समाज

संविधान रक्षाका लागि एकजुट हुन कास्की कांग्रेको अपिल

पोखरा, भदौ २७ नेपाली काँग्रेस कास्कीले संविधानको रक्षार्थ एकजुट हुन कार्यकर्ता तथा शुभचिन्तकहरुलाई अपिल गरेको छ । भ्रष्टाचारबिरुद्द जेनजीले थालेको आन्दोलनले सफलता पाएर सरकार निर्माणमा जुटेको छ । नेपाली सेनाको अगुवाईमा जेनजीसँग भईरहेको वार्तामा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमती नजिक पुगेको छ । तर राजनीतिक दलहरुले भने संविधान बाहिर गएर सरकार गठन नगर्न चेतावनी दिदै आएका छन् । यहि सेरोफेरोमा छलफल चलिरहेका बेला बसेको कास्की कांग्रेस बैठकले संविधान रक्षाका लागि एकजुट हुन अपिल गर्ने निर्णय गरेको कास्की कांग्रेसका प्रवक्ता नवीन… पुरा पढौ

नेकपा (एमाले) गण्डकी प्रदेशद्वारा संवैधानिक समाधान खोज्न र घुसपैठकारीलाई कारबाही गर्न माग

पोखरा । हालै देशभर भएका राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले विज्ञप्ति जारी गरेको छ। पार्टीले आन्दोलनमा सहभागी युवाको योगदान र भावना प्रति सम्मान जनाउँदै आन्दोलनका नाममा भएका तोडफोड, आगजनी र हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “आन्दोलनमा घुसपैठ गरी सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति तथा नेकपा (एमाले) का कार्यालयहरूमा आक्रमणजस्ता कार्यले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ।” एमालेले हालको संविधान र राजनीतिक व्यवस्थाभित्रै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै भावनामा बहकिएर हिंसात्मक गतिविधिमा लाग्न… पुरा पढौ

लोकतन्त्र, संविधान र विधिको शासन नजलोस् : पहारी

सन्देश श्रेष्ठपोखरा, भदौ २६ नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य राजिव पहारीले लोकतन्त्र, संविधान र विधिको शासन जलाउन नहुने बताएका छन् । उनले पीडाको बिच मेरो अपिल छ भन्दै उनले लेखका छन्,‘लोकतन्त्र, संविधान र विधिको शासन नजलोस् । उनले आफ्नो घर जलाएकोमा आक्रोस पनि व्यक्त गरेका छन् । जेनजी आन्दोलनका क्रममा उनको पोखरा–६ बैदाम, लेकसाईडस्थित पैत्रिक घर जलेको थियो । यसप्रति आक्रोस व्यक्त गर्दे उनले भनेका छन्,‘मेरो घर जलाएर कसैको उपलब्धी हासिल भयो भन्ने भ्रममा नपरुन्… पुरा पढौ

सामान्य बन्दै पोखरा

सन्देश श्रेष्ठपोखरा, भदौ २६ पोखराको जनजीवन सामान्य बन्न थालेको छ । जेनजी आन्दोलनले अस्तव्यस्त बनेको पोखराको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको हो । भ्रष्टाचारबिरुद्द थालेको जेनजी आन्दोलनका कारण पोखरामा सरकारी कार्यालय, सरकारी निवास, प्रशासनिक भवन, नीजि तथा प्रष्तिठानहरुमा ठूलो क्षेती पुगेको छ । आन्दोलनका कारण सबैतिर अस्तव्यस्त भएको थियो । सोहि कारण अब के हुने हो भन्ने संसय पैदा भएको थियो । कहाँ कतिबेला के हुने हो भन्ने चिन्ता थपिएको थियो । तर अहिले पोखरा शान्त बनेको छ । कहिंकतै… पुरा पढौ

संविधानको अधीनस्थ रही नया सम्भावनाको ढोका खोलौं : खगराज

सन्देश श्रेष्ठपोखरा, भदौ २६ पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीले संविधानमा अधीनस्थ रही नया सम्भावनाको ढोका खोल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा विहीबार दिउँसो लामो स्टाटस लेख्दै कास्की क्षेत्र नम्बर १ (क)बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य अधिकारीले भनेका छन्,‘लोकतन्त्र र गणतन्त्रका मूल्यलाई सुरक्षित राख्दै युवा पुस्ताको सपना र आकांक्षलाई मूर्त रुप दिन हामी सबै मिलेर अघि बढ्नेछौं ।’ उनले लामो संघर्ष, र बलिदानबाट प्राप्त लोकतन्त्र र गणतन्त्र साझा गौरव एकाले यसलाई सुरक्षित र सबल बनाउनु साझा… पुरा पढौ

कास्कीका निजी विद्यालय आज र भोलि पनि बन्द रहने

पोखरा । कास्की जिल्लाका संस्थागत विद्यालयहरू आज (भदौ २६ गते) र भोलि (भदौ २७ गते) पनि बन्द रहने भएका छन्। जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण सार्वजनिक यातायात तथा बजार बन्द लगायतका कारण विद्यार्थी र शिक्षकहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। मन्टेश्वरी एसोसिएसन, कास्की अध्यक्ष भवानी अधिकारी, हिसान कास्की अध्यक्ष दिवाकर जैसी एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी र प्याब्सन, कास्की अध्यक्ष षडानन्द गौतमद्वारा जारी संयुक्त विज्ञप्तिमा उक्त जानकारी गराइएको हो । विद्यालय सञ्चालकहरूले अभिभावकहरूलाई जारी गरेको विशेष… पुरा पढौ

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ । सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै भनेको छ-मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन… पुरा पढौ

कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै स्थगनबारे जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ, ‘पूर्व निर्धारित तालिका अनुसार २०८२ भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक) परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।’ साथै स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ दिनको समयावधि दिई पछि प्रकाशन गरिने जनाएको छ । पुरा पढौ

सञ्चालनमा आयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः सञ्चालनमा आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल दिउँसो साढे २ बजेबाट पुनः सञ्चालनमा आएको हो । विभिन्न परिस्थितिका कारण मंगलबारदेखि रोकिएका उडानलाई बुधवार दिउसो बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकले पुनः सुचारु गर्ने निर्णय गरेको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै हवाई यात्राका लागि विमानस्थल पुग्ने यात्रुले आफ्ना सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिन र आधिकारिक टिकट तथा परिचयपत्रसहित मात्र विमानस्थल आउन आग्रह गरेको छ । यसैगरी, यात्रुले… पुरा पढौ

पोखरा लेकसाइडमा पनि अर्को शव फेला

पोखरा । पोखराको लेकसाइडमा पनि अर्को शव फेला परेको छ । लेकसाइडमा रहेको अंशुभरा ग्रुपको कार्यालयमा उक्त शव फेला परेको हो । अंशुभरा ग्रुप गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाका छोराको हो । मंगलबार प्रदर्शनकारीले थापाको घर, होटेल, अफिसमा आगजनी गरेका थिए । पुरा पढौ