समाज

नेवार समुदायमा घण्टाकर्ण पर्व मनाइँदै

सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठामङ्गल पनि भनिन्छ । परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । पर्वको तयारीका लागि आज बिहानै स्नान, घर–आँगन सफा गरी पूजापाठ गरिन्छ । केटाकेटीले बाटामा डोरी टाँगेर पैसा ९जगात्० माग्ने र राति राँको बाली गठामङ्गल नामक राक्षसको प्रतीकलाई घिसार्दै… पुरा पढौ

खेलकुद पदक वितरणमा भएको अनिमितता : सचिवको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन

सन्देश श्रेष्ठपोखरा, साउन २५ गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा भएको अनियमितताको छानविन हुने भएको छ । गखेपले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाही र मिलेमतोको छानविन गर्न गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले ३ सदस्यीय छानविन समिति बनाएको हो । मन्त्री स्तरीय निर्णयले बनेको छानविन समितिको संयोजकमा मन्त्रालयका सचिव डा.शेषनारायण पौडेल रहेका छन् भने सदस्यमा मन्त्रालयका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेल र मन्त्रालयका युवा महाशाखा प्रमुख नारायणप्रसाद बास्तोला रहेको गण्डकी प्रदेश… पुरा पढौ

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेका छन् । उनीहरूबीच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिईन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए । राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध… पुरा पढौ

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । समितिका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो ।उनले भने,“हामीसँग ७६ हजार बचतकर्तालाई करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ । त्यसका लागि सम्बन्धित सहकारीको सम्पत्ति यकिन गर्ने तथा उपलब्ध स्रोतको परिचालन गर्ने काम भइरहेको छ”, सहकारी क्षेत्रमा समस्या किन उत्पन्न भयो र यसको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भन्ने… पुरा पढौ

पृथ्वीनारायण क्याम्पसका विद्यार्थी जटायु संरक्षण केन्द्रमा, जैविक विविधता जोगाउन सक्रिय

पोखराको पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्र तथा वनस्पतिशास्त्र विभागका विद्यार्थी गिद्ध संरक्षणसँगै जैविक विविधता र वातावरण संरक्षणका विविध गतिविधिमा सक्रिय भएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित जटायु संरक्षण तथा गाई संरक्षण केन्द्रमा पुगेर आइतबार विद्यार्थीले गिद्धको आहार व्यवस्थापन प्रत्यक्ष अवलोकन गर्नुका साथै संरक्षण क्षेत्रमा सरसफाइ र वातावरणीय व्यवस्थापनका विभिन्न गतिविधिमा स्वयंसेवकका रूपमा सहभागिता जनाएका हुन् ।पृथ्वीनारायण क्याम्सका ४० विद्यार्थी, स्थानीयवासी तथा संरक्षणकर्मीको सहभागितामा गिद्ध संरक्षण, जैविक विविधता संरक्षण र वातावरणीय सचेतनासम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीले मरेका जनावरका हड्डी सङ्कलन… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ आउँदो शनिबार पोखरामा हाइकिङ हुने

पोखरा, २४ साउन । सहारा फुटबल एकेडेमीको सहयोगार्थ पोखरामा शनिबार ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुने भएको छ। पोखरा महानगरपालिका-९ को समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा हुने हाइकिङ स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित आयोजना गर्न लागिएको हो। पोखरा–९ महेन्द्र पुलस्थित फल्चाबाट शनिबार बिहान करिब ७ बजे हाइकिङ सुरु भएर पर्यटकीय क्षेत्र काहुँडाँडासम्म पुग्ने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए। प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरसँगै सामाजिक सेवामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले भने। हाइकिङमा सहभागी… पुरा पढौ

दिदी बहिनी एकता फाउन्डेसनद्वारा आर्वा विजयमा क्यान्सर सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर, २१० जना सहभागी

पोखरा । पोखरा–१३, आर्वा विजयपुरस्थित विजय आधारभूत विद्यालयमा क्यान्सर सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार २३ साउन २०८३ मा आयोजित शिविरमा स्थानीय बासिन्दासहित २१० जनाले स्वास्थ्य सेवा तथा क्यान्सरसम्बन्धी सचेतना प्राप्त गरेका छन्। दिदी बहिनी एकता फाउन्डेसन नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा मौजा विजयपुर समाज, यूकेको सहयोग र चरक मेमोरियल हस्पिटलले सहकार्य गरेको थियो। दिदी बहिनी एकता फाउन्डेसन नेपालकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका–१३ का वडा अध्यक्ष किरण बराल विशेष अतिथिका रूपमा सहभागी भई यस्ता… पुरा पढौ

लायन्स साझा चौतारीको रक्तदानमा, ५५ युनिट संकलन

लायन्स क्लव अफ साझा चौतारीद्धारा आयोजित रक्तदान कार्यक्रमममा ५५ युनिट रगत संकलन भएको छ । बर्षासंगै पोखरामा रगतको अभाव हुने संकेत देखिएपछि रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । लायन्स क्लव रक्तदान विभाग प्रमुख मिन वहादुर लामिछानेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जीवनदान, जीवनदान महादान बाट प्रेरित लायन्स क्लवहरुले रक्तदान कार्यक्रमलाई महत्वपूर्ण योगदान गर्दै आएको बताए । पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले रक्तदातालाई प्रमाणपत्र वितरण गर्दै रक्तदान जस्तो पुण्य कार्यमा युवा वर्गलाई प्रेरित गर्नुपर्ने… पुरा पढौ

सामुदायिक वन दिवसका अवसरमा रातोपैह्रा वनमा वृक्षरोपण

सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षरोपण गरिएको छ । सो अवसरमा वन क्षेत्रको भिरालो पाखोमा २५० वटा बाँसका विरुवा रोपिएको हो । वडाअध्यक्ष राधिका शाही योगीले बाँसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै मानव जीवनको हरेक सुख, दुःखमा बाँसको महत्व रहेको बताईन् । पोखरा १७ मा रातोपैह्रा र कालजरुवा दुईवटा सामुदायिक वन समुह रहेको उल्लेख गर्दै उनले चितवन जिल्लाबाट एक लाख रुपैयाको लागतमा खरिद गरिएका ५०० बाँसका विरुवा रोप्नका लागि प्रोत्साहन गरिएको जानकारी दिईन् ।… पुरा पढौ

महेन्द्र मावि, घार्मीको अध्यक्षमा पुर्व विद्यार्थी अधिकारी चयन

पोखरा १९ घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयको अध्यक्षमा नारायणप्रसाद अधिकारी चयन भएका छन् । विद्यालयमा आइतबार सम्पन्न अभिभावक भेलाले विद्यालयका पुर्व विद्यार्थी समेत रहेका अधिकारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यमा जमुना पौडेल, शर्मिला सुनार,देउकुमारी खनाल,शिक्षक प्रतिनिधी शरदराज सापकोटा , वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नन्दराज दाहाल चयन भएका हुन् । त्यस्तै भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा शोभा पौडेललाई चयन गरेको छ । संघको सदस्यहरुमा गंगाा सुनार, तारा सुनार,रामबहादुर सुनार, टेक… पुरा पढौ