गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन् । नोभल कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोप भण्डारण गृहको शिलान्यास कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले एउटै पार्टी भएरपनि दुईतर्फ फर्किएको नेकपालाई मिलाउन फेरि एकपटक प्रयास भइरहेको बताएका हुन् । संवैधानिक र कानूनी हिसाबले विभाजित नभएपनि मनले विभाजित भइसकेको नेकपालाई एकजुट बनाउन हामी लागिरहेका छौं,उनले भने,‘संवैधानिक र कानूनी रुपमा विभाजित भइनसकेको पार्टीलाई फेरि एक ठाउँमा जुटाउन सकिन्छ कि…
पुरा पढौ