राजनीति

‘गण्डकी प्रदेशलाई अन्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउँछौं’–एमाले उम्मेदवार कार्की

पोखरा । कास्की निर्वाचन क्षेत्र न २ (१) बाट प्रदेश सभा सदस्यका लागि एमाले तर्फका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले गण्डकी प्रदेशलाई अन्तराष्ट्रिय व्यापारको महत्वपूर्ण नाका बनाउने प्रतिबद्धता जनाएका छन् । पोखरा महानगपालिका वडा नम्वर १५ मा एमालेको निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटन कार्यक्रममा उनले सो प्रतिवद्धता जनाएका हुन । उम्मेदवार कार्कीले देश हाँक्ने र विकास गर्ने तागत एमालेसँग मात्रै भएको दावी गरे । उनले विकास अभियान व्यवस्थित बनाउन,राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण गर्न एमालेको सरकार आवश्यक भएको स्पष्ट पारे ।… पुरा पढौ

गठबन्धनमा शंका पैदा गर्ने काम नगरौं : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार पोखरामा पाँचदलीय गठबन्धनले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन आजको आवश्यकता भएको बताए । ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’उनले भने, हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ’, सबैको पालो आउँछ । गठबन्धनको… पुरा पढौ

लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बाबुराम भट्टराइको चेतावनी

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताए । शुक्रबार काठमाडौंमा आयोजित बाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पराजित भएका प्रतिगामी शक्ति अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताएका हुन्। पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे ।उनले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताए । उनले देशमा विकास र समृद्धि, सुशासन दिन… पुरा पढौ

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने: महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताए । उनले आउँदो चुनावमा भने समयमा नै मतदाताहरुलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने बताए । महासचिव भुसालले पुनः प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताए । उनले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताए । शुक्रवार काठमाण्डौमा… पुरा पढौ

आउँदो चुनावलाई सामान्य रुपमा नलिन कार्यकर्तालाई अध्यक्ष दाहालको आग्रह

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आउँदो चुनावलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्तासमक्ष आग्रह गरेका छन् । शुक्रवार काठमाण्डौमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उन ले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्कोहरु देखापरेको बताए । उनले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्नका लागि गठबन्धन बनेको जिकिर गरे ।उनले नेकपा एमालेप्रति लक्षित गर्दै संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरितिर फेरि धकेल्ने कसरतहरु गरिरहेको बताए । अध्यक्ष… पुरा पढौ

‘सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ’: पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन”, उनले भने । व्यास नगरपालिका वडा नं–२ मा निर्वाचन सम्पर्क कार्यालयको आज शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्छ भने । व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको बरिष्ठ नेता पौडेलको भनाइ… पुरा पढौ

पोखरामा आज सत्ता गठबन्धनको संयुक्त कार्यकर्ता भेला

पोखरामा आज (शुक्रबार) सत्ता गठबन्धनको संयुक्त कार्यकर्ता भेला हुँदैछ। भेलामा गठबन्धन दलका नेताहरुले कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालले प्रशिक्षण दिने कार्यक्रम तयार भएको काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताएका छन्। पोखरा सभागृहको हलमा शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछ कार्यक्रम रहेको शर्माले बताए। बिहीबार नै शीर्ष नेताहरु पोखरा आउने कार्यक्रम थियो। प्रधानमन्त्री देउवा र माधव नेपाल पोखरा आइसकेको शर्माले जानकारी दिए। प्रचण्ड… पुरा पढौ

देशको अस्तित्व जोगाउन एमालेलाई मत: एमाले उम्मेदवार कार्की

आगामी मंसीर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न २ (क) का प्रत्यासी उम्मेदवार भीमबहादुर कार्कीले देशको अस्तित्व रक्षाको लागि एमालेलाई मत दिन मतदातालाई आग्रह गरेका छन्। पोखरा वडा न ७ मा एमाले निर्वाचन परिचालन कमिटिको कार्यालयको विहिवार उद्घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रियताको जगेर्ना र देश विकास एमालेले मात्रै गर्न सक्ने कुरा विगतका सरकारहरूलाई मात्रै हेर्दा पनि प्रमाणित भैसकेको हुँदा आम जनतालाई आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरे। कार्कीले देशको स्वाभिमान… पुरा पढौ

नेकपा एमाले प्रदेश ३ ‘ख’ को चुनावी परिचालन सम्पर्क कार्यालय मालेपाटनमा स्थापना

पोखरा–५ मालेपाटनमा नेकपा एमाले, कास्की निर्वाचन क्षेत्र नम्वर ३ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को चुनाव परिचालन सम्पर्क कार्यालय खोलिएको छ। नेकपा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य जगत विश्वकर्मा, पोलिटव्युरो सदस्य सीता गिरी ओली, क्षेत्र नम्बर ३, प्रतिनिधी सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी, प्रदेश सभा ३ ‘ख’ उम्मेदवार राजीव पहारी, समानुपातिक उम्मेदवार लालकाजी गुरुङलगायतले बिहीबार एक समारोहबीच कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले यस पटकको निर्वाचनमा कास्कीका संपूर्ण उम्मेदवारहरुलाई विजयी गराउन एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए। सो अवसरमा कास्की… पुरा पढौ

‘किसान तथा मजदुरको पाटी एमाले’ : एमाले उम्मेदवार गुरूङ

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका लागि एमाले उम्मेदवार मनबहादुर गुरूङले एमाले दुःखी, किसान तथा मजदुरको पाटी भएको बताएका छन् । उनले एमालेले बहुमत ल्याएमा विकासको लहर आउने स्पष्ट पारे । पोखरा २८ का मतदातासँग उम्मेदवार परिचयात्मक कार्यक्रममा गुरुङले यसअघि प्रदेश सांसद हुदा आफुले आम नागरिकको पक्षमा काम गरेको बताउँदै यस पटकको निर्वाचनमा पनि एमालेलाई बहुमतले जिताउन मतदातासँग आग्रह गरेका छन् । कार्यक्रममा क्षेत्र नम्वर १ (ख) का प्रदेश तर्फका एमाले… पुरा पढौ