समाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका छन् । कताकति कमेरो वा रातोमाटोले घर पोतेको भेटिन्छ । विगतमा दसैँ नजिकिएसँगै रातो माटो र कमेरोले घर पोत्दा गाउँबस्ती नै रङ्गीन र चहलपहलपूर्ण देखिन्थेपरम्परागत शैलीमा घर पोत्ने चलन अहिले लगभग लोप भइसकेको छ । सिमेन्टले प्लास्टर गरिएका र आधुनिक रङ लगाइएका घर बढेसँगै दसैँको आगमनसँग जोडिएको गाउँको त्यो पुरानो रौनक पनि हराउँदै गएको छ । विगतमा दसैँ नजिकिएसँगै गाउँघरमा रातो माटो र कमेरो खोजेर ल्याउने, घरका भित्ता पोत्ने, ढोका–झ्यालमा रँगाउने… पुरा पढौ

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो । गए रातिदेखि प्रसारण लाइनको एउटा सर्किट चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति पु¥याएको थियो । तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर… पुरा पढौ

संयुक्त टोल विकासद्वारा जेष्ठ नागरिक सम्मानित

पोखरा १६, तल्लो दिपमा रहेको संयुक्त मार्ग टोल विकास समितिले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नेपालीजनका महत्वपुर्ण चाडपर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा संस्थाले त्यस टोलका जेष्ठ नागरिक जौमाया गुरुङ र खड्गबहादुर गुरुङलाई सम्मान गरेको हो । उनीहरुलाई संस्थाका अध्यक्ष समाजसेवी टेकनाथ आचार्य र संस्थाका कोषाध्यक्ष उषा गुरुङले दोशल्ला, सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले टोल विकास संस्थाले सम्पादन गरेका कार्यहरुको जानकारी दिदैं, टोलको समग्र विकासमा स्थानीयको भुमिका महत्वपुण हुने बताए ।… पुरा पढौ

म्याग्दीका बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब रु आठ लाख सहयोग

पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब रु आठ लाख सहयोग प्राप्त भएको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा अस्टे«लियामा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले रु सात लाख ८३ हजार ३५८ दशमलव पाँच सहयोग गरेको हो । अस्टे«लियामा रहेका विक्रम खत्रीको नेतृत्वमा सङ्कलन गरिएको उक्त रकम जलजला गाउँपालिकाको विपद् कोषमा जम्मा भएको अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । अध्यक्ष आचार्यले सहयोगदाताहरुलाई धन्यवाद दिँदै विपद्बाट क्षति पुगेका निजी… पुरा पढौ

सिन्धुली र जनकपुरमा सवारी दुर्घटना: चारको मृत्यु, तीन जना बेपत्ता

सिन्धुली र जनकपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परेर चारको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका –६ स्थित नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ गति अनियन्त्रित भई आज विहान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा सुमोका चालकसहित तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सो सवारी साधानमा १० जना यात्रु रहेका जनाइएको छ । तीन जना बेपत्ता र चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य सस्था घुर्मीतर्फ पठाइएको छ । उक्त स्थानमा… पुरा पढौ

बुकी फूल’को ९० प्रतिशत छायांकन सम्पन्न

पोखरा — वर्षौंदेखि नेपाली चलचित्र निर्माण गर्ने सपना बोकेका गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङले निर्माण गरिरहेको चलचित्र ‘बुकी फूल’को छायांकन ९० प्रतिशत सम्पन्न भएको छ। प्रतिकूल मौसमलगायत विभिन्न चुनौतीका बीच भदौदेखि सुरु गरिएको चलचित्रको छायांकन ९० प्रतिशत पूरा भएको उनले जानकारी दिए।२०७० सालमा ‘युम्पो देउराली’ चलचित्र निर्माण गरेका गुरुङले २०७२ सालमा अर्को चलचित्र बनाउने तयारी गरेका थिए। तर, नयाँ संविधानको घोषणासँगै मुलुक नयाँ राजनीतिक परिवेशमा प्रवेश गरेपछि स्थानीय तहको पहिलो निर्वाचनमा सहभागी भएर उनी मादी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए।… पुरा पढौ

नेपाली कांग्रेस रूपा ३ र ४ को संयुक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पोखरा । नेपाली कांग्रेस रूपा गाउँपालिका वडा नं. ३ र ४ को संयुक्त आयोजनामा विजयादशमी, शुभदीपावली, नेपाल संवत् ११७४, छठ तथा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा प्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडा नं. ३ का सभापति भरतबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री जीवन परियार प्रमुख अतिथि तथा नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का क्षेत्रीय सभापति सरोज केसी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि परियारले पार्टीको आन्तरिक निर्वाचनमा हार–जितलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक परिणामका रूपमा… पुरा पढौ

मोडर्न इरा ट्राभल्स १९ औं बर्षमा प्रवेश, चालक तथा कर्मचारीलाई सम्मान

मोर्डन इरा टुर्स एन्ड ट्राभल्स १९ औं बर्षमा प्रवेश गरेको छ । १९ औं बर्ष प्रबेशको अवसरमा कम्पनीले एक कार्यक्रमका बिच उत्कृष्ट सेवा गरेका कर्मचारी दाताराम उपाध्याय र बलराम लामिछाने र चालक , सहचालकलाई नगद पुरस्कार सहित सम्मान गरेको छ। शनिबार आयोजित शुभकामना आदानप्रदानकार्यक्रममा बोल्दै प्रमुख अतिथि ,अग्रज यातायात व्यबसायी महेश शर्मा लामिछानेले यातायात क्षेत्रमा आफुले गरेको लगानी र प्राप्त सन्तुष्टिको बारेमा बताउँदै धैर्यतापुर्वक र अनुशासनमा रहेर कार्य गरेमा सफलता पाउन सकिने अनुभव सुनाएका थिए । २०३७ सालमा ५ हजार… पुरा पढौ

स्वतन्त्र पत्रकार संघ, कास्कीको शुभकामना आदान प्रदान

नेपालीहरुका चाडपर्वको अवसरमा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दसैं पर्वले दिने सन्देश र संघको उद्धेश्य उस्तै रहेको बताएका छन् । नेपाली पत्रकारितामा देखिएका दलगत प्रवृति र अस्वस्थ प्रतिस्पर्धालाई चिर्न संघ क्रियाशील रहेको बताए । उनले असत्य माथि सत्यको जीत भएको पर्व नै बडादसैं भएको बताउँदै, समाजमा पत्रकारितालाई निष्पक्ष र प्रभावकारी बनाउन पत्रकारहरु स्वतन्त्र हुनुपर्नेमा जोड दिए । देशका बिभिन्न जिल्लामा शाखा गठन भएको जानकारी… पुरा पढौ

कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग

गत भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट आहत बनेका रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडितका लागि दक्षिण कोरियाली कलाकार तथा लेखक कु ह्युन किमले ५ हजार किलो चामल सहयोग गरेका छन् । ८० वर्षीय कोरियाली नागरिक किमले कोरियास्थित बुद्धिस्ट एकेडेमी, बुद्धिस्ट रिभ्यु र छेओङयाङ ट्राभल स्कुलका २६ जना सदस्यहरूसँग मिलेर रु ५ लाख रकम जुटाई नेपाल आएर उक्त सहयोग उपलब्ध गराएका हुन् । परिचय एड्भरटाइजिङको संयोजन र उत्तरगया गाउँपालिकाको सहजीकरणमा २५ किलो दरका २०० बोरा उच्च गुणस्तरको चामल रसुवाको उत्तरगयाका… पुरा पढौ