राजनीति

निर्माणाधीन पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको लागि साढे ८ अर्ब बिनियोजन

सरकारले पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको लागि ८ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ । सरकारले आज सार्वजनिक गरेको बजेटमा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको लागि ८ अर्ब ५० करोड बजेट बिनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा उल्लेख गरे । आगामी आर्थिक वर्ष भित्रमा सञ्चालन गर्नेगरी बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले उल्लेख गरे । जुलाई २०२१ सम्ममा सञ्चालनमा आउनेगरी निर्माण भइरहेको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको विमानस्थलले जनाएको छ । पुरा पढौ

आज १४ औं गणतन्त्र दिवस

आज जेठ १५ गते, १४ औं गणतन्त्र दिवस। मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर १४ औं गणतन्त्र दिवस मनाइँदैछ। नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेर यस वर्षको गणतन्त्र दिवस मनाउँदैछन्। जनआन्दोलन २०६२÷०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा… पुरा पढौ

सरकारलाई तीन विषयमा कास्की कांग्रेसको ध्यानाकर्षण

पोखरा । नेपाली कांग्रेस कास्कीले विभिन्न तीन विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका तर्फबाट सभापति कृष्ण केसीले आज विज्ञप्ति जारी गर्दै अक्सिजनको अभावमा बिरामीको मृत्यु भएको, स्वास्थ्यकर्मीप्रति आक्रमण भएको र कोरोना सङ्क्रमितबाहेक अन्य बिरामीलाई अलपत्र पारिएकोप्रति ध्यानाकर्षण गराएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको अभावमा छ जनाको मृत्यु भएको, भेरी अस्पतालमा सरकारकै मिलेमतोमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको र बिना योजना पोेखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाएर अन्य बिरामीलाई उपचारबाट वञ्चित… पुरा पढौ

अक्सिजनको अभावमा पोखरामा एकैसाथ छ जनाको निधन हुनु दुःखद : कांग्रेस

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित छ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको जनाएको छ । साथै कांग्रेसले समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाम उपचाररत बिरामीको ठूलो सङ्ख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि गरेको र सरकार कहाँ छ भन्ने प्रश्नसमेत सिर्जना गरेको आरोप लगाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत जनताको मृत्यु यसरी कहालीलाग्दो ढङ्गले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा… पुरा पढौ

निर्वाचनपछि जनतामा देखिएको क्षणिक निराशाको अन्त्य हुनेछ : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाले वर्तमान सरकारलाई विश्वासको मत र वैकल्पिक सरकार दिन नसकेपछि संवैधानिक प्रक्रियाबमोजिम मध्यावधि निर्वाचनको मिति घोषणा भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट ल्याइनु अघिल्लो दिन आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले कि त यही सरकारलाई विश्वासको मत दिन कि त वैकल्पिक सरकार बनाउन प्रस्ताव गरेको तर प्रतिनिधिसभा अकर्मण्य भई परिणाम दिन नसकेको जनाएका हुन् । गत वैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएपछि संविधानको धारा ७६… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा ‘हेर्दाहेर्दै’ मा, आइतबार सुनुवाइ

काठमाण्डौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ आजदेखि शुरु भएको छ । संवैधानिक इजलासमा शुरु भएको सुनुवाइ समयाभावका कारण ‘हेर्दाहेर्दै’ मा आइतबारका लागि राखिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास आज गठन गरी बहस शुरु भएको थियो । सुनुवाइका क्रममा महान्यायाधिवक्ता रमेश बडालले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई कानूनी सल्लाह दिने अधिवक्ताहरुले विपक्षी बनाएर बहस गर्न नमिल्ने तर्क राखे । “यो वकिलको आचारसंहिताभन्दा बाहिर भयो”, उनले भने,… पुरा पढौ

अक्सिजन अभावमा मृत्यु भएकोमा सांसद बरालको गम्भिर ध्यानआकर्षण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा अक्सिजनको अभावनमा सुत्केरी सहित ७ जनाको मृत्यु भएको घटना प्रति गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले गम्भिर ध्यानआकर्षण गराएका छन्। मानव स्वाथ्यको लागि अति आवश्यक पर्ने अक्सिजन उपयुक्त ढंगले प्रतिष्ठानले व्यबस्थापन गर्न नसक्दा एकै रातमा सुत्केरी सहित ७ जना बिरामीको मुत्यु भएको घटना प्रति आफ्नो गम्भिर ध्यानआकर्षण भएको सांसद बरालले ध्यानआकर्षण भएको जनाएका छन्। सामुदायिक अस्पतालमा व्यबस्थापनको कमजोरीका कारण उक्त घटना भएकोमा दुःख समेत व्यक्त गर्दै सांसद बरालले आगामी दिनमा… पुरा पढौ

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उनले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने छ । संवैधानिक व्यवस्थानुुसार सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउँदै छ । (रासस) पुरा पढौ

आजदेखि ३० वटै मुद्दाको सुनुवाई संवैधानिक इजलासमा

संसद् विघटनसम्बद्ध परेको सबै ३० वटै रिटको सुनुवाई आज (शुक्रबार)देखि संवैधानिक इजलासमा हुँदैछ। संसद विघटनविरुद्ध परेका १९ वटा रिटलाई सुनुवाइका लागि संवैधानिक इजलासमा पठाइएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संसद विघटनसम्बद्ध रिटहरुको अन्तरिम आदेश दिन अश्वीकार गर्दै ति सबै मुद्दाहरुलाई सुनुवाइका लागि संवैधानिक इलासमा पठाउने आदेश दिएका हुन्। बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन्। अब ती सबै ३० वटा मुद्दाको… पुरा पढौ

सभापति देउवाद्वारा कोभिड रोकथाममा केन्द्रित हुन आग्रह

काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड–१९ को महामारी भयाावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न माग गरेका छन् । साथै उनले निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न समेत सरकारसँग आग्रह गरे । उनले आज वक्तव्यमार्फत कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको उल्लेख गर्दै यही जेठ ६ गते पनि आफ्नै नेतृत्वमा कोभिड–१९ को… पुरा पढौ