समाज

दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु

पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा टेक एज युथ परियोजना सुरु भएको छ । परियोजना अन्र्तगत आयोजित कार्यक्रममा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी,पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ, दीपशिखा सामुदायिक पुस्तकालयका सल्लाहकार बाबुराम गिरी, रिड नेपालका व्यपस्थापन समिति सचिव एंव मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्मा , रिड नेपाल तथा सामुदायिक पुस्तकालयका यादव भट्टराई लगायतबाट प्रशिक्षार्थीहरुलाई परियोजनाको लोगो अङ्कित टिसर्ट हस्तान्तरण गरी परियोजना सुरु गरिएको हो । रिड नेपाल अन्र्तगतको टेक एज युथ… पुरा पढौ

सुनको दैनिक आयात कोटा वृद्धि,२५ किलोग्राम पु¥याइयो

नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा बढाएर २५ किलोग्राम पु¥याएको छ। शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो।दिपावली नजिकिएसँगै सुनको माग झनै बढ्ने भएपछि केन्द्रीय बैंकले आयात कोटा बढाएको हो । त्यस्तै,विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) को भुक्तानी सीमामा पनि परिवर्तन गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको नयाँ परिपत्रअनुसार यी व्यवस्था लागू हुने छ। नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा हालको २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पु¥याइएको छ। त्यसैगरी, विदेशबाट आउने विप्रेषण… पुरा पढौ

पूर्वप्रधानमन्त्रीले मापदण्ड विपरीत राखेका सुरक्षाकर्मी फिर्ता,माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’को आक्रोश

पूर्वपदाधिकारीहरूले प्रयोग गर्दै आएका अतिरिक्त सुरक्षाकर्मीहरू शुक्रबार बिहानसम्म फिर्ता भइसकेका छन् । गृह मन्त्रालय श्रोतका अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलगायत सबै पूर्वपदाधिकारीहरूले लिर्दैै आएका अतिरिक्त सुरक्षाकर्मीहरू शुक्रबार बिहानसम्म फिर्ता भइसकेका हुन् । यसअघि सरकारले सुरक्षा चुनौतीलाई ख्याल गर्दै प्रचण्डलाई विशेष सुरक्षा दिइएको थियो । सरकारले पूर्वप्रधानमन्त्रीहरू सहितका पूर्वपदाधिकारीहरूले प्रयोग गर्दै आएका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको थियो। सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने… पुरा पढौ

फागुन २१ को निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भीड

फागुन २१ गतेको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने मानिसहरूको भीड लाग्न थालेको छ । दशैं बिदा सकिए लगत्तै काठमाडौँ उपत्यका सहित विभिन्न जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ताका लागि मानिसहरूको भीड लागेको हो । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाएसँगै मतदाताको भीड बढेको हो । कास्कीमा पनि दैनिक जसो करिब २ सय जना मतदाता नामावलीमा नाम दर्ता गर्न आउने गरेका छन् । दशैं अघि एक दिनमात्र कार्यालय खुलेको र दशैं बिदा… पुरा पढौ

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए । जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो । सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन । “विगत १० वर्षको… पुरा पढौ

बेलायतबाट साइकल यात्रामा पोखरा आएको जोडीलाई सम्मान सहित स्वागत

बेलायतबाट साइकल यात्रामा पोखरा आएको जोडी सम्मानित भएको छ । सात महिना सात दिनमा २० देश पार गर्दै करिब १४ हजार किलोमिटरको दूरी पूरा गरी पोखरा आइपुगेका उनीहरुलाई पोखरामा सम्मान गरिएको हो । ५१ वर्षीय थोस्टर ब्रुस र उनकी श्रीमती डा.एमा ब्रुस मंगलबार पोखरा आइपुगेका थिए । उनीहरूलाई पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । पोखरा पर्यटन भ्रमर्ण वर्षका संयोजक गोपी भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया लगाएतले अबिर खादाले स्वागत गरे… पुरा पढौ

सुनको मूल्यमा चार हजार २ सयले गिरावट

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा प्रति तोला सुन र चार हजार २ सय रुपैंया ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार दुई लाख ३९ हजार २ सय रुपैंयामा कारोबार भएको एक तोला सुनको मुल्य आज चार हजार २ सय रुपैंयाले घटेर दुई लाख ३५ हजार रुपैंया कायम भएको छ । चाँदीको मूल्य भने बढेको छ। बिहीबार एक तोला चाँदी तीन हजार २५ रुपैंयामा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी… पुरा पढौ

नौ वर्ष बित्दा पनि बनेन चिस्यानगृह

पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह विगत नौ वर्षदेखि अधुरो छ । आर्थिक वर्ष ०७३÷७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो । स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यानगृह एक तला बनेपछि अलपत्र अवस्थामा अधुरो छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा चिस्यानगृह… पुरा पढौ

मनसुनी वायुको प्रभाव कायमै,यस्तो छ आजको मौसम

आज देशका पश्चिमी भूभागको धेरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमाजसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको… पुरा पढौ

सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँदयाममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन… पुरा पढौ