समाज

लामाचौर तीज महोत्सव : जिएम र ढुंगे देउराली भलिबलको फाइनलमा

पोखरा, भदौ ९ गते । जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । रोचक त के भने लिग चरणका समूह विजेता टिम सेमिफाइनलबाटै यात्रा टुंगाउन पुगे । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जि।एम। समाज फाइनल पुगेको हो । समूह ‘बि’ को उपविजेता कावासोतीको जि।एम। समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो… पुरा पढौ

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष बमजनलाई सेटिङमा १० लाख धरौटी लिएर छाडेको सहकारी पीडितको आशंका

सन्देश श्रेष्ठपोखरा, भदौ ९ सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर बमजनलाई सेटिङ मिलाएर धरौटीमा छाडेको सहकारी पीडितहरुले आशंका गरेका छन् । सूर्यदर्शन सहकारी पीडितहरुले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर यस्तो आशंका व्यक्त गरेका हुन् । बमजन सहकारी ठगीको प्रमुख योजनाकार मानिएका जिवी राईका नातेदार (जेठान) हुन् । जिल्ला अदालत कास्कीले आईतबार बमजनलाई १० लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । अमेरिकामा रहेका उनी आईतबार जिल्ला अदालतमा उपस्थित भएका थिए । बमजनलाई एकै दिनमा थुनछेक बहस सकेर धरौटीमा छाडिएको थियो । सहकारी… पुरा पढौ

परिवार नियोजन संघ कास्कीले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामूलक अभियान संचालन गर्ने

पोखरा, ९ भदौ । नेपाल परिवार नियोजन संघ कास्कीले यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी सचेतनामूलक अभियान संचालन गर्ने भएको छ । संघले चालु आर्थिक वर्षको असार मसान्तसम्म अभियान संचालन गर्ने नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । अभियान १६ देखि २१ वर्ष उमेर समूहका किशोर किशोरीहरुका लागि लक्षित गरी कास्की जिल्लाका विद्यालय र कलेजमा संचालन गरिने छ । अभियान अन्तर्गत विभिन्न २४ स्थानमा कार्यक्रम गरिने छ । कार्यक्रमका लागि स्थानीय सरकारसँग सहकार्यको प्रयास गरिने सभापति सिग्देलको… पुरा पढौ

रत्नज्योति माविमा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरियो

रत्नचोकमा अवस्थित श्री रत्नज्योति माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति तथा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले मुलुकबाट युवाशक्ति विदेश पलायन हुने दर बढेको र त्यसलाई रोक्न शिक्षानीतिमा समेत परिवर्तन गर्न जरूरी रहेको बताउनु भयो । आफ्नो पालामा धेरै मानिस लाहुरे हुन छिमेकी मुलुक भारतमा जाने गरको प्रसङ्ग उल्लेख गर्दै अहिले भने युवाहरू आफ्नो… पुरा पढौ

पोखरा-१३ आर्वामा बस दुर्घटना, २३ घाईते

पोखरा, भदौ ९ पोखरा महानगरपालिका वडा नम्बर–१३ आर्वामा बस दुर्घटना भएको छ । आर्वा मणीदीपबाट काहुँखोला आउँदै गरेको ग.१ ख.४०२७ नम्बरको बस आर्वाको मडकेल्नामा दुर्घटना हुँदा २३ जना घाईते भएको स्थानियले जनाएका छन् । बस दायाँतर्फको भित्तामा गएर धस्सिएको छ । चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको हुनसक्ने यात्रुहरुको भनाई छ । दुर्घटनामा पोखरा–१३ का २० वर्षिया अञ्जली परियार, ३२ वर्षिया अनिता सापकोटा, ६५ वर्षिया अम्बिका बराल, ३० वर्षिया सुरमा परियार, ९ वर्षिया सुप्रिया परियार, २५ वर्षिया कविता पाण्डे, ६५… पुरा पढौ

ऐतिहासिक बाटुलेचौर तीज मेला शुरु, महिला दौंडमा विष्णु प्रथम

पोखरा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला २०८२ सोमबार देखि शुरू भएको छ। नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा वडा कार्यालय, पोखरा १६ को समन्वयमा, तीज मेला व्यवस्थापन समितिको आयोजनामा भदौ १० गतेसम्म स्थानीय बाटुलेचौर खेल मैदानमा हुने ऐतिहासिक बाटुलेचौर तीज मेलाको आज पोखरा महानगरपालिकाका उप मेयर मञ्जु कुमारी गुरुङले उद्घाटन गरिन् । उद्घाटन अघि विहान महेन्द्र गुफा देखि मैदानसम्म प्रभातफेरी सहित २५ वर्ष उमेर माथिका महिला दौड सम्पन्न भएको छ। ४० जना महिला सहभागि दौडमा विष्णु खनालले ५ मिनेट… पुरा पढौ

ठूलो डिही–पोखरा सम्पर्क मञ्चको तिज विशेष दिदीबहिनी भेटघाट तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

पोखरा । ठूलो डिही–पोखरा सम्पर्क मञ्चको आयोजनामा हरितालिका तिज विशेष दिदीबहिनी भेटघाट, वित्तीय साक्षरता तथा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेश सभा सदस्य माननीय सिताकुमारी सुन्दासले एउटै आँगनीमा खाइखेलेका दिदीबहिनीहरूसँग तिजको पावन अवसरमा एकै थलोमा भेट्न पाउँदा आफू प्रफुल्लित भएको बताउँदै वित्तीय साक्षरता र जेष्ठ नागरिकका लागि पोखरामै बायोमेट्रिक सुविधा उपलब्ध गराइनु सराहनीय कार्य भएको उल्लेख गरिन्। कार्यक्रममा मञ्चका सल्लाहकार वरिष्ठ अधिवक्ता सुरेन्द्रबहादुर थापाले शुभकामना व्यक्त गर्दै संस्थाले गरिरहेको… पुरा पढौ

पोखरामा ४१ जेहेन्दार विद्यार्थीलाई नेलम्बो नेपालद्वारा पूर्ण छात्रवृत्ति प्रदान

पोखरा । आर्थिक अभावले पढाइ छोड्ने मोडमा पुगेका विद्यार्थीलाई आशाको नयाँ बाटो खुलेको छ। विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था नेपाल (नेलम्बो नेपाल) ले आइतबार पोखरामा आयोजित विशेष समारोहमा ४१ जना जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत यी विद्यार्थीमध्ये कसैले १८ हजार ५ सय रुपैयाँ बराबरको सहयोग पाए भने कसैले सवा लाखसम्मको छात्रवृत्ति पाए। संस्थाले विगत चार वर्षदेखि निरन्तर यसरी छात्रवृत्ति वितरण गर्दै आएको छ। कार्यक्रममा प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष… पुरा पढौ

लमजुङ-पोखरा सम्पर्क समितिको दर खुवाउने कार्यक्रम सम्पन्न

लमजुङ-पोखरा सम्पर्क समितिले नेपाली महिलाहरुको सांस्कृतिक पर्व तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लमजुङबाट पोखरा आई बसोबास गर्ने महिला दिदी बहिनीहरुलाई समितिले तीजको शुभकामनासहित दर खुवाएको हो । कार्यक्रममा लमजुङकी चेली सावित्री घिमिरेलाई नारी सम्मानबाट सम्मानित गरिएको थियो भने समितिमा आबद्द परिवारमध्ये सबैभन्दा वृद्ध आमा मैया श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङ थिए । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले तीज साझा संस्कृति भएकाले यसलाई विकृति, विसंगतीबाट मुक्त गरी मनाउनुपर्ने… पुरा पढौ

कालिका टोल विकास संस्था र कालिका बहुमुखी क्याम्पसको तीज गीत प्रतियोगितामा भूपू सैनिक सकृय आमा समूह प्रथम

पोखरा कालिका टोल विकास संस्था र कालिका बहुमुखी क्याम्पस पोखरा–१४ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा भू.पू सैनिक सकृय आमा समुह प्रथम भएको छ । १६ टिमले सहभागिता जनाएको सो प्रतियोगितामा कालिका बहुमुखी क्याम्पस वि.एड् दोस्रो वर्षका विद्यार्थी समुह द्वित्तिय, वि वि एम् तेस्रो वर्षका विद्यार्थी समुह तृतीय भए तथा घुम्ति आमा समुह र बास्केटबल आमा समुहले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य बन्दना कार्की के.सीले नारीहरुको… पुरा पढौ