राजनीति

चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै खोप लगाइने : मन्त्री पौडेल

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै कोभिडविरुद्धको खोप लगाइने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले कोभिडको तेस्रो लहरका कारण शिक्षा क्षेत्र प्रभावित भए पनि शैक्षिकसत्रमा प्रभाव नपर्ने गरी प्रबन्ध गरिएको बताए । मन्त्री पौडेलले भने, “शैक्षिकसत्र क्षति नहुने गरी एसइईको परीक्षा तालिका सार्वजनिक गरेका छौँ । स्थानीय तहको चुनावलगत्तै प्लस टुको परीक्षा गर्छौं । सबै विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेका छौँ ।” उनले आफू मन्त्री… पुरा पढौ

गठवन्धन बनाए पनि केही फरक पर्दैन : उपमहासचिव गुरुङ

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अरु पार्टीको गठबन्धन भएर आए पनि एमालेले सबै निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् । प्रेस चौतारी नेपाल लमजुङले आज बेँसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब आउने निर्वाचनमा एमालेका नेता कार्यकर्ता एकजुट भएर लाग्न सके अन्य पार्टीलाई सजिलै पराजित गर्न सकिने धारणा राखे । नीति र सिद्धान्त सही भएकै कारण एमालेलाई जनताको समर्थन रहेको उपमहासचिव गुरुङ्गले बताए । उपमहासचिव गुरुङले भने, “एमालेसँग एक्लै लड्ने क्षमता छ । अन्य… पुरा पढौ

एमसीसीले ठुलो थ्रेट ल्याएको छ, तर हामी झुक्दैनौंः मन्त्री बराल

पोखरा, माघ २९ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले एमसीसी परियोजनाले ठुलो थ्रेट ल्याएको बताउदै त्यसमा नेपाली झुक्न नहुने बताएका छन् । माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले शनिबार पोखरा १८ तथा २३ क्षेत्रमा विकास निर्माणका योजनाहरुको निरिक्षण गर्न पुगेको अबस्थामा स्थानिय माझ एमसीसी परियोजनाले नेपाली राजनीतिमा ठुलै हलचल ल्याउन खोजेको उल्लेख गर्दै नेपालको राष्ट्रियता र स्वाभिमान गुम्ने गरी कुनै पनि हालतमा लागु गर्न नहुने बताएका हुन् । अमेरीकाले एमसीसी मार्फत नेपालमा आफ्नो गतिविधि बढाउन खोजेको उनले… पुरा पढौ

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौ । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी रहेका थिए । नेकपासँग सरकारले विसं २०७७ फागुन २० मा तीन बुँदे सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र… पुरा पढौ

सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छःप्रवक्ता डा महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन । आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताए । अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ । उनले भने “देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।” एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट… पुरा पढौ

नेपाली कांग्रेस पोखरा-६ बैदामको ३ नम्बर टोल समितिको सभापतिमा लामिछाने

पोखरा, माघ २९ ।नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नंं. ६ स्थित ३ नम्वर टोल समिति सभापतिमा विकास लामिछाने चयन भएका छन् । टोल समितिको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट लामिछानेलाई सर्वसम्मत सभापतिमा चयन भएका हुन् । टोलको उपसभापतिमा गिता देबी पहारी र विपिन पौडेल, सचिवमा शारदा लम्साल, कोषाध्यक्षमा सन्देश दाहाल र सहसचिवमा आलोक पहारी चयन भएका छन् ।यसैगरी टोल समितिको कार्यसमिति सदस्यमा उमा लामिछाने, निर्मला बोगटी, भुपाल भित्राकोटी,विमल थापा, हेमराज पराजुलि र दिवश लामिछाने रहेका छन् ।नवनिर्वाचित सभापति लामिछाने टोल भित्रका… पुरा पढौ

गण्डकीका सबै अस्पतालमा बायोमेडिकल ईन्जीनियर राख्ने तयारी

पोखरा एक पछि अर्को चर्चित र्निणय गर्दे आएको गण्डकी प्रदेशकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब गण्डकी प्रदेशका अस्पतालहरुमा बायोमेडिकल ईज्नीनियरको ब्यबस्था गर्ने तयारी पनि सुरु गरेको छ ।मन्त्रालयले स्वास्थ्य निति जारी गरेपछि निति भित्र रहेका बिषयहरुलाई एक पछि अर्को गर्दै कार्यान्वयनमा लैजाने स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले जानकारी दिइन् । उनले अस्पताल र अस्पतालमा उपकरणमा मात्र जोड दिने तर उपकरण बिग्रीएपछि बनाउन बर्षौं लाग्ने अबस्थाको अन्त्य गर्न जरुरी रहेको औंल्याईन् ।पोखरामा सुरु भएको ट्रमा केयर तालिमको उदघाटन गर्ने… पुरा पढौ

सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान सम्बन्धी विधेयक परिमार्जन हुन्छ:मन्त्री शाही

कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले नेपाल पत्रकार महासङ्घकै राय सुझाव बमोजिम ‘सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान विधेयक’ परिमार्जन गर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको नेतृत्वमा आज मन्त्रालयमा स्मरणपत्र बुझाउन पुगेको टोली समक्ष उनले सरोकारवालाको सुझावलाई अक्षरशः सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् । अघिल्लो सरकारले दर्ता गरेको विधेयक भएकाले यसमा सच्याउनुपर्ने विषयका सम्बन्धमा आफू प्रष्ट भएको मन्त्री शाहीको भनाइ थियो । अघिल्लो सरकारले प्रदेशमादर्ता गरेको विधेयक सभामा बुधबार टेबुल गरिएको थियो ।… पुरा पढौ

कमल थापाले नयाँ पार्टी खोल्दै

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताएका छन् । विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प्रसङ्ग पनि उल्लेख गरेकका छन् । उनले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि नेतृत्वलाई सैद्धान्तिक र साङ्गठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेकाले नयाँ पार्टी खोल्ने धारणा राखे । साथीहरुसँग परामर्श गरेर फागुनको पहिलो हप्तामा नै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने उद्घोष गर्दै… पुरा पढौ

माओवादी केन्द्रको आजदेखि बस्ने भनिएको बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को आजदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कोभिडका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले बताएको छ। यसअघि, माओवादी केन्द्रले माघको २८ र २९ गते केन्द्रीय समितिको बैठकको तय गरेको थियो। महाधिवेशनले केन्द्रीय समिति चयन गरेपनि पदाधिकारी चयन गर्न सकेको थिएन र बैठकले पदाधिकारी चयनलगायत अन्य निर्णय गर्ने जनाइएको थियो। आवश्यक तयारी पूरा भएपछि अर्को बैठकको मिति तय गरिने माओवादी केन्द्रले जनाएको छ। पुरा पढौ