राजनीति

सीआईबीको हिरासतमा रहे पनि महरामाथि अख्तियारको अनुसन्धान नरोकिने

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान नरोकिने भएको छ । सीआईबीले पुनः पक्राउ गरी सुन तस्करी प्रकरणमा अनुसन्धान अघि बढाए पनि अख्तियारले महरामाथि चलाउन लागेको मुद्दाको प्रक्रिया भने नरोकिने स्रोतले बताएको छ । ‘सीआईबीले भन्सार छली र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न लागेको हो,’अख्तियार स्रोतले भन्योे, ‘यताबाट भ्रष्टाचार मुद्दा चल्ने हो। सार्वजनिक पदाधिकारी भएर तस्करीको सुन छुटाउन पदीय हैसियतको दुरुपयोग गरेको देखिन्छ।’ अनुसन्धानको प्रक्रिया अन्तिम चरणमा… पुरा पढौ

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि प्रदेशसभाको कामकारबाही झण्डै डेढ महिनादेखि प्रभावित भएको छ । पछिल्लोपटक गत भदौ १६ गते प्रदेशसभा बैठक बसेको थियो । त्यसयता दुईपटकसम्म बैठक डाकिएकामा अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बैठक कहिले बस्छ भन्ने अझै टुङ्गो छैन । भदौ २५ गतेलाई बोलाइएको बैठक त्यसको अघिल्लो दिन भदौ २४ मा ‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेपछि बैठक बस्न सकेको थिएन । ‘जेनजी’ आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण अनश्चितकालसम्मका लागि स्थगित गरिएको… पुरा पढौ

पूर्वसभामुख कृष्णबहादुर महरा काठमाडौंमा पक्राउ

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विद्युतीय चुरोट भेप मार्फत सुन तस्करी गरेको आरोपमा महरालाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेको छ । महरालाई केही दिनअघि भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो ।महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको हो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र… पुरा पढौ

हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छः मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चरमन्त्री खरेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘म्याण्डेट’ रहेकाले सोहीअनुसार निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे । सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको मितिमा व्यापक जनसहभागितासहित स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गबाट निर्वाचन गराउने हो भन्र्दै उनले निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण राजनीतिक पार्टीलगायत सम्बद्धपक्षसँग अनुरोध गरे । यसैगरी, मन्त्री… पुरा पढौ

कास्की काँग्रेसको भवन मर्मत सम्भारका लागि समिति

नेपाली काँग्रेस कास्कीको भवन मर्मत सम्भारका लागि समिति गठन गरिएको छ । नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटको संयोजकत्व भवन मर्मत सम्भार समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा पार्टीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देल, सदस्यमा कोषाध्यक्ष माइकल कर्माचार्य, सदस्यमा पार्टीका सदस्यहरु बाबुराम गिरी र बुद्विमान गुरुङ रहेका छन् ।कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा पदाधिकारीहरुको बैठकले समिति गठन गरेको हो । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते पोखरा चिप्लेढुङ्गा स्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयमा पनि आगजनी र… पुरा पढौ

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । शनिबार बिहान जेन–जी प्रतिनिधिसँग शीतलनिवासमा छलफल गर्दागर्दै अवस्थ भएपछि पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।आफुलाई असहज भएको महशुस भएपछि जेन जीसँगको छलफल दुई दिन पर सारेर अस्पताल गएका हुन् ।अहिले उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ। राष्ट्रपति कार्यालय स्रोतकाअनुसार उनको अवस्था स्थिर छ। पुरा पढौ

मन्त्रीको चर्चामा रहेकी टासी ल्हाजोमको नाममा जेनजी समुहभित्रै विवाद

मन्त्री बन्ने चर्चा गरिएकी टासी ल्हाजोमको नामलाई लिएर जेनजी समुहभित्रै विवाद बढेको छ । तेस्रोपटक विस्तार हुन लागेको मन्त्रिपरिषद्‍मा मन्त्री बन्ने चर्चा भएकी ल्हाजोम विवादमा तानिएकी छन् । सोमबारसम्म विस्तार गर्ने तयारी भएको मन्त्रिपरिषद्मा टासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने समाचार सार्वजनिक भएका थिए ।मन्त्री बन्ने सूचीमा उनको नाम आएपछि उनी विवादित बनेकी हुन् । जेनजीहरूले नै उनलाई स्वीकार्न नसकिने बताएका छन् । टासीलाई मन्त्रीमा नियुक्त गर्ने विषयमा विशेषगरी कर्णाली जेनजी समूहले नै आपत्ति जनाएको छ। जेनजीका तर्फबाट… पुरा पढौ

अध्यक्ष ओली बिरामी भएपछि एमालेको सचिवालय बैठक स्थगित,केन्द्रिय कमिटीको बैठक असोज २९ मा

नेकपा एमालेको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ। शुक्रबार भक्तपुरस्थित ओली निवासमा सुरु भएको सचिवालय बैठक दोस्रो दिन आज पनि जारी रहने तालिका थियो।तर अचानक अध्यक्ष केपी शर्मा ओली बिरामी भएको खबर आएपछि बैठकमा सहभागी हुन जाँदै गरेका नेताहरू बिच बाटैबाट फर्किएका छन्। एमाले सचिव पद्मा अर्यालले आजलाई सचिवालय बैठक स्थगन गरिएको जानकारी दिइन्। ‘अध्यक्ष बिरामी हुनु भो, अब बैठक भोलि आइतबार बिहान ११ बजे मात्र बस्छ’,उनले भनिन्।बैठकको पहिलो दिन राति अबेरसम्म खटेकाले ओली अस्वस्थ भएको बताइएको छ।… पुरा पढौ

पूर्वप्रधानमन्त्रीले मापदण्ड विपरीत राखेका सुरक्षाकर्मी फिर्ता,माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’को आक्रोश

पूर्वपदाधिकारीहरूले प्रयोग गर्दै आएका अतिरिक्त सुरक्षाकर्मीहरू शुक्रबार बिहानसम्म फिर्ता भइसकेका छन् । गृह मन्त्रालय श्रोतका अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलगायत सबै पूर्वपदाधिकारीहरूले लिर्दैै आएका अतिरिक्त सुरक्षाकर्मीहरू शुक्रबार बिहानसम्म फिर्ता भइसकेका हुन् । यसअघि सरकारले सुरक्षा चुनौतीलाई ख्याल गर्दै प्रचण्डलाई विशेष सुरक्षा दिइएको थियो । सरकारले पूर्वप्रधानमन्त्रीहरू सहितका पूर्वपदाधिकारीहरूले प्रयोग गर्दै आएका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको थियो। सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठकको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठकको आह्वान गरेका छन् । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई छलफलका लागि आह्वान गदैं आज दिउँसो ४ बजे सार्वदलीय बैठक बोलाएका हुन् । यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडैल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियो ।भेटमा संचार तथा सुचना प्रविधी मन्त्री जगदिश खरेल समेत सहभागी थिए । त्यस अवसरमा राष्ट्रपति पौडेलले चुनावका लागि राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका थिए भने… पुरा पढौ