राजनीति

युवा संघको महाधिवेशन शुक्रबारदेखि पोखरामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

पोखरा । नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हु“दैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्नुहुने कार्यक्रम छ । उहाँ बिहान ११ः३० बजे पोखरा आउनुहुने तयारी छ ।प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा आइसकेका… पुरा पढौ

माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान: प्रचण्ड नेतृत्वको टोलीलाई जेठ ९ गते नयापुलमा स्वागत गरिने, १० गते पोखरामा जनसभा

जेठ २ गतेदेखि शुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको टोली यहि जेठ ९ गते कास्की प्रवेश गर्ने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सो टोली जेठ ९ गते अपराह्न कास्की प्रवेश गर्ने भएको हो । सो टोलीलाई कास्की पार्टीले नया पुलमा स्वागत गर्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले जानकारी दिए । स्वागतलगत्तै अध्यक्ष प्रचण्डलाई ढिकुरपोखरीमा रहेको प्राविधिक शिक्षालयको अनुगमन गराईने उनले बताए । प्रचण्डको जन्मथलोमा निर्माण गरिएको… पुरा पढौ

कांग्रेस र एमाले माओवादीलाई देखाएर एकले अर्कोलाई तसाईरहेका छन् : पुन

पोखरा, जेठ ६ नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले कांग्रेस र एमाले दुबैले माओवादीलाई देखाएर एकले अर्कोलाई तर्साईरहेको टिप्पणी गरेका छन् । प्रेस सेन्टर कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘कांग्रेसलाई तर्साउनु प¥यो भने एमालेले माओवादी नेताहरुसँग कुराकानी भएको छ भनेर प्रचार गर्छन्, एमालेलाई तर्साउनु प¥यो भने कांग्रेसले माओवादी नेताहरुसँग कुरा कुरा भएको छ भनेर प्रचार गर्छन् ।’ तर माओवादी पार्टी सरकारको खेलमा नभएको उनले स्पष्ट पारे । उपमहासचिव पुनले सरकार माओवादीको कारण… पुरा पढौ

गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि

पोखरा, जेठ ४ गण्डकी प्रदेशको बजेट (बर्खे) अधिवेशन जेठ ११ गतेदेखि सुरु हुने भएको छ । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ ११ गतेदेखि सुरु हुनेगरी आइतबार बजेट अधिवेशन आह्वान गरेका हुन् । गण्डकी प्रदेश सरकारको गत मंगलबार बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय अनुसार गण्डकी प्रदेश सरकारले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख भट्टले जेठ ११ गते दिउँसो २ बजेदेखि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता तथा उप–सचिव रामेश्वर अर्यालले जारी गरेको सूचनामा उल्लेख छ । प्रवक्ता अर्यालले… पुरा पढौ

नेता र नेतृत्व स्वार्थमा लिप्त भएर जनता लुटिरहेका छन् : अन्नपूर्ण गा.पा.अध्यक्ष केसी

पोखरा, जेठ ३ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले नेता र नेतृत्व स्वार्थमा लिप्त रहेको गम्भीर टिप्पणी गरेका छन् । मानव सेवा आश्रमले शनिबार पोखरामा आयोजना गरेको सडक मानव व्यवस्थापन तथा उद्दार र राहतका लागि सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले नेता र नेतृत्व स्वार्थमा लिप्त रहेर जनता लुटिरहेको गम्भीर आरोप लगाएका हुन् । नेता र नेतृत्व स्वार्थमा लिप्त छन्,उनले भने,‘उनीहरुले आफ्नो स्वार्थबाहेक केहिपनि देखेका छैनन् । अनि जनता लुटिरहेका छन् । उनले यसबारे समीक्षा गर्न जरुरी रहेको बताए । हामीले समाजवाद… पुरा पढौ

वाईसिएल धेरै प्रचण्ड जन्माउने संगठन बन्नुपर्छ : अधिकारी

सन्देश श्रेष्ठपोखरा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारीले योङ कम्युनिष्ट लिग (वाईसिएल) धेरै प्रचण्ड जन्माउने संगठन बन्नुपर्ने बताएका छन् । वाईसिएल गण्डकीको प्रथम सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उनले भने,‘वाईसिएल पार्टीको जनवर्गिय संगठन मात्र होईन, यो त पार्टीका उत्तराधिकारी संगठन हो, सहायक संगठन हो, त्यसैले यो संगठन धेरै प्रचण्डहरु जन्माउने संगठन बन्नुपर्छ ।’ यस संगठनले क्रान्तिकारीहरुलाई आकर्षित गर्न सक्ने हुनुपर्नेमा उनले जोड दिए । उनले वाईसिएलले पार्टीलाई च्यालेन्ज गरेर अघि बढ्ने दृढता देखाउनुपर्ने उल्लेख गरे । वाईसिएल नेपालका फ्रयाक्सन… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्तीमा चलखेल : आफ्नो मान्छे नियुक्त गर्न मुख्यमन्त्रीले गरे जालझेल !

पोखरा, जेठ १ गण्डकी प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्तीमा शुरुदेखि नै चलखेल भएको छ । प्रतिष्ठानमा दोस्रो कार्यकालका लागि पदाधिकारी नियुक्त गर्नका लागि सूचना प्रकाशित भएदेखि नै चलखेल शुरु भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू अनुकुल मान्छे ल्याउन पदाधिकारीका लागि कार्यविधि बनाउन लगाएर आवश्यक मापदण्ड नै परिवर्तन गर्न लगाएको सूचना चुहिएको छ । यसअघिको सरकारले ऐनमा टेकेर पदाधिकारी तथा प्राज्ञ सभा सदस्य नियुक्त गरेको थियो । यसपटक त्यसरी गर्दा आफूले चाहेको व्यक्ति नआउने देखेपछि मुख्यमन्त्री पाण्डेले चलखेल गरेर… पुरा पढौ

बुद्धका प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छः गण्डकी प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५६९ औँ बुद्ध जन्मजयन्ती र किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गेरेका छन । सोमबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले नेपाली धर्तीमा जन्म लिनुभएका महान् पुरुष गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको उल्लेख गरे । ‘विश्वमाझ देखिएका विभिन्न युद्ध, हिंसा, घृणा, दमनका रूपहरूको निरूपणमा बुद्धको सन्देश अति सान्दर्भिक रहेको छ । बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ ।’ उनले भने ।… पुरा पढौ

भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा – मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताए ।प्रजातान्त्रिक विचार समाज कास्कीको १० औं अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनका बारेमा आयोजित गोष्ठीलाई आज पोखरामा उद्घाटन गर्दै उनले त्यस्तो कुरामा जोड दिए । संस्थागत रुपमा मौलाएको भ्रष्टाचारलाई सुन्य सहनशीलतामा पु¥याउन कठिन भएपनि न्यूनीकरण गर्न सकिने बताउँदै उनले गण्डकी प्रदेश भित्र सुशासन र भ्रष्टाचार निरुत्साहित गर्न आफूले सक्रिय भूमिका खेल्दै आएको बताए । समाजमा हुने विकृति हटाउन र नेपाली जनतालाई सुशासन दिन प्रदेश सरकार प्रयत्नशील रहेको… पुरा पढौ

जनप्रतिनिधिसँग कास्की काँग्रेस

पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा कस्तो बनाउने भन्ने विषयमा विभिन्न क्षेत्रसँग छलफल गरी सुझाव संकलन जारी राखेको छ । तीन तहका सरकार नयाँ आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तयारीमा जुटिरहेका बेला पोखराको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक लबिङ गर्न छलफल गरी सुझाव संकलन गरिरहेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए। शनिवार पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुसँग सुझाव संकलन गरिएको हो । शहर र गाउँको आवश्यकता बारे जनप्रतिनिधिहरुले सुझाव दिएका थिए । यसअघि कास्की काँग्रेसले वडा… पुरा पढौ