राजनीति

माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् । सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ ९२० बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दल नेता चयन गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिए । उनका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो । संसदीय दलको नेता बाहेकका अन्य पदाधिकारी पछि चयन गरिने माओवादीले जनाएको छ । साठी सदस्सीय प्रदेशसभामा माओवादीका प्रत्यक्ष निर्वाचित… पुरा पढौ

प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीलाई आग्रह गरेकाे प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। प्रधानमन्त्रीले भने, “रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलबीच छलफल… पुरा पढौ

तनहुँमा अठ्ठाइस २८ करोडको सुन्तला उत्पादन

तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक हजार चार सय ८० हेक्टरबाट नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको तिवारीले बताए। अघिल्लो वर्ष रु २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यसवर्ष एक हजार चार सय… पुरा पढौ

जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भनेका छन। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख कर्तव्य भएको बताएका हुन । प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी रहेको भन्दै दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर भए पनि राम्रो गर्न निर्देशन दिएका प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । दाहालले आफूले गरेको राम्रो कामको प्रचार हुन… पुरा पढौ

ईस्वी संवत् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज यहाँ जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताए । उनले सन्देशमा भनेका छन्, “एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका… पुरा पढौ

इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गर्नुभएको छ । प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका छन् । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने… पुरा पढौ

आहा ! रारा गोल्डकपमा चर्च ब्वाईजमाथि पुलिसको १-० को अग्रता

पोखरा, पुस १५ आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भईरहेको दोश्रो खेलमा नेपाल पुलिस क्लवले अग्रता लिएको छ । पुलिसले चर्च ब्वाईजबिरुद्ध २५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएका हुन् । पुलिसका लागि रवी पासवानले गोल गरे । उनले निरकुमार राईको पासमा गोल गरेका हुन् । खेल जारी रहेको छ । पुरा पढौ

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख सत्ता साझेदार दलको बिहीबार बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न एमाले अध्यक्ष ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको थियो । कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ । रासस पुरा पढौ

गण्डकी प्रदेशसभाका जेष्ठ सदस्य बस्यालबाट बाँकी ५९ सदस्यले लिए शपथ

कास्की । गण्डकी प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको हल नदीपुरमा बिहीबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् । ज्येष्ठ सदस्यको रूपमा बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङसँग शपथ लिएका थिए । उनले बिहीबार ५९ सांसदलाई शपथ गराएका हुन् । ५७ जनाले नेपाली भाषा र ३ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । संसद्‌मा ५ दलको… पुरा पढौ

सत्ता साझेदार दलको बैठक :पाँच दिनभित्र सरकारको न्यूनतम कार्यक्रम तय गरिने

काठमाडौ । प्रमुख सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर नागरिकको अपेक्षाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको छ । कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम तयार पार्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । कार्यदललमा सत्ता साझेदार दलका तर्फबाट एक–एक जना सदस्य रहनेछन् । वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न गठन… पुरा पढौ