समाज

ढुक्क भएर बचत गर्न सदस्यहरुलाई हाम्रो बहुउद्देश्यीय सहकारीको आग्रह

पोखरा, १४ भदौ । पोखरा महानगर पालिका वडा नं ८ न्युरोडमा स्थित हाम्रो बहुउद्देयीय सहकारी लि. को छविसौ बार्षिक साधारण सभा एवमं अठ्ठाइसौ साधारण सभा शनिबार समपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवंम शेयर सदस्य विष्णु प्रसाद कडेलले उद्घाटन गदै सहकारीले वित्तिय अनुसासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गरे । उनले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा सुझाब दिए दिएका छन् ।सल्लाहकार तथा पूर्व अध्यक्ष युवराज त्रिपाठीले संस्थाले विगत गरेको… पुरा पढौ

सर्वेश्वर मार्ग, पराजुली मार्गका व्यवसायीलाई कर तथा वित्तीय साक्षरता अभिमुखीकरण

सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोवल आईएमई बैंकसँगको सहकार्यमा कर तथा वित्तीय कारोबार सम्बन्धी डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा सहभागी व्यवसायीहरुलाई कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले करको विषयमा सहजीकरण गरेका थिए । उनले समयमै करको विवरण राखेर… पुरा पढौ

ट्रक व्यवसायीले ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायमान गराएका छन् : मन्त्री केसी

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायामान गराएको बताएका छन् । शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री केसीले निजी क्षेत्र देशको अर्थतन्त्रको खम्बाको रुपमा रहेको समेत उल्लेख गरे ।उनले बीमा दावी प्रक्रिया कठिन हुनु, समयानुकूल नीति नहुनु, दक्ष चालकको कमी, सडकको खराब अवस्था, भारतीय ट्रकहरूसँग प्रतिस्पर्धा लगायतका व्यवसायीका समस्याका बारेमा आफू जानकार… पुरा पढौ

ओमोडा एण्ड जेकुको नया सोरुम पोखराको शिवचोकमा खुल्यो

सन्देश श्रेष्ठपोखरा, भदौ १४ पोखरामा ओमोडा एण्ड जेकुको नया सोरुम खुलेको छ । ओमोडा एण्ड जेकुको पोखराका लागि आधिकारिक वितरक ईलाइट मोटर्स प्रा.लि.ले पोखरा–१० शिवचोकमा ‘ओमोडा एण्ड जेकु’को नया सोरुम खोलेको हो । सोरुमको शनिबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे । सो सोरूम ३ एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्णरूपमा अद्यावधिक गरिएको जनाइएको छ । झण्डै २०,००० वर्ग फुट क्षेत्रफलमा फैलिएको यस सोरूमले ग्राहकहरूलाई एउटैस्थानबाट सबै सेवा उपलब्ध गराउने ईलाईट मोटर्स प्रालिका… पुरा पढौ

र्‍यान्डमको अधिवेशन सम्पन्न, अध्यक्षमा दीपक पराजुली

पोखरा, भदौ १४ गते । र्‍यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ ।अधिवेशनले दीपक पराजुलीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शङ्करमणि त्रिपाठी ९छन्दमणि० सर्वसम्मत चयन भएका छन् । केशवशरण लामिछानेको संयोजकत्वमा गनेस… पुरा पढौ

युवा उद्यमी समाजसेवी भाष्कर र राहुल दाजु भाइलाई डागर स्मृति पुरस्कार अर्पण

पोखरा । युवा उद्यमी तथा समाजसेवी भाष्कर उपाध्याय र राहुल उपाध्यायलाई डागर स्मृति प्रतिष्ठान नेपालले “डागर स्मृति पुरस्कार–२०८२” अर्पण गरेको छ। राजन पराशर डागरको २४ औं स्मृति दिवसको अवसरमा आयोजित समारोहमा विजेतालाई २० हजार रुपैयाँसहित सम्मान गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रमा पराशरले आफ्ना श्रीमान डागरको स्मृतिमा प्रतिष्ठान स्थापना गरी समाजसेवामा पुर्‍याएको योगदानलाई अतुलनीय बताए। उनले पोखरा अब परिवारका रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै पराशरको अन्तिम अभिलाषा पूरा गर्न आफूसमेत प्रयासरत रहेको धारणा राखे। पुरस्कृत प्रतिभाबारे बोल्दै… पुरा पढौ

निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने ऐन विरुद्ध कास्कीमा कोण सभा

पोखरा । नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी तथा आवासीय विद्यालयले कास्कीमा बिहीबार कोण सभा गरेको छ । प्याव्सन, एन प्याव्सन, हिसानमा कास्कीले जिल्ला प्रशाशन कार्यालय कास्की अगाडि कोण सभा आयोजना गरेको हो । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफा मूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै कास्कीका निजी तथा आवसीय विद्यालयले कोण सभाको आयोजना गरेका हुन् । कोण सभामा बोल्दै प्याव्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले असहमतिका वुदाँ नसच्याएमा कडा रुपमामा… पुरा पढौ

पोखरेली प्रगतिशिल साहित्यकार विद्याविमलको ‘आगोजस्तै पहाड’ र ‘मरिसेला’ विमोचन

सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरेली प्रगतीशिल साहित्यकार विद्याविमल बरालको ‘आगोजस्तै पहाड’ र ‘मरिसेला’ विहीबार विमोचन भएको छ । वामपन्थी नेता टेकनाथ बराल (टि.एन. सर)को दोस्रो स्मृति दिवसको अवसरमा विहीबार उनका जेठा छोरा विद्याविमलले लेखेको ‘आगोजस्तै पहाड’ संस्मरण र ‘मरिसेला’ उपन्यासको विमोचन गरिएको हो । कार्यक्रममा बरिष्ठ प्रगतीशिल साहित्यकार तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज किरण गुरुङलगायतले विमोचन गरेका थिए । टि.एन.बराल स्मृति अध्ययन केन्द्रले प्रकाशन गरेको यी दुई पुस्तकमध्ये ‘आगोजस्तै पहाड’… पुरा पढौ

मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीले बुझायो प्रदेश प्रमुखलाई प्रतिवेदन

पोखरा, १२ भदौ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रतिवेदन पेश गरेको छ । मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक कामकारबाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने उल्लेख गरे। ‘प्रदेश सरकारलाई कानुनी सल्लाहका साथै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्याधिवक्ताको हो ।’ भट्टले भने । संवैधानिक व्यवस्था अनुरुप… पुरा पढौ

पोखरामा भदौ १७ गतेदेखि दोस्रो नेपाल खुल्ला स्नुकर प्रतियोगिता हुँदै

सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा भदौ तेस्रो सातादेखि नेपाल खुल्ला स्नुकर प्रतियोगिता हुने भएको छ । फाइनल स्कोर स्पोर्टस् बार प्रालिको आयोजना तथा कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा पोखरामा आगामी भदौ १७ गतेदेखि २८ गतेसम्म दोस्रो नेपाल खुल्ला स्नुकर प्रतियोगिता–२०८२ हुन लागेको हो । प्रतियोगिता पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोर्टस् बारान सञ्चालन हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगितामा देशभरका १२८ जना खेलाडीले सहभागिता जनाउने आयोजकको विश्वास छ । प्रतियोगितामा नेपालका टप–१६ को… पुरा पढौ