समाज

स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण

स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ। कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा गरिएको वृक्षारोपणले स्वर्गीय गुरुङप्रतिको माया, सम्मान र सम्झनालाई प्रकृतिसँग जोडेको छ। उनको सम्झनामा रोपिएका बिरुवाहरू हुर्कंदै जाँदा उनीप्रतिको आत्मीयता र सम्झना पनि सधैँ ताजा रहिरहने विश्वास गरिएको छ। वृक्षारोपणका क्रममा अध्यक्ष गुरुङले वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै पछिल्लो समय बढ्दै गएका प्राकृतिक विपत्तिहरूको न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिए । उनले… पुरा पढौ

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुख्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी काम छिटो गर्न खोजिए पनि पहिरो नरोकिएकाले… पुरा पढौ

स्याङ्जामा स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज दिउँसो राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार ग२६प १३५० नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाउँदा सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । स्कुटरको पछाडि सवार मृतककी छोरी १६ वर्षीया गुञ्जन गुरुङ सकुसल छिन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरीको… पुरा पढौ

पौषको दोस्रो साता बाटुलेचौरमा विद्यार्थी केन्द्रीत खेल कार्यक्रम हुने

पोखराको बाटुलेचौरमा वृहद खेलकुद कार्यक्रम हुने भएको छ । भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चको आयोजनामा आगामी पौष ९ र १० गते कार्यक्रम गर्न लागिएको मञ्चले जनाएको छ । दुई दिनसम्म स्थानीय ऐतिहासिक खेल मैदानमा संचालन हुने खेल कार्यक्रममा कास्की जिल्ला स्तरीय अन्तर विद्यालय छात्र–छात्रा ५ कि.मी सडक दौड, छात्रा भलिबल प्रतियोगिता लगायतका कार्यक्रम संचालन गरिने मञ्चका अध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए । कार्यक्रमको तयारी स्वरुप अध्यक्ष बरुवालको संयोजकत्वमा मुल आयोजक समिति र बिभिन्न उपसमिति गठन गरिएको छ । छात्र–छात्रा सडक दौडका… पुरा पढौ

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ । दसैँको टीका तथा आशीर्वाद थापेर घरबाट फर्किने यात्रु र सवारीसाधनको सङ्ख्या बढेसँगै नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायतका सडकखण्डमा सवारीसाधनको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।सो कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको आवागमन सहज बनाउन तथा सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन गरिएको बताए । कार्यालयका प्रहरी प्रवक्ता नरेशराज… पुरा पढौ

कास्कीमा दशैंको टिकाको दिन ट्राफिक नियम उलंघन गर्ने ४० जना कारबाहीमा

सन्देश श्रेष्ठपोखरा, कात्तिक ५ नेपालीको महान चाँड बडादशैंको टिकाको दिन कास्कीमा ट्राफिक नियम उलंघन गर्ने ४० जना सवारी चालक कारबाहीमा परेका छन् । टिकाको दिन सवारी साधन पातलिएको अवस्थामा पनि ट्राफिक नियम पालना नगरी सवारी चलाउनेहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । त्यस्तै, यात्रुसँग बढी भाडा लिने दुईवटा सार्वजनिक सवारीसाधन र क्षमताभन्दा बढी यात्रु बोक्ने तीनवटा सवारीसाधनलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी तथा प्रहरी सहायक निरीक्षक… पुरा पढौ

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ । दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ । विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन् । यसका साथै… पुरा पढौ

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा. प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोशी… पुरा पढौ

छोरीको स्मृतिमा मानवसेवा आश्रमलाई ४५ हजार रुपैयाँ सहयोग

पोखराका समाजसेवी विष्णु प्रसाद बरालले आफ्नी छोरीको स्मृतिमा हेम्जास्थित मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । पोखरा महानगरपालिका–७, मासबार निवासी बरालले छोरी डा. निरुलता बरालको १३औँ दिनको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रम, हेम्जा शाखामा ४५ हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् । छोरीको स्मृतिमा आश्रममा आश्रित असहाय, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूका लागि बिहानको विशेष भोजन सेवा सञ्चालन गर्न उक्त रकम सहयोग गरेको बरालले बताए । दिवंगत छोरीको पुण्यस्मृतिलाई मानवसेवासँग जोड्दै गरिएको यस सहयोगले त्यहाँ आश्रित व्यक्तिहरूलाई भोजन सेवा उपलब्ध गराउन मद्दत… पुरा पढौ

बडादसैँको टीका आज पनि लगाइँदै

विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाए्र दसैँ मनाइँदैछ । आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ । बुधबार बडादसैँको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो । त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर बिजया दशमीको टीका थापिरहेका छन् । हिजो घरैमा टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौँ बाहिर रहेका आफन्त र मान्यजनकहाँ… पुरा पढौ