समाज

यस वर्ष देशका बिभिन्न २३ स्थानमा बर्डफ्लु

यस वर्ष चैतमा मात्र देशका बिभिन्न २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए । यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौँमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ… पुरा पढौ

गुरुङ लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको अध्यक्षमा लामा गुप्ती गुरुङ

गुरुङ तमू लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको अध्यक्षमा लामा गुप्ती गुरुङ सर्वसम्मत चयन भएका छन् । पोखरा–१८ स्थित पाल ङाघ्युर साङङ छ्योलिङ गुम्बामा आइतबार भएको गुरुङ तमू लामा बौद्ध धर्म समाज क्षेत्रीय समिति पोखराको प्रथम अधिवेशनबाट लामा गुप्ती गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा लामा प्रेमकाजी गुरुङ, उपाध्यक्षमा लामा अशोक गुरुङ, महासचिवमा लामा सन्तोष गुरुङ, सचिवमा लामा मिलन गुरुङ, कोषाध्यक्षमा लामा शेरब गुरुङ र सहकोषाध्यक्षमा लामा अमृत गुरुङ चयन भए ।… पुरा पढौ

फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्री गुरुङको स्पष्टीकरण

गृहमन्त्री सुधन गुरुङले कास्कीको फेवाताल जग्गा प्रकरणमा आफू ठगिएकाले कानुनी उपचारमा जाने स्पष्ट पारेका छन् । फेवाताल किनारमा साहसिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक दशकअघि स्थापना गरिएको ‘एड्भेन्चर स्पोट्र्स नेपाल’ सञ्चालनका लागि भाडामा लिइएको जग्गा मापदण्डविपरित रहेको पाइएपछि मन्त्री गुरुङले त्यसविरुद्ध कानुनी प्रक्रियामा जाने बताएका हुन् । सर्वोच्च अदालतको आदेशबमोजिम पोखरा महानगरपालिकाले फेवातालको जग्गा मिचेर बनाइएको संरचना हटाउने क्रममा गृहमन्त्री संलग्न कम्पनीले भाडामा लिएको जग्गासमेत अतिक्रमण क्षेत्रभित्रै रहेको पाइएको थियो । जग्गा भाडामा लिँदा जग्गा धनीले अतिक्रमित जग्गा भन्ने… पुरा पढौ

एभरेस्टकर्मी दीपेन्द्र र सन्देशलाई पितृ शोक

एभरेस्ट मिडिया हाउसका प्रमुख कार्यकारी अधिकृत, एभरेस्ट आवाज डट कमका सम्पादक दीपेन्द्र श्रेष्ठ र एभरेस्ट एफ एमका समाचार संयोजक सन्देश श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठद्वयका पिता ईटहरी ५,सुनसरी निवासी भीमबहादुर श्रेष्ठको ८० बर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । विगत लामो समयदेखि नशा सम्बन्धि रोगबाट पिडित उनको बिहान आफनै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ईटहरीको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका श्रेष्ठको निधनले त्यस क्षेत्रको विकासमा अपुरणीय क्षती पुगेको छ ।स्वर्गीय श्रेष्ठको शवयात्रा… पुरा पढौ

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन एप’ र ‘वेबसाइट’ युआरएल बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । “हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल,… पुरा पढौ

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय,शैक्षिकसत्र वैशाख १५ बाट

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।शैक्षिक संस्थाबाहेकका कार्यालय समय अब बिहान ९ देखि बेलुका ५ बजेसम्म कायम गरिएको छ । त्यस्तै बैठकले आगामी शैक्षिकसत्र वैशाख १५ बाट सुरु हुने निर्णय समेत गरेको छ । आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट लागू हुने निर्णय… पुरा पढौ

एभरेस्टकर्मिद्वयलाई पितृशोक

एभरेस्ट मिडिया हाउसका प्रमुख कार्यकारी अधिकृत, एभरेस्ट आवाज डट कमका सम्पादक दीपेन्द्र श्रेष्ठ र एभरेस्ट एफ एमका समाचार संयोजक सन्देश श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठद्वयका पिता ईटहरी ५,सुनसरी निवासी भीमबहादुर श्रेष्ठको ८० बर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । विगत लामो समयदेखि नशा सम्बन्धि रोगबाट पिडित उनको बिहान आफनै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ईटहरीको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका श्रेष्ठको निधनले त्यस क्षेत्रको विकासमा अपुरणीय क्षती पुगेको छ । स्वर्गीय श्रेष्ठको… पुरा पढौ

फेवातालको अतिक्रमित संरचनामा चल्यो महानगरको डोजर

सन्देश श्रेष्ठपोखरा, चैत १८ पोखराको फेवातालमा निर्माण गरिएको अतिक्रमित संरचनामा डोजर चलेको छ । पर्यटनको राजधानी पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा बनेका अतिक्रमित संरचनामा पोखरा महानगरपालिकाले एकाविहानै डोजर चलाएको हो । राती सुत्दासम्म संरचना भत्किदैछ भन्ने थाहा नपाएका स्थानियले राती डोजर चल्न थालेपछि भने झस्याङ्ग भएका थिए । जसै संरचनामा डोजर चल्न थाल्यो तब स्थानियले विरोध गरेका थिए भने डोजर चलाउन अवरोध गर्ने प्रयास गरेका थिए । तर नेपाल प्रहरी र महानगर प्रहरी लिएर गएको महानगरले अवरोधका बाबजुद अतिक्रमित संरचना… पुरा पढौ

कमलपोखरी सहकारीमा निशुल्क आँखा परिक्षण

पोखरा १३ मा रहेको कमलपोखरी वचत तथा ऋण सहकारी सँस्था लिमिटेडले निशुल्क आँखा परिक्षण, औषधी बितरण एवं रक्त परिक्षण कार्यक्रम गरेको छ। सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा २ सय ८५ जनाको आँखा परिक्षण गरिनुका साथै २ सय २५ जनाको रक्त परिक्षण गरिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर कुवंरले जानकारी दिए ।यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेत्रज्योति संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रा.डा.दिल बहादुर क्षत्रीले सहकारीले आर्थिक क्रियाकलाप मात्र नगरी सामाजिक स्वास्थ्यका विषयमा पनि ध्यान दिनुपर्ने बताए । उनले उपचार गर्न नसक्ने… पुरा पढौ

फोहरबाट मोहरः व्यास नगरपालिकाले कमायो १७ लाख

तनहुँको व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३÷८३ को साउनदेखि फागुनसम्मको अवधिमा उक्त आम्दानी भएको हो । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गरी आम्दानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनले भने, “सङ्कलन गरी बिक्री गर्न थालेपछि फोहर नगरपालिकाको आम्दानीको स्रोत बनेको छ ।”व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर सङ्कलन गर्दै… पुरा पढौ