राजनीति

ओलीलाई गिरफ्तार गर्ने प्रयास भएमा त्यसको कडा प्रतिवाद गर्ने एमाले नेता अधिकारीको चेतावनी

नेकपा एमालेका नेता खगराज अधिकारीले पार्टी अध्यक्ष केपी ओलीलाई गिरफ्तार गर्ने प्रयास भएमा एमाले कार्यकर्ताहरूले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी पनि दिएका छन् । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीेले आज आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले केपी ओलीलाई गिरफ्तार गर्‍यो भने कास्कीले सबभन्दा ठूलो जुलुश निकाल्ने र कास्कीले जिम्मा लिने दावी गरे ।उनले भने, ‘भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो, गोविन्द गौतमले रगत बगाएको ठाउँ हो । धेरै शहीदहरुले हाम्रा झपेन्द्र कार्की, ऋषि परियारहरुले… पुरा पढौ

पोखराको लिचीबारी प्रकरणको मुद्दा विशेष अदालतमा

पोखराको वडा नं. १६ मा रहेको लिचीबारी जग्गा प्रकरण सम्बन्धी मुद्दा विशेष अदालतमा पुगेकोे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दाको फाइल दिउँसो विशेष अदालत पु¥याएको थियोे । पोखराको लिचीबारी प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायत मुछिएका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकार र एमाले नेताहरुको ठाडो हस्तक्षेपमा आयोगले असारमा सार्वजनिक भएको घुस प्रकरणमा मुछिएका तीन मन्त्रीहरुको सक्दो संरक्षण गरेको चर्चाका बिच अख्तियारसम्वद्ध स्रोतका अनुसार, फाइल… पुरा पढौ

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताए । राष्ट्रिय समाचार समितिको भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे । निर्वाचन गर्ने सन्दर्भमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीबाट प्रतिबद्धता आइसकेको स्पष्ट पार्दै निर्वाचनको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भुमिका हुने सञ्चार जगतबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे… पुरा पढौ

निर्वाचन आयोगले असोज ३० गते दलहरूसँग छलफल गर्ने

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक दलसँग छलफलको तयारी गरेको छ । राजनीतिक दलहरूसँग संवादबिनै चुनावी तालिका सार्वजनिक गरिएको भन्दै आलोचना भइरहेका बेला आयोग छलफलको तयारीमा जुटेको हो । यसअघि गत भदौ २३ गते दलसँग आयोगले छलफल गर्ने तयारी गरेकोमा जेनजीको आन्दोलनले प्रभावित भएपछि केही ढिला भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले आयोगले अब जतिसक्दो चाडै राजनीतिक दलसँग छलफल गर्ने तयारी गरिएको बताए । आयोग उच्च स्रोतका अनुसार भने आयोगले यही असोज ३० गते दिउँसो साढे ११… पुरा पढौ

पार्टी पुर्नःगठन गर्ने काममा ढिलाइ नगर्न एमाले, माओवादी केन्द्र र समाजवादीका युवा नेताहरुको आग्रह

प्रमुख तीन दलका युवा नेताहरुले पार्टी पुर्नःगठन गर्ने काममा ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो–तेस्रो तहका नेताहरूलाई आग्रह गरेका छन्। जेनजी आन्दोलनलाई समर्थन गर्दै एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा नेताहरुले राजनीतिलाई नै असफल बनाइ रहेका पार्टीका मुख्य नेताहरुलाई पदमा राखेर अघि बढ्न नसकिने स्पष्ट पार्दै, दोस्रो तथा तेस्रो तहका नेताहरु अघि सर्नुपर्नेमा जोड दिएका हुन् । एमाले केन्द्रीय सदस्यद्वय उषाकिरण तिम्सिना, अरविन्द सिंहसहित २८ जना युवा नेताहरुले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल… पुरा पढौ

कांग्रेस नेता शेखर कोईरालासँग महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको भेट,मंसिरमै महाधिवेशन गर्नुपर्नेमा जोड

नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनका लागि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले सक्रियता बढाएका छन् । जेनजी आन्दोलनपछि राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको बहस चर्किँदै गईरहेको बेला नेपाली कांग्रेस भित्र पनि बहस चलेको हो । यसका लागि महामन्त्री गगन थापाले सोमबार र अर्का महामन्त्री शर्माले कांग्रेस नेता शेखर कोईरालासँग छलफल गरेका छन् ।‘सोमबार महामन्त्री थापा र शेखर दाइबीच कुरा भएको थियो। महामन्त्रीले सभापतिलाई जसरी पनि यसपटक हटाएर पार्टी रिफर्म गरौँ भन्नुभयो,’ छलफलमा रहेका शेखरनिकट एक नेताले भने, ‘शेखर दाइले पनि एक… पुरा पढौ

अख्तियार प्रमुख राईको राजीनामा माग्दै जेनजी युवाको प्रदर्शन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै जेनजी युवाहरुले प्रदर्शन गरेका छन्। टंगालमा रहेको आयोगको केन्द्रीय कार्यालय अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् ।‘जेनजी मुभमेन्ट अलायन्स’ले आयोगका प्रमुख आयुक्त राई सहितका आयुक्तको राजीनामा माग गर्दै निवेदन दर्ता समेत गराएको छ ।अलायन्सले मंगलबार बिहान अख्तियारमै पुगेर निवेदन दर्ता गराएको हो।अलायन्सले राईसहित सबै आयुक्तहरूले समेत तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। अख्तियार प्रमुख राईलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने भन्दै मंगलबार जेनजी समूहले टंगाल स्थित अख्तियार मुख्यालय घेर्न लागे पछि… पुरा पढौ

फागुन २१ को चुनावमा सक्रिय रुपमा भाग लिने माओवादी केन्द्रका संयोजक प्रचण्डको उद्घोष

आगामी फागुन २१ मा हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रले सक्रिय सहभागिता जनाउने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गर्दै विभिन्न कम्युनिष्ट घटकसँग एकताको प्रयास जारी राख्ने जनाएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागि हुने बताएका हुन् । उनले आफ्नो पार्टी घोषित मितिमा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।‘घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने… पुरा पढौ

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाउने तयारी

नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन अगावै विशेष महाधिवेशन हुनुपर्ने माग चर्को रुपमा उठेको छ । कांग्रेसका केही नेताले केन्द्रीय समिति बैठकअघि नै विशेष महाधिवेशन आह्वानको माग गर्दै हस्ताक्षर पेश गर्ने तयारी समेत गरेका छन्। सभापति शेरबहादुर देउवाले यही असोज २६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टी विधानअनुसार विशेष महाधिवेशनका लागि दुई विधि छन् ।केन्द्रीय समिति बैठकले आवश्यक ठानेर विशेष महाधिवेशन बोलाउन सक्न पहिलोे र ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई हस्ताक्षरसहित लिखित माग गरेमा विशेष महाधिवेशन बोलाउन… पुरा पढौ

विध्वंशकारी घटनामा संलग्न दोषीलाई कारवाही गर्न एमाले कास्कीको माग

नेकपा एमाले कास्कीले जेन जी आन्दोलनका क्रममा भदौं २४ गते भएको विध्वंशकारी घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेको छ । एमालेले मंगलबार विज्ञप्ती जारी गरी गृह मन्त्रालयले आन्दोलनमा संलग्नलाई कारवाही नगर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको भन्दै,कानुन विपरितको कार्य नगर्न ध्यानाकर्षण गराएको छ । घटनामा संलग्नलाई कारवाही नभएमा दोषिले उन्मुक्ति पाउँने र समाजमा विघंशकारीको मनोबल बढ्ने तर्फ सचेत गराउँदै त्यस तर्फ पनि सचेत गरााएको छ । जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले जारी गर्नुभएको विज्ञप्तीमा जेन जी आन्दोलन घटना जाँचबुझ… पुरा पढौ