राजनीति

जब अभिवादन, जय नेपाल र लाल सलामको सम्बोधले प्रज्ञा भवन गुन्जियो…

काठमाडौं । प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, वक्ता हुन् वा कार्यक्रम सञ्चालक, सबैले नछुटाइ र दोहोर्‍याएर गर्ने सम्बोधन, अभिवादन, जय नेपाल र लाल सलाम । दर्शक दीर्घामा खचाखच बसेका नेता कार्यकर्ताहरूको पनि त्यही माग र त्यही भावभंगिमा अभिवादन, जय नेपाल र लाल सलाम फर्काएपछि हरेक वक्ताले सम्बोधन सुरु गर्दा र अन्त्य गर्दा हल गुन्जायमान बन्थ्यो । वक्ता र स्रोताको लय देखेर बाक्लो संख्यामा उपस्थित सञ्चारकर्मी समेत चकित थिए । कमै सुन्न पाइने यस्तो सम्बोधन आइतबार प्रज्ञा भवन कमलादीमा सिन्धुपाल्चोक सम्पर्क समन्वय समिति/मञ्चको संयुक्त भेलामा भएको थियो ।… पुरा पढौ

निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने: अध्यक्ष ओली

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् । “ देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष ओलीले आज बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका– ३ क्याम्पामा आयोजित चुनावी भेलालाई संवोधन गर्दै सो धारणा व्यक्त गरे । उनले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताए। अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र… पुरा पढौ

राप्रपा घोषणापत्र: आर्थिक, सामाजिक र राजनीतिकक्षेत्रमा रुपान्तरणका लागि स्वर्णिम अवसर

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई आह्वान गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्र आज यहाँ जारी गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सधैँ प्रजातन्त्र र जनताको सर्वोच्चताप्रति प्रतिबद्ध रहिआएको बताP । राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई आदर्श पुरुष मान्दै आएको छ । मुलुकको सर्वाेपरि हितका पक्षमा उभिँदै बर्वादिको बाटोमा जानबाट जोगाउन आगामी निर्वाचनमा विवेकपूर्ण निर्णय लिन मतदातालाई… पुरा पढौ

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने

आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म)… पुरा पढौ

ल्वाङबाट खानीगाउँ हुँदै अष्ट्रेलियन क्याम्पसम्म चक्रपथ: उम्मेदवार भण्डारी

पाँच दलीय गठबन्धनबाट कास्कीको निर्वाचन क्षेत्र नं ३ (१)का उम्मेदवार दुर्गादत्त भण्डारीले माछापुच्छ«े गाउँपालिकाको पर्यटकीय गाउँ ल्वाङको पर्यटन प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सहयोग रहने बताएका छन्। चुनावी घरदैलोका क्रममा माछापुच्छ«े वडा नं ८ र ९ का विभिन्न स्थानमा पुगेका उम्मेदवार भण्डारीले माछापुच्छ«े गाउँपालिका पर्यटकीय हिसावले जिल्लामै उत्कृष्ट रहेकाले पर्यटन विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाए। उनले ल्वाङबाट खानी गाउँ हुँदै अष्ट्रेलियन क्याम्पसम्म चक्रपथको नयाँ बाटो निर्माण आफूहरुको प्राथमिकतामा रहेको बताए। उनले पर्यटकीय गाउँ ल्वाङलाई पक्की कालोपत्रे सडकबाट जोड्ने र घलेल… पुरा पढौ

पाँच दलीय गठबन्धनका उमेदवारसामु सडक निर्माणमा जोड गर्न घान्द्रुकबासीको माग

पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल जीवन र प्रकाश बरालसमक्ष कास्कीको पर्यटकीय गाँउ घान्द्रुकका स्थानियबासीले सडक निर्माणमा बिशेष जोड दिन माग गरेका छन्। जनतासँगको भेटघाट कार्यक्रममा आइतबार घान्द्रुक पुगेका उमेदवारहरुसमक्ष स्थानीयले घान्द्रुकको विकासको पहिलो प्रथामिकता सडक बाटो भएकोले त्यसलाई बिशेष ध्यान दिन आग्रह गरेका हुन्। घान्द्रुकको घरदैलो कार्यक्रमको क्रममा गुरुङ समुदायको परम्परागत काजदेभ पूजामा समेत सहभागी हुन पुगेका गठबन्धनका उमेदवारहरुलाई स्थानीयले आशिर्बाद प्रदान गरी देश र जनाताको पक्षमा काम गर्न उमेदवारलार्ई आग्रह गरे। गठबन्धनका उमेदवारहरुले चुनाव जित्ने निश्चित भएको… पुरा पढौ

विकास र समृद्धि नै हाम्रो मुख्य एजेण्डा: श्रीनाथ बराल

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकास र समृद्धि नै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको औंल्याएका छन्। आइतबार विहान पोखरा–१५ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने कामको थालनी नागरिकको तर्फबाट ४ मंसीरमा हुने धारणा राखे।‘मुल उद्देश्य भनेकै विकास र समृद्धि हाँसिल गर्ने हो। यो नै गठबन्धन र हामी उम्मेदवारको साझा संकल्प हो। त्यो संकल्पलाई… पुरा पढौ

पर्वतमा जोशी र गिरीबीच पुनःचुनावी प्रतिस्पर्धा

कुश्मा । पर्वतको एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २०७४ सालकै निर्वाचनका मुख्य प्रतिस्पर्धी पुनःचुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा ९एमाले०का पद्म गिरीबीच प्रतिस्पर्धा हुने भएको छ । जोशीलाई गिरीसँगको हारको बदला र गिरीसित जीतको साख जोगाउनुपर्ने चुनौती छ । यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन, राप्रपाका ठाकुरप्रसाद भुसाल, राष्ट्रिय जनमुक्तिका बलबहादुर थापासहित १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गएको स्थानीय चुनावको नतिजा हेर्दा मुख्य प्रतिस्पर्धा चाहिँ कांग्रेस र एमालेबीच नै… पुरा पढौ

देशमा धेरै विकास गरे–अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताएका छन् । आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले बताए । उनले जनताको राष्ट्र निर्माणको आकंक्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताए । हिजोका काम हेरेर अबको… पुरा पढौ

एमाले गण्डकीको प्रतिबद्धता : २५ वर्षमा समृद्ध गण्डकी प्रदेश, सुखी नागरिक

पोखरा, कात्तिक १३ नेकपा एमाले गण्डकी प्रदेशले २५ वर्षमा ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाएको छ । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमाले गण्डकीले यस्तो प्रतिबद्धता जनाएको हो । पोखरामा आईतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य पूरा गर्ने ५ वर्षअघिको पुरानै प्रतिबद्धता पुनः दोहो¥याएको हो । साथै त्यसका लागि अगाडि सारिएका नीति तथा कार्यक्रमहरुपनि पुरानै दोहोरिएका छन् । एमाले गण्डकीले ‘समृद्ध प्रदेश,… पुरा पढौ