह समेत गरेको रास्वपाले जनाएको छ । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर गर्बुजा पुन,महसचिव चन्द्र प्रकाश पाईजा पुन र रास्वपा कास्की… पुरा पढौ

कांग्रेसका सभापति थापा र उपसभापति शर्मा भोलि पोखरा आउने

नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा भोलि पोखरा आउने भएका छन् । फागुन ४ गते अगाडि नै सातै प्रदेशमा पुग्ने योजना अनुरुप उनीहरु शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरा आउन लागेका हुन् । गण्डकी प्रदेशमा पार्टीको अवस्थाबारे छलफल गर्न सभापतिज्यू भोलि पोखरा जाँदै हुनुहुन्छ,’ उपसभापति पुष्पा भुसालले भनिन् । पोखरामा पार्टीका उम्मेदवार, जिल्ला सभापति तथा नेता कार्यकर्तासँग संवाद गर्ने उनले बताइन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार–प्रसार गर्न फागुन ४ देखि १८ सम्मको समय तोकेको छ ।… पुरा पढौ

काँग्रेस कमजोर भए देश कमजोर हुन्छ: प्रदेश सभापति शर्मा

प्रतिनिधि सभा निर्वाचनको मिति एक महिना बाँकी रहँदा कास्कीमा चुनावी सरगर्मी बढेको छ । चुनाव लक्षित ठूला पार्टीका उम्मेदवार घरदैलो र सम्पर्क कार्यालय स्थापना गर्न व्यस्त देखिन्छन् । यसै सिलसिलामा नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का चुनाव प्रचारप्रसार कार्यालय खोल्ने क्रम तीव्र बनेको छ । कास्की निर्वाचन क्षेत्र नं २ अन्तरगत आज (बिहीबार) पोखरा–९ नयाँबजारमा नेपाली काँग्रेस कास्कीको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयको आज नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र नेपाली… पुरा पढौ

पहिलो मतदाता जेनजी युवाहरूद्वारा एमाले पोखरा ३३ को निर्वाचन कार्यालय शुभारम्भ

फागुन २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले पोखरा ३३ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । कार्यालयको पहिलो पटक मतदानमा सहभागी हुन लागेका मतदाता जेनजी युवाहरूले सामुहिक रुपमा शुभारम्भ गरेका छन् । उद्घाटन गर्दै उनीहरुले कास्की क्षेत्र न २ का एमालेका उम्मेदवार रश्मि आचार्यको जन्मथलो पोखरा ३३ भरत पोखरी कास्की क्षेत्र न २ का उम्मेदवारले कुनै विश्वासघात नगरेको उल्लेख गर्दै आचार्यलाई राष्ट्रको नेतृत्व गर्ने गरेर अत्याधिक मतले बिजय गराउने बताएका छ्न। उनीहरुले रश्मि आचार्यको उम्मेदवारी… पुरा पढौ

कास्की-१ मा नेकपाका उम्मेदवार राजकाजी : पर्यटनबाटै मादीको कायापलट गर्न सकिन्छ

पोखरा, माघ २२ कास्की क्षेत्र नम्बर–१ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी गुरुङले पर्यटनको माध्यमबाट मादी गाउँपालिकाको विकासमा कायापलट गर्न सकिने बताएका छन् । जनकल्याण तमु समाजको आयोजनामा नेकपाका उम्मेदवारसँगको साक्षात्कार कार्यक्रममा बोल्दै उनले मादी गुरुङ समुदायको ऐतिहासिक थलो भएको र प्राकृतिक रुपमा पनि भरिपूर्ण भएकाले यसलाई पर्यटनसँग जोडेर स्थानियको आयआर्जन बढाउने र समृद्द बनाउन सकिने बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘मादी गुरुङ समुदायको ऐतिहासिक थलो हो, यहाँको क्होँलासोंथर गुरुङको सभ्यता बोकेको पवित्र स्थल हो । अनि प्राकृतिक… पुरा पढौ

निष्पक्ष र निर्भिक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई निर्देशन

गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ । निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन आवश्यक कार्य गर्न र सो सम्बन्धमा गरिएका कार्यहरुको प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा उपलब्ध गराउन निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन… पुरा पढौ

अर्थमन्त्री खनाल बागलुङमा,निर्धक्क भएर निर्वाचनमा खटिन आग्रह

अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ पुगेका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिए ।अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न सबैलाई निर्देशन दिँदै नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गरे । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरे । अनुगमनपछि अर्थमन्त्री खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा… पुरा पढौ

नेकपा उम्मेदवारलाई स्थानियको आग्रह : देशमै बस्ने वातावरण बनाईदिनूस्, हामी नेकपा जिताउँछौं

पोखरा, माघ २१ पोखरा–२२ पुम्दीभुम्दीका स्थानियले नेकपाप्रति आफूहरु आशावादी रहेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका कारण देशमा बस्ने वातावरण नभएको भन्दै उनीहरुले अब नेकपाबाट मात्रै आशा रहेको बताएका हुन् । कास्की क्षेत्र नम्बर ३ का नेकपाका उम्मेदवार गोपाल गिरी घरदैलो तथा भेटघाटका लागि पुगेका बेला उनीहरुले सामुहिक रुपमा भने,‘कांग्रेस एमालेका कारण जेनजी आन्दोलन भयो, उनीहरुको कुशासनका कारण भदौ २३ गते देशमा ७६ जना जेनजीको जेनजीको हत्या भयो, अर्को दिन नया भनौदाहरुले सिंहदरबारदेखि अदालतसम्म जलाए । यसले गर्दा… पुरा पढौ

कास्की-१ : गनेस पौडेलको संवाद यात्रामा जनताको भरोसा

माघ २१, पोखरा । कास्की क्षेत्र नम्बर १ मा यतिबेला चुनावी माहोलसँगै उत्साहको लहर देखिएको दाबी गरेको छ ।। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार गनेस पौडेलको “स्थानियसँग संवाद यात्रा” क्रममा टोल–टोलमा नागरिकको सक्रिय सहभागिता र आशावादी आवाज सुनिन थालेको छ। बुधबार रुपा गाउँपालिकामा संवाद यात्रा सञ्चालन भएको छ । बिहान ८ बजे खोलाको छेउबाट शुरु भएको संवाद यात्रा १० बजे तालबेसी, मध्यान्ह १२ बजे काउरे, २ बजे हंसपुर र साँझ ४ बजे हाँस पोखरी क्षेत्रमा पुग्दा स्थानीयहरू खुलेरै आफ्ना… पुरा पढौ