समाज

आज बडादशैंको मुख्य दिन : टिकाको शुभ साइत पूर्वाह्न १० : २६ बजे

पोखरा — नेपालीहरूको महान् पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमीमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ।विजयादशमीका दिन बिहानैदेखि घरघरमा पूजा आराधना गरी दुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ। परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनले आफूभन्दा सानालाई निधारमा रातो टीका र शिरमा जमरा लगाइदिँदै सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन् । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरे । शक्तिपीठको पूजाआराधना एवं दर्शनका क्रममा राष्ट्रपतिका साथमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिईन् । रासस पुरा पढौ

शिक्षासेवी ‘रुप सर’को अन्त्येष्टि

पोखराका अग्रज शिक्षासेवी रुप गुरुङको निधन भएको छ । पोखरा १६ दिप निवासी गुरुको ८१ वर्षको उमेरमा शुक्रबार साँझ ग्राण्डि हस्पिटल काठमाण्डौमा उपचारका क्रममा निधन भएको हो । लामोसमय पोखराको शैक्षिक क्षेत्रमा विताएका गुरुङको सोमबार धार्मिक परम्परा अनुसार शान्ति दीप घाटमा अन्त्येष्टि गरिएको छ ।अन्त्येष्टि अघि दिपस्थित निवासबाट शव यात्रा गरिएको थियो ।शव यात्रामा पोखराका शिक्षासेवी, बिभिन्न राजनितिक दलका नेता, सामाजिक संघ संस्थाका व्यक्ति तथा बाक्लो मात्रामा स्थानीयको उपस्थिती रहेको थियो । स्वर्गीय गुरुङ प्रति नेकपा एमालेका केन्द्रीय सदस्य रश्मी… पुरा पढौ

बाढीपहिरोबाट म्याग्दीको जलजलाका तीन सय घरपरिवार प्रभावित

पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको जानकारी दिए । “थप १४० घर जोखिममा रहेका विवरण सङ्कलन भएको छ”, उनले भने, “बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन,… पुरा पढौ

श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा– २०८३ सञ्चालन हुने भएको छ । मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज मुक्तिनाथ बाबा को सत्सङ्कल्पअनुसार आयोजना हुँदै आएको यस रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामसहित आमनेपालीलाई एक सूत्रमा जोड्ने जनाइएको छ ।‘यस धार्मिक रथयात्राले नेपालको मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देशविदेशसम्म पुर्‍याउँदै समग्र देशको धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै तीर्थस्थलको आपसी… पुरा पढौ

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको उक्त सुमो… पुरा पढौ

सिग्देल बन्धुहरुलाई जोड्ने प्रतिष्ठानको तयारी

सिग्देल बन्धु प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिले प्रदेशका बिभिन्न जिल्लामा छरिएर रहेका सिग्देल बन्धुलाई प्रतिष्ठानमा समाहित गर्ने भएको छ । प्रतिष्ठानको दुलेगौंडामा सम्पन्न दोस्रो पूर्ण बैठकले सबै बन्धुहरुलाई एकिकृत गर्ने गरी अभियान नै संचालन गर्ने निर्णय गरेको हो । प्रदेश समितिको स्थापना दिवस तथा साधारण सभा आगामी मंसीर ६ गते तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित अलैंचेमा गर्ने गरी तयारी सुरु गरिएको प्रतिष्ठानका उपाध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । उनका अनुसार सिग्देल बन्धुहरुको पहिचान समेट्ने गरी पुस्तक प्रकाशन गर्नुका साथै बार्षिक रुपमा क्यालेण्डर… पुरा पढौ

विन्ध्यवासिनीका पुर्व विद्यार्थीले देवेन्द्र–भगवान छात्रवृत्ति कोषलाई वृद्धि गर्ने

पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविबाट वि.सं. २०३८ सालको प्रवेशिका परीक्षामा संलग्न विद्यार्थीहरु संगठित भएका छन् । बडादशैंको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीहरुको उपस्थितीमा समन्वय समितिको प्रथम अधिवेशनले पुन रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको छ । समितिको उप संयोजकमा कर्णबहादुर गुरुङ , सचिबमा एकबहादुर थापा, सह सचिबमा दयाशंकर अधिकारी र कोषाध्यक्षमा महेश्वर प्रसाद गौतम चयन भए । त्यस्तै सदस्यहरूमा ई.झपटबहादुर थापा, दुर्गालाल श्रेष्ठ,हरिप्रसाद गौतम, मिरी गूरुङ मालती ,केशब प्रसाद आचार्य र चम्पकराज अधिकारी छन् ।सो समितिले… पुरा पढौ

कास्कीबाट निर्वाचित कांग्रेसका केन्द्रीय सदस्यलाई स्कूल अफ डेमोक्रेसीको सम्मान

शिशिर उजाडपोखरा कास्कीबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकालाई पोखरामा सम्मान गरिएको छ । पार्टी निकटको स्कूल अफ डेमोक्रेसी, कास्कीले शनिबार चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान एवं धन्यबाद ज्ञापन कार्यक्रमको आयोजना गरी काठमाण्डौंमा हालै सम्पन्न भएको १५ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य लक्ष्मी पाण्डे र युवा व्यवसायी किरण केसीलाई सम्मानसहित बधाई ज्ञापन गरेको हो । नवनिर्वाचित केन्द्रीय सदस्य पाण्डे र केसीलाई स्कूल अफ डेमोक्रेसीका अध्यक्ष सुवास सिग्देल, प्रदेश सभा सदस्य बिन्दुकुमार थापा, पार्टीका जिल्ला सभापति किशोरदत्त बरालले सम्मान गरे ।… पुरा पढौ

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ । विगतमा दसैँ नजिकिएसँगै रातो माटो र कमेरोले घर पोत्दा गाउँबस्ती नै रङ्गीन र चहलपहलपूर्ण देखिन्थेपरम्परागत शैलीमा घर पोत्ने चलन अहिले लगभग लोप भइसकेको छ । सिमेन्टले प्लास्टर गरिएका र आधुनिक रङ लगाइएका घर बढेसँगै दसैँको आगमनसँग जोडिएको गाउँको त्यो पुरानो रौनक पनि हराउँदै गएको छ । विगतमा दसैँ नजिकिएसँगै गाउँघरमा रातो माटो र कमेरो खोजेर ल्याउने, घरका भित्ता पोत्ने, ढोका–झ्यालमा रँगाउने… पुरा पढौ