राजनीति

सांसदबाट पदमुक्त कृष्ण थापाको प्रतिक्रिया : इतिहासमा अनौठो मजाक भयो

पोखरा । गण्डकी प्रदेशको सांसद पदबाट हटाइएका कृष्ण थापाले आफुलाई हटाउनु इतिहासमा अनौठो मजाक भएको बताएका छन् । संसद र पार्टीबाट निस्कासित भएपछि सामािजक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले कांग्रेसको सरकार बनाउन सहयोग नगर्दा पार्टीले कारबाही गरेको प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘आहा आहा हामी कम्युनिस्ट । जीवनमा धेरै हारको सामना गरियो, ५ दलीय गठबन्धनको आक्रमणको हारले पनि कुनै तात्विक अन्तर पार्ने छैन । यो हार अलि रमाइलो प्रकारको पनि भयो । कांग्रेसको सरकार नबनाउदा आफनो सांसद खारेज… पुरा पढौ

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त भएका छन् । थापालाई दलबाट निष्कासन गरेको पत्र जनमोर्चाले बिहीबार (आज) प्रदेशसभा सचिवालयमा गराएको थियो । सोही पत्रबमोजिम सभामुख नेत्रनाथ अधिकारीले आज सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिए । यो संगै थापाको प्रदेशसभा सदस्य पद रिक्त रहेको सभामुखले बताए । गण्डकी प्रदेशको सरकार परिवर्तन गर्न जनमोर्चाले गरेको निर्णय सांसद थापाले मानेका थिएनन् । चालु बजेट अधिवेशनमा बोल्दै सांसद थापाले काँग्रेस नेतृत्वको सरकार बनाउन आफूले… पुरा पढौ

सभापति देउवाद्वारा तराईलाई मरुभूमि बनाउने नीति फिर्ता गर्न माग

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले बजेट वक्तव्यमार्फत चुरे दोहनलाई मार्गप्रशस्त गर्न लिएको नीतिलाई आफ्नो पार्टीले गम्भीर रूपमा लिएको जनाएका छन् । उनले आज एक वक्तव्यमार्फत विगतमा चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन् गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएको उल्लेख गरेका छन् । उनले विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गर्नु सामान्य गल्ती मात्र नभई प्रकृतिविरुद्धको अपराध र तराई–मधेसलाई भविष्यमा… पुरा पढौ

कास्केली सांसद गुरुङले के बोले ? जुन रेकर्डबाट हटाइयो !

गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले प्रदेश सभामा बोलेको केहि अंश रेकर्डबाट हटाइएको छ । गण्डकी प्रदेश सभामा प्रस्तुत गरिएको बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै प्रदेश सभा सदस्य मनबहादुर गुरुङले विशेष अधिवेशनका बेला गत बैशाख १५ गते अविश्वासको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची बनाउने कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताएका थिए । बोल्ने क्रममै सभामुख नेत्रनाथ अधिकारीले सांसद गुरुङलाई सचेत गराएका थिए । यद्वपी उनले सो धारणा व्यक्त गरिसकेका कारण सो भाषणको अंशलाई सभामुख… पुरा पढौ

सांसद गौतम र खिमविक्रमको प्रश्न : प्रदेश संसद विघटन गर्ने नियतले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नराखिएको हो ?

गण्डकी प्रदेश सांसदहरुले संघमा जस्तै प्रदेश सभापनि विघटन गर्न खोजेको हो भनेर प्रश्न गरेका छन् । गण्डकी प्रदेश सभामा प्रस्तुत बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै बिपक्षी गठबन्धनमा आबद्ध दलका सांसदहरुले संघ सरकारले संसद विघटन गरेजस्तै प्रदेश संसदपनि विघटन गर्न खोजिएको हो ? भनेर प्रश्न गरेका हुन् । प्रदेश सभा बैठकमा बोल्दै कांग्रेस सांसद ओमकला गौतम र जनमोर्चाका सांसद खिमविक्रम शाहीले यस्तो प्रश्न यस्तो प्रश्न गरेका हुन् । संघ सरकारलेजस्तै प्रदेश सरकारलेपनि निर्वाचन क्षेत्र, पूर्वाधार विकास कार्यक्रम नराखेकाले… पुरा पढौ

नेपाली राजनीतिमा ठूलो क्षति पुगेको छ : देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेका हुन् । युवा राजनीतिकर्मी थापाको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ पार्टी र आफ्ना व्यक्तिगत तर्फबाट शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उदीयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको सभापति देउवाले जनाएका छन् । पुरा पढौ

थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छ : एमाले

काठमाण्डौं । कपा (एमाले)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वलबहादुर थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उनले नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र दृष्टिकोणसहित उदाउँदै गरेको एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको जनाइएको छ । एक असल राजनीतिक मित्र गुमाएको जनाउँदै एमालेले उहाँप्रति श्रद्धाञ्जलिका साथ परिवाजन र पार्टीप्रति समवेदना व्यक्त गरेको छ । पुरा पढौ

विवेकशील साझा पार्टीका नेता थापाको निधन

काठमाण्डौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ । कोरोना सङ्क्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि आज अपरान्ह ४ : २५ मा निधन भएको हो । उनको परिवार एवं शुभेच्छुकका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ “ थापाले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरूस नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेप, युवालाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई… पुरा पढौ

प्रधानमन्त्री ओली नव सामन्तको नाइके

गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले वर्तमान सरकारको नेतृत्वकर्ता नव सामन्तको नाईके भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ईंगित गर्दै माओवादी केन्द्रका नेतासमेत रहेका उनले भने,‘देश अहिले ध्रुविकरणमा गएको छ, एकातिर एउटा ध्रुव संविधान, लोकतन्त्रण, गणतन्त्र, संघीयता रक्षा गर्न तल्लिन देखिन्छ । अर्कोतिर अर्को ध्रुव यो संविधानलाई धुजा धुजा पार्ने, संविधानका पानाहरु च्यात्ने, त्यतिमात्र होइन म नभई पृथ्वी नै घुम्दैन भन्ने प्रवृत्ति नव सामन्तको नाइके बन्ने ।’ उनले नव सामन्तवादको नाईकेले संवैधानिक अंगलाई कब्जा गर्ने र सेटिङमा… पुरा पढौ

कास्की काँग्रेसले ‘वीपी विपत् कोष’ निर्माण गर्ने

कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कास्की काँग्रेसले वीपी विपत् कोष निर्माण गर्ने भएको छ । विभिन्न आठ चरणमा गरिएको छलफलपछि प्राप्त सुझावका आधारमा कोष निर्माण गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले कोष निर्माण गर्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । पार्टीका सबै क्रियाशील र शुभेच्छुकसँगबाट स्वेच्छिक आर्थिक सहयोग संकलन गरी कोष निर्माण गरिने छ । कोष निर्माणको अभियानमा पार्टीका नेता तथा कार्यकर्ता, क्रियाशील… पुरा पढौ