समाज

नेपाली कांग्रेसको कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्का,असोज ३० गते सम्मका लागि बैठक स्थगित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले स्वास्थ्यको कारण देखाउँदै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।‘मेरो स्वास्थ्यको कारणले पार्टीको उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा काम गर्ने जिम्मेवारी सुम्पिएको छु,’ देउवाले भने,‘उहाँले पार्टीको हितअनुरूप काम गर्ने आशा लिएको छु।’ यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्म स्थगित भएको छ । सभापति देउवाले सम्बोधन गरेपछि… पुरा पढौ

कास्कीमा ‘अपरेसन ३६५’ सञ्चालन

सन्देश श्रेष्ठपोखरा, असोज २८ कास्की प्रहरीले ‘अपरेसन ३६५’ शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शान्ति सुव्यवस्था कायम गर्न भन्दै कास्की जिल्ला भरी लागु हुनेगरी ‘अपरेसन ३६५’ सञ्चालन गरेको जनाएको हो । मोटरसाईकलको स्वरुप परिवर्तन गरेर ठुलो आवाज निकालेर ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने तथा शान्ति सुव्यवस्था खलल पार्ने लगायतका गतिविधी बढेको भन्ने जनगुनासो आएपछि यो अभियान सञ्चालन गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । असोज २७ गते सोमबारदेखि शुरु भएको यो… पुरा पढौ

ठेक्का अवधि सकिँदा पनि सेती ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून

पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड ९पोखरा–जामुने० का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आगामी वैशाखसम्म उक्त पुलको ठेक्का म्याद थपिएको छ । “अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल बन्न मुस्किल देखिन्छ”, उनले भने, “निर्माण कम्पनीले पुलका लागि चाहिने केवल लगायत सामग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको हो ।” तीन… पुरा पढौ

ठेक्का अवधि सकिँदा पनि सेती ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून

पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड ९पोखरा–जामुने० का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार आगामी वैशाखसम्म उक्त पुलको ठेक्का म्याद थपिएको छ । “अहिलेकै गतिमा काम भए वैशाखभित्र पनि पुल बन्न मुस्किल देखिन्छ”, उनले भने, “निर्माण कम्पनीले पुलका लागि चाहिने केवल लगायत सामग्री समयमा ल्याउन नसक्दा काममा ढिलाइ भएको हो ।” तीन… पुरा पढौ

नक्कली पेस्तोल देखाएर पोखरामा लुटपाट, एक पक्राउ

सन्देश श्रेष्ठपोखरा, असोज २८ पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट भएको छ । पोखरामा एक युवकले पोखरा महानगरपालिका वडा नम्बर–१२ शितलादेवी बस्ने देवीकला अधिकारीलाई नक्कली पेस्तोल देखाएर सोमबार लुटपाट गरेका हुन् । नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने पर्वतको मोदी गाउँपालिका वडा नम्बर-१ घर भई पोखरा–२० भलाम बस्दै आउका सुजन विक रहेको कास्की प्रहरीले जनाएको छ । सोमबार राती ८ः५० मा लुटपाट गरेका उनलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । नक्कली पेस्तोल देखाई लुटपाट… पुरा पढौ

नियमित महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव, कांग्रेस सभापति देउवाद्वारा अस्वीकार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । केन्द्रीय समितिमा पेस गर्ने एजेन्डाबारे नेपाली कांग्रेसका सभापति देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफलका क्रममा सभापति देउवाले सो प्रस्ताव अस्वीकार गरेको देउवा निकट स्रोतले जानकारी दियो । सकेसम्म मंसिरभित्रै नियमित महाधिवेशन गर्न सभापतिसँग प्रस्ताव गरेका थिए।महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन मंसिर भित्र हुन सकेन भने विशेष महाधिवेशनका लागि जानुपर्ने बाध्यता रहेको सभापतिलाई जानकारी गराएका छन्।देउवाले महामन्त्रीद्वयलाई महाधिवेशनका विषयमा सल्लाह गरेर मात्रै… पुरा पढौ

तिहार र छठमा चिनी अभाव हुँदैनः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयन

यस बर्षको तिहार तथा छठ पर्वमा चिनीको अभाव नहुने भएको छ । विगतमा सरकारी निकायले पर्याप्त चिनी ल्याउन नसक्दा व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई महँगोमा बेच्ने गरेकोमा यसपालि भने सरोकारवाला निकायहरूले चिनी अभाव नहुने र सहजै सुपथ मूल्यमा प्राप्त गर्न सकिने दाबी गरेका छन् ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्ष तिहार र छठ पर्वमा चिनी अभाव नहुने र मूल्यमा पनि कुनै वृद्धि नहुने दाबी गरेको छ । मन्त्रालयका सहसचिव शिवराम पोखरेलले हाल बजारमा चिनीको मौज्दात पर्याप्त रहेको र… पुरा पढौ

भाइटीकाको उत्तम साइत : कात्तिक ६ गते ११ः३९ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका… पुरा पढौ

मनाङका किसानले भित्र्याए फापर बाली

मनसुनी वायु सकिएलगत्तै यहाँका किसानले फापर भित्र्याएका छन् । मनाङ गाउँ, पिसाङ, भ्राका, टङ्की मनाङलगायत क्षेत्रका किसानले मौसम सुधार हुनासाथ यहाँको रैथाने बाली भित्र्याएका हुन् । हतारमै फापर थन्क्याइएको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका भुजुङ गुरुङ बताउछन। “फेरि मौसम बदली हुने हतारोले अहिले राम्रोसँग काट्ने बेला नहुँदै फापर काटियो । यस वर्ष विगतमा भन्दा अलि छिटो चिसो पनि बढेको छ”, उनले भने, “मौसम सफा हुनासाथ थन्क्याइएको हो ।” वर्ष दिनमा एक बाली मात्र उत्पादन हुने मीठो फापर भित्र्याइएको उनले जानकारी दिए… पुरा पढौ

पोखरा–१२ चापापानीमा सुनका गहना लुट्ने प्रयास, प्रहरीको तत्परतालगत्तै अभियुक्त पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१२ चापापानी मार्गस्थित सितलादेवी सामुदायिक विद्यालयको पूर्वी गेटअगाडि सोमबार राति एक महिलामाथि सुनका गहना लुट्ने प्रयास भएको छ। ब्यबसायी समाजसेवी कृष्ण प्रसाद कोइरालाका अनुसार घटना राति करिब ८:३० बजे तिर श्रीमान् र श्रीमती कामबाट घर फर्कने क्रममा भएको हो। श्रीमती गाडीबाट झरेर गेट खोल्ने क्रममा ग १३ प ९८३२ नम्बरको मोटरसाइकलमा आएका एक युवाले पेस्तोल देखाई उनको घाँटीको सुनको सिक्री र कानको रिङ तान्ने प्रयास गरेका थिए। लुटपाटको क्रममा महिला र लुटेराबीच केही बेर लछारपछार पनि भएको… पुरा पढौ