राजनीति

प्रेस चौतारी तनहुँको अध्यक्षमा श्रेष्ठ

प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ ‘बीबी’ चयन भएका छन्। संगठनको नवौं जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो। जसमध्ये उपाध्यक्षमा कृष्णचन्द्र न्यौपाने, महिला उपाध्यक्षमा सम्झना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, कोषाध्यक्षमा मदन तिमल्सेना, सह–सचिवमा किरण श्रेष्ठ र सुनिता आचार्य छन्। सदस्यहरुमा विनोद ढुंगाना, ध्रुव सुवेदी, सविन लामिछाने, अन्जन परियार, शर्मिला विक र अशोक विश्वकर्मा छन्। पुरा पढौ

राष्ट्रिय सभा सदस्यको निर्वाचन सर्दैनः निर्वाचन आयोग

निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने उल्लेख गरेको छ। आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने प्रस्ट्याएको हो। राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ। सातवटै प्रदेशमा कूल २ हजार २५ जना मतदाता छन्। ५३२ प्रदेश सभा सदस्य र १ हजार ४ सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा सदस्यको मतदाता छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार… पुरा पढौ

निर्वाचन आयोगद्वारा शुक्रबारका लागि सर्वदलिय बैठक आह्वान

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो । शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरि सकेको आयोगका प्रवक्ता शालिग्राम… पुरा पढौ

प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने

प्रदेश २ । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका– ७ मा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुङ्गिने बताएका हुन् । प्रदेशसभा समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी… पुरा पढौ

सन्तोषजनक काम भएको निश्कर्ष निकाल्दै अन्नपूर्ण गाउँपालिकाको गाउँ सभा सम्पन्न

अन्नपूर्ण गाउँपालिका कास्कीको एघारौं गाउँ सभा तथा हिउदे अधिबेशन बुधवार सम्पन्न भएको छ । गाउँ सभामा चालू आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक खर्च सम्बन्धी छ्लफल भएको र गाउँसभामा अहिलेसम्म भएका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल, बजेटरकमान्तर, बजेट विवरण हेरफेर लगायतका बारेमा समेत छलफल पश्चात विभिन्न निर्णय गरिएको छ ।गाँउसभाले खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धि ऐन २०७८, जलश्रोत ऐन २०७८, विनियोजन बिधियक ऐन २०७८ को पहिलो संशोधन २०७८ सर्वसम्मत रुपमा पारित गरेकोे छ ।विनियोजन बिधेयक ऐन २०७८… पुरा पढौ

प्रदेश सरकारले वार्षिक ३ जनालाई ‘गण्डकी रत्न’बाट सम्मान गर्ने, सम्मानितको हैसियत प्रदेश सांसद सरह

पोखरा, पुस २८ गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ प्रदान गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको हालै बसेको मन्त्री परिषद बैठकले वार्षिक रुपमा ३ जनालाई ‘गण्डकी रत्न’ले सम्मान गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले मन्त्री परिषद बैठकले विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि २०७८ लाई स्वीकृत गरेको जानकारी दिए । सरकारले गण्डकी प्रदेश भित्र रहेर शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि, समाजसेवालगायतका क्षेत्रमा अतुलनीय योगदान गरेर प्रदेशको गरिमा बढाउन… पुरा पढौ

एमाले स्याङ्जा अध्यक्षमा गैह्रे

नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे ‘पारस’ निर्वाचित भएका छन्। आठौँ अधिवेशन अन्तर्गत मंगलवार भएको निर्वाचनमा गैह्रे ४४० मतसहित विजयी बनेका हुन्।प्रतिद्वन्द्वी नारायण मरासिनीले २५७ मत ल्याए। उपाध्यक्ष पदमा यसअघि नै कृष्ण खाँण निर्विरोध निर्वाचित भइसकेका छन्। त्यस्तै सचिवमा राजेन्द्र डुम्रे विजयी बनेका छन्। डुम्रेले ३९४ मत सहित विजयी बनेका हुन्। प्रतिद्वन्द्वी भूपराज अधिकारीले २८० मत ल्याए। उपसचिवमा विश्व पौडेल ३९५ र तारा शर्मा ३७३ मतसहित विजयी बनेका छन्। उपसचिवका अन्य उमेदवार जीवन पौडेलले १५८ र सन्तोष केसीले ३४६ र… पुरा पढौ

नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर

नेकपा एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी बनेका छन्। पार्टीको १० औं अधिबेशनबाट अध्यक्षमा गुरुङ विजयी बनेका हुन्। गुरुङले प्रतिद्वन्द्वी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै कास्की एमालेको अध्यक्षमा निर्वाचित भए। मंगलबार भएको निर्वाचनमा गुरुङले ४५६ मत ल्याए भने बैरागीले ४०७ मत ल्याए। उपाध्यक्षमा तेजनारायण अधिकारी निर्वाचित भएका छन्। अधिकारीले प्रतिद्वन्द्वी प्रभा कोइरालालाई ८ मतान्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भए। अधिकारीले ४२१ मत ल्याउँदा कोइरालाले ४१३ मत ल्याइन्। त्यस्तै, सचिवमा बैनबहादुर अधिकारी क्षत्री निर्वाचित भएका छन्। क्षत्रीले प्रतिद्वन्द्वी बिष्णु केसीलाई १११… पुरा पढौ

प्रेस स्वतन्त्रतामा कुनै सम्झौता हुनुहुँदैन : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रतामा कुनै पनि सम्झौता हुन नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ छापा सञ्चार माध्यम हकहित प्रवद्र्धन विभागको आयोजनामा नवलपुरको कावासोतीमा आज भएको ‘गण्डकी प्रदेशस्तरीय छापा सञ्चार माध्यमका समस्या तथा समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सत्तामा हुदाँ र बाहिर रहँदा यदाकदा बोली फेरिने गरेको देखिए पनि पे्रस स्वतन्त्रतामा कुनै पनि किसिमको सम्झौता हुन नहुने बताए । विगतमा ल्याएका केही विधेयक धेरै विवादास्पद भएकामा आफूहरूले विरोध जनाएको उल्लेख गर्दै उहाँले… पुरा पढौ

एमाले कास्कीको मतदानमा ९७.५ प्रतिशत मत खस्यो

पोखरा, पुस २७ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नया नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९७.५ प्रतिशत मत खसेको छ । नेकपा एमाले कास्कीको दशौं अधिवेशन अन्तर्गत नया नेतृत्व चयनका लागि बुधबार भएको चुनावमा उक्त मत खसेको हो । कास्कीमा एमालेका ९१९ सदस्य थिए । जसमा ८९६ मत खसेको निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए । विहान ९ बजेदेखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म भएको थियो । निर्वाचनले एमाले कास्कीको नया नेतृत्व चयन गर्नेछ । एमाले कास्कीको नया नेतृत्वका लागि… पुरा पढौ