समाज

पोखरा ५ की महिलाको कोरोनाले मृत्यू

पोखरामा कोरोनाले १ महिलाको मृत्यू भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित पोखरा महानगरपालिका वडा नम्बर ५ की ५९ वर्षिया महिलाको मृत्यू भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भित्र रहेको कोभिड–१९ उपचार केन्द्रको आईसियूमा उपचाररत उनको गएराती ११ बजे उपचारको क्रममा मृत्यू भएको अस्पतालका निर्देशक अर्जुनप्रसाद आचार्यले जानकारी दिए । मृतक महिलाको मुटको भल्व फेर्नुका साथै निमोनियालगायतकासमेत समस्या रहेको अस्पतालले जनाएको छ । महिलाको मृत्यूसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनाबाट… पुरा पढौ

ढिस्कोमा परी महिलाको मृत्यु

धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ । प्रहरी चौकी बटेश्वरका अनुसार आज बिहान माटोको ढिस्कोमा परी ३५ वर्षीय सुनिता देवी रविदाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छिन् । गम्भीर घाइतेको प्रादेशिक अस्पाल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । दीपावलीका लागि घर लिपपोत गर्नका खेतमा माटो लिने क्रममा ढिस्को खस्दा च्यापिएर सुनिता देवीको मृत्यु… पुरा पढौ

बागलुङमा एक कोरोना संक्रमितको मृत्यू

बागलुङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यू भएको छ । बागलुङको धौलागिरी अस्पतालमा उपचाररत ६६ वर्षिय पुरुषको उपचारको क्रममा आज विहान १०ः२० मा मृत्यू भएको अस्पतालले जनाएको छ । ती पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेह, उच्च रक्तचाप र थाईराईडबाट ग्रसित उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो । पुरा पढौ

‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित

पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ । तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनुदित र प्रतिष्ठानद्वारा विसं २०२५ मा पहिलो पटक प्रकाशित ‘चीनका प्राचीन कथा’ पुस्तक ५२ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको हो । प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो पुस्तकबाट प्राचीन सभ्यता र संस्कृतिले सम्पन्न देश चीनमा प्रचलित लोककथाहरू, तिनमा प्रस्तुत… पुरा पढौ

बलात्कारका आरोपी वडासचिव कारागार चलान

बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए । सो दिन भट्टीमा मदिरा खाएर मातेका यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी आफ्नै वडा बस्तीकी महिलामाथि जाइलागेर बलात्कार गरेको उनीमाथि आरोप छ ।… पुरा पढौ

पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको हो । नयाँपुलबाट देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदमार्ग निर्माणको काम अहिले पनि जारी छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ७० लाखको बजेटबाट दुई वर्षअघि निर्माणको काम थालिएको पदमार्ग अन्तिम चरणमा पुगेको मोदी गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा सङ्घ सरकारको समेत रु १०… पुरा पढौ

फिलिपिन्समा आएको ‘गोनी’ आँधीबाट कम्तिमा पनि १६ जनाको मृत्यु

फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीका कारण त्यहाँ कम्तीमा पनि १६ जनाको मृत्यु भएको समाचार छ । त्यहाँ थप अरु केही व्यक्ति सो आँधीका कारण बेपत्ता भएका छन्। यसको साथै दक्षिणी फिलिपिन्सको ‘आइपुइ लुजन’को मुख्य टापुमा शक्तिशाली आँधी आएको छ।सो आँधीका कारण अल्बे प्रान्तका मात्र १० जनाको ज्यान गएको समाचार छ। त्यहाँको क्यान्डुआनेस टापुमा थप अरु केही मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। त्यहाँको दक्षिणी क्षेत्र बढी प्रभावित भएको बताइएको छ। त्यस क्षेत्रका मात्र करिब ४ लाख सर्वसाधारण विस्थापित… पुरा पढौ

मंगलबार र बुधबार देशभरको मौसम प्रभावित हुने

पश्चिमी वायुको कारण मंगलबार र बुधबार देशभरको मौसम प्रभावित हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, यसपालीको पश्चिमी वायुको ठूलो प्रभाव नरहेकाले अन्नबालीलाई नोक्सान गर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ। प्रशान्त महासागरको तापक्रममा आउने घटबढले पश्चिमी वायुको प्रभावित हुन्छ। मनसुनको समय जेठदेखि असोजसम्म हावाको बहाउ सामान्यतया पूर्वबाट पश्चिमतर्फ हुन्छ। हिउँदमा भने पश्चिमबाट पूर्वतर्फ बहन्छ। जाडो याममा बहने पश्चिमी वायुले नेपालमा हिमपात गराउँछ। पुरा पढौ

कोभिड–१९ का कारण पोखराकी एक महिलाको मृत्यु

कोभिड–१९ का कारण पोखराकी एक महिलाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गर्दैगर्दा पोखरा–५ की ५९ वर्षीया महिलाको सोमबार राति ११ बजे मृत्यु भएको सहप्राध्यापक डा अर्जुन आचार्यद्धारा मंगलबार बिहान जारी विज्ञप्तिमा जनाइएको छ। कोभिड–१९ को संक्रमण भई कार्तिकको गत १४ गते उपचार केन्द्रको आइसीयुमा भर्ना भएकी उनमा कोभिड–१९ र निमोनियालगायतको स्वास्थ्य समस्या रहेको जारी विज्ञप्तिमा जनाइएको छ। प्रतिष्ठानको उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु हुने उनी २६ औं कोभिड–१९ को संक्रमित हुुन्। पुरा पढौ

कोभिड–१९ को मारमा परेका भारती भवन माविका विद्यार्थीलाई भूपू विद्यार्थीद्वारा ‘स्वाध्ययन पाठ्य सामग्री’ निःशुल्क वितरण

कोभिड–१९ को मारमा परेका भारती भवन माविका विद्यार्थीलाई सो विद्यालयका भूपू विद्यार्थीद्वारा ‘९० दिने स्वाध्ययन पाठ्य सामग्री’ निःशुल्क वितरण गरेका छन्। कास्कीको माछापुच्छ«े गाउँपालिका–२ को भुर्जुङखोलास्थित माछापुच्छ्रे माविले निर्माण गरेको समायोजित पाठ्यक्रमअनुसार तयार पारिएको ‘स्वाध्ययन पाठ्य सामग्री’ निःशुल्क वितरण गरेपछि दोस्रो संस्करणका रुपमा की–नोट वितरण गरिएको हो। रेडियो, टिभी. र अनलाइनको पहुँचबाट टाढा रहेका विद्यार्थीहरुका लागि सहजीकरण गर्न र घरमै बसेर अध्ययन गर्नको लागि यो सामग्री निर्माण गरेको हो। अंग्रेजी माध्यममा तयार पारिएको सामग्री कक्षा १ देखि कक्षा ९ सम्मका… पुरा पढौ