राजनीति

सर्वपक्षीय, तटस्थ र विश्वासिलो जाँचबुझ आयोग गठन गर्न अनेरास्ववियु गण्डकीको माग

गत भाद्र २३ र २४ मा भएको‘जेन–जी’आन्दोलनपछि देशमा जारी घटनाक्रमप्रति अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आन्दोलन सकिएर नयाँ सरकार गठन भएको दुई साता पछि संगठनले विज्ञप्ती जारी गरी नेपाली जनताको लामो संघर्षबाट स्थापित लोकतान्त्रिक अधिकार, आन्तरिक शान्ति र राष्ट्रिय सार्वभौमसत्तामाथि हाल भइरहेको असंवैधानिक तथा चिन्ताजनक गतिविधिलाई मध्यनजर गर्दै लोकतान्त्रिक अभ्यासका मूलभूत अधिकारहरुलाई कुठाराघात गर्न नसकिँने स्पष्ट पारेको छ ।गण्डकी प्रदेश कमिटीका संयोजक सुशन घिमिरेले जारी गर्नुभएको विज्ञप्तीमा आन्दोलन पश्चात संसद् विघटन गरेर गठन गरिएको वर्तमान सरकारलाई… पुरा पढौ

आगामी निर्वाचनले मुलुकमा स्थायित्व प्रदान गर्छ–उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले आगामी निर्वाचन मुलुकलाई स्थायित्व प्रदान गरी र संवैधानिक बाटोमा अघि बढाउने अवसरका रूपमा आएको बताउनुभएको छ । बडादसैँ २०८२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने नेपालीलाई शुभकामना दिने क्रममा उपसभामुख रानाले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सबैसँग अनुरोध गर्नुभयो । “निर्वाचनमार्फत जनताको अधिकार प्रत्याभूत गर्ने, लोकतन्त्रलाई सबल बनाउने र जनप्रतिनिधिहरूमार्फत मुलुकको नीतिनिर्माण गर्ने कुरालाई संस्थागत गरिन्छ, आसन्न निर्वाचनलाई सफल बनाउन सम्बद्ध सबै पक्षको सक्रिय सहभागितासहित सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु,” शुभकामना सन्देशमा उल्लेख… पुरा पढौ

गण्डकीका मुख्यमन्त्रीको निवासमा गएराती पनि आगजनी, आखिर कसले गर्यो आगजनी ?

सन्देश श्रेष्ठपोखरा, असोज १२ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा गएराती आगजनी भएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीपश्चात भग्नावशेषमा परिणत भएको पोखरा राष्ट्रबैंक चोकस्थित मुख्यमन्त्री पाण्डेको नीजि निवास परिसरमा बाँकी रहेको एउटा कोठामा गएराती एउटा समूहले आगजनी गरेको हो । अज्ञात समूहले ताला लगाएको गेट माथिबाट प्रवेश गरेर आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनी गर्ने समूह को हो भन्ने खुलेको छैन भने कसैले जिम्मेवारी पनि लिएको छैन । प्रहरीले भने यसको अनुसन्धान गरिरहेको… पुरा पढौ

सुशीला सरकारलाई ओलीले दिए हाहुको सरकारको संज्ञा, भनेः म विदेश भाग्दिन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई हाहु सरकारको संज्ञा दिएका छन् । जेनजी आन्दोलनको बलमा भएको सत्ता परिवर्तन पछि सुशीला कार्की प्रधानमन्त्री बनेकी छिन् । सो सरकारले अघिल्लो सरकारमा रहेका शीर्ष नेताहरु तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतका नेताहरुको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ । शनिबार ओलीको नया निवास भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका निवर्तमान प्रधानमन्त्री ओलीले आफू लगायतका नेताहरुको पासपोर्ट रोक्का गर्ने सरकारी तयारीप्रति आपत्ति जनाए । सुशील… पुरा पढौ

प्रधानमन्त्री कार्कीले आज रास्ट्रको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। प्रधानमन्त्रीकाे सम्बाेधन अगाडि आज ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएकाे छ । जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीकाे याे पहिलाे राष्ट्रका नाममा सम्बोधन हाे। गत भदौ २७ गते पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी हुन्। पुरा पढौ

निर्वाचनका लागि मतदाता नामावली संकलन गर्ने बाटो खुल्ला

पोखरा, असोज ८ आगामी निर्वाचनका लागि मतदाता नामावली संकलनको बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको हो । अब निर्वाचनल आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि मतदाता नामावली संकलन गर्न सक्नेछ । जसमा यसअघि मतदाता नामावलीमा छुटेका वा दर्ता नभएकाहरुले आफ्नो नाम दर्ता गराउन सक्नेछन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरुको नामावली संकलनको लागि बाटो खुलेको बताए… पुरा पढौ

सत्ताच्यूत पछि पहिलो पटक प्रकट भए ओली

काठमाडौं, असोज ७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार प्रकट भएका छन् । जेनजी आन्दोलनका कारण सत्ताच्यूत भएपछि ओली पहिलो पटक आज प्रकट भएका हुन् । सत्ताच्यूत भएसँगै उनलाई सुरक्षाका लागि नेपाली सेनाले ब्यारेकमा लगेर राखेको थियो । आन्दोलन शान्त भएको दश दिनपछि भक्तपुरको गुन्डुस्थित निवासमा डेरा सरेका उनी आज नेता कार्यकर्तासहित सार्वजनिक भएको भिडियो नेकपा एमालेका स्थायी कमिटी सदस्य महेश बस्नेतले सामाजिक सञ्जाल फेसवुकमा अपलोड गरेका छन् । ओलीलाई भेट्न आज उनको नयाँ निवासमा नेता कार्यकर्ता भेटघाटका लागि… पुरा पढौ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय… पुरा पढौ

जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन गण्डकी सरकारमो आग्रह

सन्देश श्रेष्ठपोखरा, असोज ४ गण्डकी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको छानविन गर्न संघ सरकारसँग आग्रह गरेको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्री परिषद बैठकले आन्दोलनका क्रममा सार्वजनिक तथा नीजि भवन, राजनीतिक दलहरुको कार्यालयमा भएको तोडफोड र आगजनीको निन्दा गर्दै त्यसको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले जानकारी दिए । उनले भने,‘जेनजी आन्दोलनका नाममा जे जति तोडफोड र आगजनी भए, त्यसको छानविन गरिनुपर्छ… पुरा पढौ

कार्यक्रम, सेमिनार, भ्रमण र तालिमको खर्च पुर्ननिर्माणमा लगाउने गण्डकी सरकारको निर्णय

सन्देश श्रेष्ठपोखरा, असोज ४ गण्डकी प्रदेश सरकारले आफू र आफू मातहतका कार्यालयहरुले गर्ने तालुख कार्यक्रम, सेमिनार, भ्रमण र तालिम खर्च पुर्ननिर्माणमा लगाउने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार बसेको बैठकले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिम स्थगित गरेर सो बापतको खर्च पुर्ननिर्माण र मर्मतसम्भारमा लगाउने निर्णय गरेको हो । कार्यक्रम गर्नै पर्ने भए होटल तथा रिसोर्टमा नभई मन्त्रालयकै हलमा गर्न निर्देशन दिइएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका… पुरा पढौ