राजनीति

विकास र समृद्धि नै एकमात्र लक्ष्य: एमाले उमेद्वार रश्मि आचार्य

आसन्न प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. २ का एमाले उमेद्वार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. २१ कृष्तीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै आचार्यले विकासको गति तीव्र र गुणस्तरीय बनाउन कानुनी अड्चन हटाउनु तथा आवश्यक नयाँ नीति र कानुन निर्माण गर्नु पहिलो प्राथमिकता भएको उल्लेख गरे । उनले त्यसका लागि संसदमा प्रभावकारी भूमिका र जोडदार पहल आवश्यक भएको बताए ।उम्मेदवार आचार्यले मतदाताको मत र जनआदेशलाई सम्मान गर्दै… पुरा पढौ

दाङमा एमालेको झन्डा प्रकरण:रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण,झण्डा जलाउने थप २ जना पक्राउ

दाङमा नेकपा एमालेको झण्डा जलाएको बिषयमा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्र काटेको छ । रास्वपाका कार्यकर्ताले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।आयोगका कानून अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टिकरण पठाउन र घटनाबारे तथ्य लेख्न आग्रह गरिएको छ ।आयोगका अनुसार रास्वपाले तुलुसीर घटनामा के कसो भएको हो, एमालेको झण्डा जलाउने कार्य भएको हो कि होइन,… पुरा पढौ

अर्मलाकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्छु–एमाले उम्मेदवार रश्मि आचार्य

नेकपा एमाले कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले निर्वाचित भएको पहिलो दिनबाट प्रतिबद्धता कार्यान्वयनको काम थाल्ने उद्घोष गरेका छन् । शुक्रवार आफ्नो निर्वाचन क्षेत्र कास्की क्षेत्र नं. २ पोखरा १६ को दिपबाट मतदाता साक्षात्कार प्रारम्भ गर्दै उनले सुनौलो इतिहास निर्माणको अध्याय शुरु गरेको बताए ।‘निर्वाचित भएको पहिलो दिन सुनौलो इतिहास निर्माणको अध्याय त्यहीबाट प्रारम्भ हुनेछ । हामी योजना र प्रतिबद्धता मात्रै बनाउँदैनौ कार्यान्वयनको प्रष्ट मार्गचित्र सहित हजुरहरू समक्ष आएका छौं,’उम्मेदवार आचार्यले भने—’हिजो हाम्रा जनप्रतिनिधिले हजुरहरूको विश्वासमा दाग लाग्ने… पुरा पढौ

प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् । नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुग्नुभएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शनगरेकी हुन् । मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल र मुक्तिनाथ रानीपौवाका गाउँमुखीलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मी र सहयोगीहरुसँगै करिब २०० मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी… पुरा पढौ

कास्की २ मा थापाको घरदैलो अभियान तीब्र कास्की

कास्की निर्वाचन क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण थापा ‘हेम’ले यो देशमा भ्रष्टाचार उन्मूलन गर्ने कास्की छेत्र न २ मा भएका अव्यवस्थित बसोबास भएको सुकुम्बासी बस्तीका भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। बिहीबार पोखरा १७ को घरदैलो अभियानको क्रममा उनले नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्रमा पनि २ बर्ष भित्र देशमा कोहि भुमी हिन सुकुम्बासी नरहने लेखेको र आफू पनि जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। मतदातासँग प्रत्यक्ष संवाद गर्दै… पुरा पढौ

कांग्रेस गण्डकी सभापती शर्माको अपिल : गणतन्त्रका कारण देश संकटमा छ, संवैधानिक राजसंस्थाको विरासत फर्काऔं

सन्देश श्रेष्ठपोखरा, फागुन ७ नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहको बोलीमा लोली मिसाएका छन् । पूर्व राजा ज्ञानेन्द्रले निर्वाचन अघि नै राष्ट्रिय सहमती खोज्न आह्वान गरेको भोलिपल्टै प्रजातन्त्र दिवसको अवसरमा पारेर कांग्रेस गण्डकी प्रदेश सभापती शर्माले संवैधानिक राजसंस्थामा सहमती जुटाउनुपर्ने बताएका हुन् । संवैधानिक राजतन्त्रको सट्टा गणतन्त्र भनेकै कारणले देश असफल अवस्थामा पुगेको दाबी गर्दै उनले भने,‘यहि कारण देश अन्र्तराष्ट्रिय जगतको क्रिडास्थलमा परिणत भइरहेको छ । दिनप्रतिदिन अस्थिरताको अखडाको केन्द्र बनिरहेको छ ।’ सभापती शर्माले… पुरा पढौ

कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन: सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन चाहेको बताएका छन् । काठमाडौँको राष्ट्रिय सभागृहमा आज ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा सभापति थापाले भने, “कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन । जोसुकै जोस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन ।”उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए । सभापति… पुरा पढौ

कांग्रेस कास्की २ का उमेद्वार माधवप्रसाद बास्तोला, एमाले उमेद्वार आचार्यको वडामा,घरदैलो अभियान तीव्र

नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी प्रचार अभियानलाई थप तीव्र बनाएको छ। पार्टीले घरदैलो, टोलसभा तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै उम्मेदवारको एजेण्डा जनतामाझ पुर्‍याउने अभियानलाई संवाद यात्राका रूपमा अघि बढाएको हो। कांग्रेसका तर्फबाट उम्मेदवार बनेका माधब प्रसाद बास्तोला मधु बिहिबार साविक भरतपोखरी हाल पोखरा महानगरपालिका वडा नं ३३ अन्तर्गत कालिकास्थान , पुरानो बस पार्क, तोरी पेल्ने चौतारा, तिक्लाङ,लामगादि लगायतका बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।सो वडा एमाले उमेद्वार रश्मि आचार्यको वडा हो… पुरा पढौ

पोखरा १६ का घर घरमा एमाले उम्मेदवार रश्मि आचार्य,वृहत एकता सहित चुनावमा होमिएका छौं– कास्की इन्चार्ज थापा

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले आफुहरू बृहत एकता सहित निर्वाचनमा होमिएकोले सबैजना सुक्ष्मरूपले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् । पार्टीको नीति र कार्यदिशा मुताविक कास्की २ का जनताले प्रभावशाली बौद्धिक युवा उम्मेदवार उठाएको बताउँदै उनले पोखराको व्यवस्थित विकासमा रश्मि आचार्यको जित अपरिहार्य भएको जिकिर गरे ।एमाले नेता थापाले एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्यको मतदाता साक्षात्कार कार्यक्रमको पोखरा १६ मा शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन् ।उनले देश र जनताको सेवा तथा पार्टीको नीति… पुरा पढौ

कास्कीमा मुटु, बर्न र बाल अस्पताल स्थापना गर्ने कांग्रेस उमेद्वार मनोज गुरुङको प्रतिबद्धता

कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले कास्कीमा सुविधासम्पन्न मुटु, बर्न र बाल अस्पताल स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफ्नो चुनावी संकल्पमा यो विषयलाई प्राथमिकताका साथ उठाएका छन्।गत वर्ष भ्रमण वर्ष उद्घाटनका क्रममा आगलागी हुँदा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरामा मेयर धनराज आचार्य गम्भीर घाइते भएका थिए । त्यसैबेलादेखि पोखरामा सुविधासम्पन्न बर्न अस्पतालको चर्चा चलिरहेको छ।पोखरा महानगरपालिकाको प्रयासमा आइएनएफ अस्पताल ९हरियोखर्क अस्पताल० मा ‘बर्न युनिट’ अर्थात् जलन उपचार सेवा शुरू भएको छ । यसले प्रारम्भिक उपचारमा… पुरा पढौ