समाज

सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान

सहकारी संस्थाले आर्थिक संकलन र परिचालन मात्र नगरी सरसफाईको क्षेत्रमा पनि काम गर्छन् भन्ने उदाहरण पोखरा १९ मा रहेको एउटा सहकारीले दिएको छ । सहकारी दिवसको अवसर पारेर त्यस वडामा रहेको घार्मी कृषि वातावरण तथा पर्यटन सहकारीले बृहत् सरसफाई अभियानसहित सचेतना कार्यक्रम सम्पन्न गर्यो। तेन्जिङ डोल्मा संस्थाको सहकार्यमा भएको सो सफाई अभियान सहकारी प्राङ्गणबाट शुरु भई त्यस क्षेत्रका बिभिन्न स्थानमा पुगी सम्पन्न भएको थियो । अभियानमा सहभागिहरुले प्लास्टिक संकलन तथा चोक, मैदान र बाटो घाटोको सफाईका बारेमा सचेतना प्रदान गरेका… पुरा पढौ

सहमति अनुसार स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले एशोसिएशन आफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल अफिन, नेपाल मेडिकल तथा डेण्टल कलेज एशोसिएशनलाई हालै एक पत्र जारी गर्दै सरोकारवाला पक्षहरूसँग गत कात्तिक १५ गते भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो । उक्त सहमतिअनुसार सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने भए पनि केही संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले… पुरा पढौ

पोखरामा आईसीटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन सम्पन्न

पोखरालाई सूचना प्रविधिको हब बनाउने लक्ष्यसहित पोखरा महानगरपालिकाले आईसीटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन कार्यक्रम सञ्चालन गरेको छ । महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रको वार्षिक विकास कार्यक्रम अन्तर्गत “स्वदेशी लगानी, विदेशी कमाई; समृद्ध महानगर, युवामा लगानी” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । केन्द्रका प्रमुख नवराज अधिकारीका अनुसार यस पहलले डिजिटल युगमा प्रवेश गर्न तथा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याहरू समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । “लाइनमा बसेर होइन, अनलाइनबाट सेवा लिन सकिने प्रणाली विकासतर्फ यो… पुरा पढौ

स्वतन्त्र पत्रकार संघ नेपालमा पुनः बास्तोला

स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः कृष्णप्रसाद बास्तोला चयन भएका छन् । संघको गैंडाकोटमा सम्पन्न १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले पोखराका अग्रज पत्रकार बास्तोलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा तिर्सनालक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चयन भए । त्यसैगरी, सदस्यमा युक्तप्रसाद सुवेदी बागलुङ, कृष्णबहादुर रायमाझी कास्की, योगेश खपाङ्गी झापा, प्रेमध्वज लामा ,सुरेशप्रसाद सैंजु भक्तपुर र सागर कार्की कास्की निर्वाचित भएका छन् । यसअघि साधारणसभाको उद्घाटन सत्रमा पोखराका… पुरा पढौ

फेवाताल छेउछाउका अतिक्रमित संरचनामा महानगरको डोजर

पोखरा महानगरपालिकाले फेवाताल छेउछाउका अतिक्रमित क्षेत्रमा डोजर चलाएको छ । त्यस क्षेत्रमा जमिन अतिक्रमण गरी बनाइएका टहरामा पोखरा महानगरले शनिबार बिहान डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन्। शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्।विरोधका कारण केहीबेर सडक आवागमनसमेत प्रभावित भएको थियो ।महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले ३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको जानकारी दिए । फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने… पुरा पढौ

त्रिभुवन विमानस्थलमा रातभर ‘अपरेशन सेफ्टी’,१८ जना समातिए

काठमाडौँ प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति ‘अपरेसन सेफ्टी काठमाडौँ’ चलाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण तामाङलाई पक्राउ गरेको हो । यस्तै काठमाडौँको कलङ्की–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, कलङ्कीकै बस टिकट काउन्टर–पेट्रोलपम्प क्षेत्रमा गुण्डागर्दी… पुरा पढौ

गण्डकीमा विज्ञान पढ्ने विद्यार्थीको संख्या करिव ४८ हजार

नेपालको उच्च शिक्षा क्षेत्रमा गहिरो क्षेत्रीय र विषयगत असमानता रहेको तथ्यांक सार्वजनिक भएको छ । पोखरास्थित समाज विज्ञान केन्द्रले शुक्रबार आयोजना गरेको मासिक ‘कचहरी’ कार्यक्रममा संघीय संरचनापछि पनि शैक्षिक पहुँचमा उल्लेख्य सुधार हुन नसकेको सरोकारवालाले बताए । अनुसन्धानकर्ता डा. ढाकाराम भण्डारीले प्रस्तुत गरेको कार्यपत्र अनुसार मुलुकभरका विश्वविद्यालयको वितरण असन्तुलित छ । गण्डकी, राजर्षि जनक, मदन भण्डारी विज्ञान तथा प्रविधि, नेपाल विश्वविद्यालय, नेपाल खुला, मनमोहन प्राविधिक, मधेस कृषि, मधेस र लुम्बिनी प्राविधिक जस्ता संस्था स्थापना भए पनि तिनको पहुँच सबैतिर पुग्न… पुरा पढौ

तीन जिल्लामा बर्ड फ्लू सङ्क्रमणः ८५ हजार कुखुरा नष्ट

बर्ड फ्लूको समस्या देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा करिब ८५ हजार कुखुरा नष्ट गरिएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा गङ्गाराम यादवका अनुसार बर्ड फ्लू एच ५एन १ को सङ्क्रमण पुष्टि भएका तीन जिल्लाका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो । प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ । वरिष्ठ पशु विकास अधिकृत डा यादवका अनुसार मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्ममा बर्ड फ्लूको सङ्क्रमण… पुरा पढौ

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ । विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र सुरु नभएको तथा शिक्षा नियमावली, २०५९ को नियम ७८ ९१० ९ग० बमोजिम लब्धाङ्कपत्रलगायत आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा विद्यालयहरूले भर्नाको सूचना प्रकाशन नगर्न आदेश दिइएको हो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सुरु भएपछि विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने आदेश दिएको हो । हरेक वर्ष वैशाख २ गतेदखि नयाँ शैक्षिक… पुरा पढौ

सर्वोच्च अदालतमा २७ हजार १४७ मुद्दा फर्छ्यौट गर्न बाँकी,संवैधानिक इजलासमा मात्रै दुई सय ८२

सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र जवाफदेहिताका लागि संवैधानिक इजलाससम्बन्धी ‘वेव पोर्टल’ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले पोर्टलको उद्घाटन गर्दै संवैधानिक इजलासको सुदृढीकरण, संविधानको रक्षा र न्यायमा पारदर्शिताका लागि पोर्टल प्रारम्भ गरिएको बताईन् । “संवैधानिक इजलास सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुटु हो, संविधानको अन्तिम व्याख्याता हो, तर, विडम्बना आज यही इजलास कार्यबोझ र प्रक्रियागत ढिलाइको चापमा छ । यसलाई थप सक्रिय र विश्वासिलो बनाउन हाम्रा कदमहरू सोहीअनुसार केन्द्रित हुनेछन्”, उनले… पुरा पढौ