राजनीति

अधिकार सहितको समृद्धिका लागि उम्मेदवारी : विद्या भट्टराई

पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार सहितको समृद्धिका लागि आप्mनो उम्मेदवारी भएको बताएकी छन् । अखिल नेपाल महिला संघ क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीद्धारा मंगलवार पोखरामा आयोजित महिला भेलामा बोल्दै उनले सभ्य र समृद्ध समाज निर्माण पहिलो प्राथमिकता भएको बताईन् । अनेमसंघको अगुवाईमा मुलुकमा महिला अधिकार स्थापित भएको बताउँदै थप अधिकार प्राप्तिका लागि आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेलाई विजय गराउँनु पर्नेमा उनको… पुरा पढौ

गण्डकी प्रदेशलाइ नमुना प्रदेश बनाउछौं : नेता खगराज अधिकारी

पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशलाइ नमुमा प्रदेश बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । रुपा गाउँपालिका वडा नम्बर ५ देउराली,फेदी,रामदी र खडागाउमा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै अधिकारीले उक्त कुरा बताएका हुन् । एमालेका संगठन बिभाग प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको बिकास र जनताका सपना पुरा गर्ने पार्टी एमाले रहेको बताउदै बिकासका लागि सबै दललाइ हातेमालो गरेर अगाडी बढ्न आह्वान गरे । चुनाब पछि… पुरा पढौ

ग्रामिण वडाबासीलाई ५ वर्षभित्रै महानगरको अनुभूतिः मिना गुरुङ

पोखरा । पोखरा महानगरमा पछि थपिएका वडा अझै गाउँ जस्ता छन् । त्यहाँ विकासका पूर्वाधार र अरु सुविधा पुग्न बाँकी छ । मंगलबार पोखरा १६ र २० पुगेकी एमाले उम्मेदवार मिना गुरुङले पछि थपिएका ग्रामीण क्षेत्रका बासिन्दालाई चाडै महानगरबासीको अनुभूति दिलाउने प्रतिवद्धता गरेकी छन् । कास्की २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । उम्मेदवार गुरुङले भनिन्, ‘यो देशकै ठूलो महानगरको भूभाग हो । स्थानीय र संघ संरकारसँग सहकार्य गर्दै महानगरका लागि… पुरा पढौ

राप्रपा कास्की २(ख) का उम्मेदवार गिरीद्वारा घोषणापत्र सार्वजनिक

पोखर । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेशसभातर्फ कास्की क्षेत्र नम्बर २(२) मा उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्र सार्वजनिक गर्दै उनले मनसँगै मत पनि परिवर्तन गरि उदाहरण बन्ने पालो पोखराको रहेको बताएका छन् । परिवर्तनका लागि अब नागरिकले मत परिवर्तन गर्नुपर्ने बेला आएको उनको तर्क छ । उनले धरान र काठमाण्डौका जनताले स्थानीय चुनावमा मत फेरेकै कारण अहिले नेपालकै उदाहरणीय कामहरु भैरहेको उल्लेख गर्दै पोखराले पनि अब त्यो आँट गर्नुपर्ने बेला आएको बताए… पुरा पढौ

कोही नेपाली भूमिहीन हुँदैनन् : विश्वप्रकाश

पोखरा ।कास्की २ (१) मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले देशको समृद्धि र समतामूलक समाजका लागि कोही नेपाली भूमिहीन हुन नहुने बताएका छन् । भूमिको उचित योजना र उपयोगबिना विकास असम्भव हुने उनले बताए । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि काम जारी रहेको बताए । उनले अहिले सेतो पूर्जा दिइएको जनाउँदै चाडै लालपुर्जा वितरण हुने बताए । उनले भने, ‘गरिब, सिमान्तकृतका बस्तीमा विकासका पूर्वाधार निर्माण र मानव विकास लागि हामी योजनावद्ध प्रयास गर्छौं… पुरा पढौ

राज्यवाट पाउने सेवा सुविधा जनतालाई दिन्छु : भण्डारी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पाटीबाट कास्की क्षेत्र नम्वर २ क को प्रदेश सभा सदस्यका लागी बिजय बहादुर भण्डारीले चुनावी अभियान घर दैलो सुरु गरेका छन । क्षेत्र नम्वर २ को समग्र विकाशको लागी आफु चुनावी मैदानमा होमिएको कुरा बताउदै भण्डारीले क्षेत्र नम्वर २ का मतदाताहरुको समस्या सुन्दै घर दैलौ कार्यक्रम शुरु गरेका छन । जनताको समस्या समाधान गर्ने उनले घरदौलोमा बाचा गरेका थिए । प्रदेश सभा सदस्यमा आफु विजय भएमा यस क्षेत्रको बिकासको निम्ति आफुले कुनै कसुर बाकी नराख्ने र… पुरा पढौ

बागलुङका ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील

बागलुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय छमध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति बागलुङले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई… पुरा पढौ

कास्की १ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

कास्की । कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा ९एमाले० जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन् । हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार भएका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ । कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र गुरुङमध्ये कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा… पुरा पढौ

एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गर्दै

नेकपा एमालेले आज (मंगलबार) चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ। होटल याक एण्ड यतिमा आज दिउसो साढे १ बजे घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागले जानकारी गराएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसीर ४ गते हुँदैछ। निर्वाचनलाई लक्षित गर्दै एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। पुरा पढौ

कार्तिक १७ देखि मंसीर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न पाइने

निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरूले कार्तिक १७ गतेदेखि मंसीर १ गतेसम्म प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ। मंसीर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने आयोगले स्पष्ट पारेको हो। आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार–प्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ। उक्त दफा १३ (म)… पुरा पढौ