राजनीति

कास्कीमा समग्र विकासको वातावरण बनाउँछु : श्रीनाथ बराल

पोखरा । गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले पोखरामा पहिले नै बनिसक्नुपर्र्नेे पूर्वाधारहरु धेरै बन्न बाँकी रहेको बताएका छन् । उनले ती पूर्वाधार निर्माण देखि केन्द्रमा यस क्षेत्रको पहुँच विस्तार गर्दै समग्र विकास निर्माणलाई गति दिने वातावरण आफूले बनाउने दाबी गरेका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा ४ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पोखरा बसपार्क निर्माण, पोखराको रिङरोड देखि धेरै पूर्वाधार बन्नुपर्ने भन्दै उनले… पुरा पढौ

निर्वाचन आयोगको राजनीतिक दललाई ७ बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न ७ बुंँदे निर्देशन दिएको छ। लाभको पदमा रहेका केही राजनीतिक व्यक्तिहरुले सरकारी साधन स्रोतको प्रयोग गरी चुनाव प्रचार–प्रसार गरेको पाइएको भन्दै आयोगले आज (बुधबार) कडा निर्देशन दिएको हो। आचारसंहिताले तोकेको २५ जनाभन्दा बढी सुरक्षाकर्मीसहित उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेकोप्रति पनि आयोगले आपत्ति जनाएको छ। त्यस्तै, दलहरुले जुलुस र आमसभाका लागि पूर्वअनुमति नलिई प्रचारप्रसारको लागि सवारी साधन प्रयोग गरेकोमा आयोगको असन्तुष्टी छ। यससम्बन्धी लिखित उजुरी, मौखिक गुनासा र विभिन्न संचारमाध्यममा समाचार सार्वजनिक भएपछि… पुरा पढौ

एकीकृत समाजवादीको चुनावी कमाण्डरमा माधव नेपाल

नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको हो। समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषदका पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय संगठनका पदाधिकारी सदस्य छन्। बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालयसमेत गठन गरेको छ। उक्त समितिको सदस्यमा डा. गंगालाल तुलाधर, डा.… पुरा पढौ

मिरुवामा एमाले कास्की ३ को चुनावी मुख्यालय

नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ का नेकपा एमाले नेता कार्यकर्ता आगामी प्रतिनिधि तथा प्रदेश सभाको तयारीमा जुट्दैछन्। चुनावकै तयारीस्वरुप एमालेले क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको कार्यालय स्थापना गरेको छ। एमाले पोलिटब्यूरो सदस्यद्वय जगत विश्वकर्मा, सीता गिरि ओली, प्रतिनिधिसभा र प्रदेश सभा उम्मेद्वारको उपस्थितिमा पोखरा २ मिरुवामा क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको कार्यालय स्थापना गरेको हो। एमालेको तर्फबाट कास्की ३ मा प्रतिनिधिसभा सदस्यमा दामोदर पौडेल बैरागी, प्रदेश सभा ‘क’ मा गणेशमान गुरुङ र प्रदेश… पुरा पढौ

एमाले उम्मेदवारहरु वेदबहादुर र नन्दकलाले जनगुनासो सुन्दै

मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको माहौल तात्दैछ। अहिले यतिखेर, राजनीतिक दलका नेता तथा उम्मेदवारलाई आउँदो चुनावले व्यस्त बनाएको छ। यसैबीच, गण्डकी प्रदेश कास्की निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभाका प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार वेदबहादुर गुरुङ (श्याम) र प्रदेशतर्फ एमालेको समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले बुधवार पोखरा–१० का मतदाताहरुका गुनासाहरु सुन्ने र स्थानीय समस्याहरु बुझ्ने गरेका छन्। एमाले उम्मेदवारहरुले धेरै बोलेर भन्दापनि काम गरेर देखाउने विश्वास व्यक्त गर्दै जनगुनासो सुन्ने गरेको बताएका छन्। यसैक्रममा… पुरा पढौ

जनताको बिश्वासलाई कहिल्यै घात गर्ने छैन: कार्की

आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्वर २ (क) का प्रत्यासी उम्मेदवार भीमबहादुर कार्कीले जनता र पार्टीले गरेको अपार विश्वास र मायामाथि आफूले कहिल्यै घात नगर्ने बताएका छन्। नेकपा एमाले पोखरा वडा न ३३ को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन गर्दै कार्कीले आफ्नो क्षेत्रका जनताले निरन्तर विश्वास गरेर आफ्नो पार्टीलाई विजयी गराएको र निर्वाचित जनप्रतिनिधिहरूले उदाहरणीय कार्य गरेको बताए। विगतमा आफ्नो पार्टीका कार्यहरूको विवरण प्रस्तुत गर्दै कार्कीले अबको… पुरा पढौ

नेपाली कांग्रेस कास्कीद्वारा विभिन्न समिति तथा उपसमिति गठन

पोखरा । आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले आज विभिन्न समिति तथा उपसमिति गठन गरेको छ ।नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीको अध्यक्षतामा समिति तथा उपसमिति गठन गरिएको हो । समिति अन्तर्गत जिल्ला निर्वाचन परिचालन समितिमा युवराज कुँवरको संयोजकत्वमा धनमाया गुरुङ सहसंयोजक, शङ्कर ढुङ्गाना सचिव, विश्व शङ्कर पालिखे र देवी गुरुङ सदस्य रहेका छन् । त्यसैगरी सचिवालय व्यवस्थापन उपसमितिमा संयोजक देवेन्द्र भाट, सहसंयोजकमा विष्णु कार्की, सचिवमा सुदीपमोहन भट्टराई, सदस्यहरूमा ऋषिराम सुवेदी र मानेन्द्र कुमाल रहेका… पुरा पढौ

निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका छन् । झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको उनले बताए ।झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उनको भनाइ थियो । साथै उनले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह गरे । उनले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि… पुरा पढौ

कास्की क्षेत्र नम्वर ३ मा एमालेको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्वर ३ मा एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटिको सम्पर्क कार्यालयको बुधवार उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन गर्दै नेकपा एमालेका पोलिव्युरो सदस्य एवं पुर्व खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको सिङ्गो राष्ट्र निर्माण र विकासको अभियानमा लाग्ने पाटी एमाले भएकोले मङसिर ४ गते हुने निर्वाचनमा सुर्य ध्वजावाहाक उम्मेदवारहरूलाई जिताउनुपर्ने जोड दिएका छन् । उनले सडकमा बाजा गाजासहित नारा जुलुस लगाएर मात्र हैन मतदाताका घरआँगनमा पुगि पाटीले गरेका विकास… पुरा पढौ

देश विकास निर्माण गर्ने एक मात्रै पाटी एमालेः उम्मेदवार गुरूङ

पोखरा । नेकपा एमालेका तर्फबाट कास्की १ का प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले देशमा विकास निर्माण गर्ने एक मात्र पाटी एमाले भएको बताएका छन् । अग्रगामी राष्ट्र निर्माणको लागि एमाले पाटीको विकल्प नभएको बताउँदै उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत दिएर पहिलो पाटी बनाउन सबै मतदातामा अनुरोध गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले वडा कमिटी पोखरा २६ ले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा उनले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नभएकोले अवस्था परिवर्तनका लागि एमालेलाई मत… पुरा पढौ