राजनीति

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताएका छन् । गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित समसामयिक भूराजनीतिक विषयक अन्तरक्रियामा उनले शक्ति राष्ट्रबीच भइरहेको द्वन्द्वका कारण विश्वको सामाजिक, आर्थिक क्षेत्र प्रत्यक्ष प्रभावित रहेको बताए । विश्व परिवेश तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले सन्तुलित कूटनीतिक अपनाउँदै आर्थिक, सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नुपर्ने जोड दिँदै मुख्यमन्त्री पाण्डेले भने, “राष्ट्रिय हितको संरक्षणका लागि सम्पूर्ण नेपाली एकताबद्ध हुनु अपरिहार्य छ ।”… पुरा पढौ

सार्वजनिक जग्गामा बनेको संरचना हटाउने अभियान : नेकपा निकट मजदुर संगठनले भत्काउँदा एमाले, कांग्रेस निकट अन्यौलमा

सन्देश श्रेष्ठपोखरा, जेठ ८ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले सार्वजनिक जग्गामा बनेको आफ्नो संरचना भत्काएको छ । महानगरपालिकाले फिर्केखोला, पोखरा बसपार्कलगायतका क्षेत्रमा बनेका अतिक्रमित संरचना भत्काउन ताकेता गर्दै सार्वजनिक सूचना निकालेपछि नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा पृथ्वीचोकस्थित यातायात कार्यालयको अगाडि पट्टी रहेको आफ्नो संरचना डोजर लगाएर भत्काएको हो । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने भन्दै फिर्केखोला, पोखरा बसपार्कलगायतका क्षेत्रमा बनेका अतिक्रमित संरचना भत्काउन पहिलो पटक ३५ दिने सूचना निकालेको थियो । सूचनाको म्याद सकिन… पुरा पढौ

प्रधानमन्त्री शाहलाई मार्ग प्रशस्त गर्न श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङको सुझाव

प्रतिनिधिसभाको आजको बैठक सुरु हुना साथ श्रम संस्कृति पार्टीका सदस्यहरू आ आफ्नो आसनबाट उठेर भनाइराख्न सभामुखसंग समय माग गरे । यसपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङलाई बोल्ने समय दिए । अध्यक्ष राईले जनताको सार्वभौम थलो प्रतिनिधिसभासभामा प्रधानमन्त्री र मन्त्रीहरू नियमित उपस्थित भई सदनमा उठान भएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने माग गरे । उनले प्रधानमन्त्री वालेन्द्र शाहले गृह र रक्षासमेतको कार्यभार सम्हालेको अवस्थामा सीमा सुरक्षा, सुकुमवासीको व्यवस्थापनलगायत विषयमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराए । कर्तव्य पूरा नगरे… पुरा पढौ

गण्डकी प्रदेशमा थुप्रै काम भए तर जनतालाई बुझाउन सकेनौं: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वधारमा ठूलो फड्को मारेको बताएका छन् । बुधबार बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले चारवर्षे कार्यकाल पूरा गरेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशभर ९० प्रतिशत भौतिक पूर्वाधार विकास प्रदेश सरकारमार्फत भएको उनले दाबी गरे । प्रदेश सरकारमार्फत थुप्रै महत्त्वपूर्ण काम भए पनि जनतालाई बुझाउन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । जनतामा केही भएन भन्ने भाष्य निर्माण भएको भन्दै अब हरेक जनप्रतिनिधिले गरेको काम जनतालाई बुझाउनुपर्ने उनले बताए । हरेक जनप्रतिनिधिले नागरिकमा भएको… पुरा पढौ

सरकार परिवर्तनबारे गण्डकीमा ‘तैं चुप मै चुप’

पूर्व सहमती अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ । कांग्रेस–एमाले गठबन्धन बनेपछि गण्डकीमा पहिलो कार्यकाल वर्तमान सुरेन्द्रराज पाण्डे र दोस्रो कार्यकाल खगराज अधिकारी मुख्यमन्त्री बन्ने सहमती भएको थियो । सो सहमती अनुसार पाण्डे हाल मुख्यमन्त्री छन् भने आगामी साउनमा अधिकारी मुख्यमन्त्री बन्नुपर्ने हो । तर गण्डकीमा सो सहमती अनुसार सरकार फेरबदल हुने कुनै गुञ्जायस छैन । किनकी गण्डकीमा एमालेबाहेक पनि कांग्रेसले बहुमत पु¥याउनसक्ने अंकगणित छ । गण्डकी प्रदेश सभामा कांग्रेसको २८, एमालेको २२, नेकपाको ७, राप्रपाको २ र प्रलोपाको १… पुरा पढौ

संसदमा श्रम संस्कृतिको पर्चा विरोध जारी, बैठकमा मर्यादित हुन सांसदलाई सभामुखको आग्रह

सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा मर्यादित भई प्रस्तुत हुन श्रम संस्कृति पाटीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै श्रम संस्कृतिका सांसदले पर्चा लिएर विरोध गरेपछि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै यस्ता अभद्र व्यवहार नगर्न चेतावनी दिए ।उनले पाटीृका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङसहितका सांसदलाई आफ्नो क्रियापलाप र व्यवहार सच्याउन सुझाव दिए । बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिए । अध्यक्ष साम्पाङले जनताको… पुरा पढौ

पोखरा बसपार्कका सुकुम्बासीलाई दलहरुको साथ

सन्देश श्रेष्ठपोखरा, जेठ ५ पोखरा बसपार्कमा रहेका भूमिहीन, सुकुमबासीलाई घर, टहरा छाड्न भन्दै पोखरा महानगरपालिकाले निकालेको ३५ दिने सार्वजनिक सूचनाको म्याद सकिन अब जम्मा ४ दिन बाँकी छ । महानगरले पोखरामा बनेका अनधिकृत घर, टहरा हटाउन भन्दै बैशाख पहिलो साता ३५ दिने सूचना निकालेको थियो । सो सूचनाको म्याद यहि जेठ ८ गते सकिदैछ । तर पोखरा बसपार्कका भूमिहीन, सुकुम्बासीले तत्काल बासस्थान नछाड्ने भएका छन् । भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार समिति बनाएका उनीहरु वैकल्पिक व्यवस्था नभएसम्म सो ठाउँ नछाड्ने… पुरा पढौ

प्रतिनिधिसभा बैठक सुरु, श्रम संस्कृतिले देखायो पर्चा

प्रतिनिधिसभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका सांसद्ले पर्चा देखाएर विरोध जनाएका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ पोस्टर हातमा लिएर उठेका थिए । सभामुख डोलप्रसाद अर्यालले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बल्ल बसेका थिए ।बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् । त्यस्तै, बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अन्त्यमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले… पुरा पढौ

प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन् । बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए ।प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सबै सांसदहरूले प्रदर्शन गरेका हुन् । उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताए । उनले यस प्रकारको विरोध आगामी दिनमा… पुरा पढौ

वैकल्पिक व्यवस्था नगरी भूमिहीन, सुकुमबासीलाई नहटाउन महानगरलाई दलहरुको सुझाव

सन्देश श्रेष्ठपोखरा, जेठ ३ कास्कीका राजनीतिक दलहरुले वैकल्पिक व्यवस्था नगरी भूमिहीन, सुकुमबासीलाई नहटाउन सुझाव दिएका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको समय सकिनै लागेका बेला राजनीतिक दलहरुसँग गरेको छलफलमा उनीहरुले वैकल्पिक व्यवस्था गरेर मात्रै भूमिहीन, सुकुमबासीलाई हटाउन सुझाव दिएका हुन् । पोखरा महानगरपालिकाले पोखरा बसपार्क, फिर्केखोला करिडोर, अमरसिंहचोक र फेवाताललगायतका क्षेत्रमा संरचना हटाउन ३५ दिने सूचना निकालेको एक महिना पुगेको छ । अब केहि दिनमै अतिक्रमित संरचना भत्काउने तयारी स्वरुप… पुरा पढौ