राजनीति

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २८ र २९ गते पोखरामा हुने

पोखरा । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २८ र २९ गते पोखरामा हुने भएको छ । राष्ट्रिय सम्मेलन आयोजक समितिले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । संघ नेकपा (एमाले) को जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्र्तगतको एक महत्वपूर्ण घटक हो ।सम्मेलन भव्यताका साथ सफल पार्न गत साउन १४ गतेको भेलाले बेदबहादुर गुरुङ ९श्याम०को संयोजकत्वमा १४१ सदस्यीय सम्मेलन आयोजक समिति, पोखरा गठन गरेको छ । संयोजक गुरुङका अनुसार सम्मेलन… पुरा पढौ

युवा संघ पोखरा १७ मा पौडेल

पोखरा । नेकपा एमाले निकट यूवा संघ नेपाल पोखरा– १७ को अध्यक्षमा कृष्ण पौडेल चयन भएका छन् । एमाले सम्बद्ध भातृसंगठन नेपालको शुक्रबार भएको भेलाले पौडेलको अध्यक्षतामा ३७ सदस्यीय पोखरा १७ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा विकास गुरुङ, सचिवमा सागर आचार्य, सहसचिवमा लक्ष्मण बराल, विष्णु भण्डारी र कोषाध्यक्षमा विनिता पौडेललाई चयन गरेको छ । नवनिर्वाचित पदाधिकारी एवम सदस्यहरुलाई युवा संघ नेपाल ,कास्कीका अध्यक्ष पान बहादुर जिसीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । यसअघि भेलाको नेकपा एमाले… पुरा पढौ

विपी जयन्तीको अवसरमा वीपी स्मृति पुस्तकालयको उद्घाटन

नेपाल काँग्रेस गण्डकी प्रदेशद्वारा विपी जयन्तीको अवसरमा वीपी स्मृति पुस्तकालयको उद्घाटन भएको छ। पोखरा–३ तेर्सापट्टीमा रहेको प्रदेश कार्यालयमा आउने अतिथिहरुलाई मध्यनजर गर्दै सुविधा सम्पन्न पुस्तकालय स्थापना गरिएको हो । शुक्रबार उद्घाटन कार्यक्रममा १०९ औं वीपी जयन्तीको अवसर पारी वीपी स्मृति पुस्तकालय र सूचना, सञ्चार तथा प्रचार–प्रसार विभाग अन्तर्गत सूचना प्रविधि कक्ष उद्घाटन तथा अक्षयकोष एवम् पुरस्कार घोषणा कार्यक्रम भएको हो । वीपी स्मृति पुस्तकालय कक्षको उद्घाटन गर्दै पूर्व उपकुलपति प्रा.डा.केदार भक्त माथेमाले नेपाली काँग्रेस गण्डकी प्रदेशले पुस्तकालय स्थापना गर्नु खुसीको… पुरा पढौ

राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन । राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिन ।रासस पुरा पढौ

१०९ औँ बीपी जयन्ती मनाइँदै

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज (शुक्रबार) देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुन:स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा… पुरा पढौ

गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा नपरोस् : नेता डा कोइराला

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राखेका छन । नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा जनकपुरधाममा आज आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता डा कोइरालाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ एक सय सिट पाउनुपर्ने जिकिर गर्दै गठबन्धनका कारण नेपाली कांग्रेसलाई कुनै अप्ठ्यारो पर्न नहुने बताए । नेता कोइरालाले पाँचदलीय गठबन्धन बिचित्रको रहेको, विचार र… पुरा पढौ

राप्रपा कास्की–२ बाट २२ जनाको नाम सिफारिस  

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसीर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ । त्यस्तै, राप्रपाले सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिस गरेको छ । कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनीधिसभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुङ, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सह–सचिव सुवर्णराज पन्त छन् । केन्द्रीय उपाध्यक्ष गुरुङको नाम यसअघि क्षेत्र नम्बर १ बाट समेत… पुरा पढौ

एमालेका युवा नेता विवेक त्रिपाठी प्रतिनिधिसभामा सिफारिस

नेकपा एमालेका युवा नेता विवेक त्रिपाठी प्रतिनिधि सभा निवार्चनका लागी सिफारिस भएका छन् । आउदो मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट युवा नेता विवेक त्रिपाठीलाई प्रतिनिधि सभाको निवार्चनका लागि एमाले कास्कीले सिफारिस गरेको हो । प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका त्रिपाठी सहित ९ जनाको नाम नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । विद्यार्थी राजनीतिमा समाहित त्रिपाठी भारतीय नाकावन्दीको वेला ‘लिफ्ट दिउँ, लिफट् लिउँ’ अभियान संचालन गरेर चर्चामा आएका… पुरा पढौ

एमाले म्याग्दीले टुंग्यायो उम्मेदवारहरुको सिफारिस

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) म्याग्दीले प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटीको बैठकले हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ। उनी, एमाले गण्डकी प्रदेश कमिटीका सचिबालय सदस्य समेत हुन् । बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ नरदेवी पुन र केपी (केदारप्रसाद) अधिकारीको नाम सिफारिस गरेको म्याग्दी एमाले श्रोतले बताएको छ । प्रदेशसभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी,… पुरा पढौ

कास्कीको नयाँ सीडीओमा टेकबहादुर केसी, जयनारायण ललितपुर पुगे

अब, कास्कीको नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई आउँदैछन् । त्यस्तै, कास्कीका सीडीओ जयनारायण आचार्य ललितपुरको प्रमुख जिल्ला अधिकारी बनेर जाँदैछन् । गृह मन्त्रालयले राजधानी काठाण्डौं उपत्यकालगायत महत्वपूर्ण जिल्लाका प्रजिअको सरुवा गरेको हो । गृह मन्त्रालयले काठमाडौँ उपत्यकासहित दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । त्यस्तै, गृहमन्त्रालय स्रोतका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय जाँदैछन् । काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा भएको छ… पुरा पढौ