समाज

कोरोनाबाट पोखरामा थप चारको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट हालसम्म मुत्यु हुने ६३ जना पुगेका छन् । मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका सात, स्याङ्जाका पाँच, लमजुङ र बागलुङका तीनतीन तथा म्याग्दीका दुई जना छन् ।स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोभिड–१९¬¬ बाट पोखरा महानगरपालिकामा एक महिलासहित थप चार जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका –१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । असोज ३० गते निमोनियाको पनि उपचारका लागि अस्पताल भर्ना भएका… पुरा पढौ

कोभिड १९ : दशै कसरी मनाउने ?

यो वर्ष कोरोनाले दशै आएको रौनक आएन । विगत वर्षहरुमा जस्तो दशैको पर्खाइ यो वर्ष हुन पाएन । पेशागत जिम्मेवारीले पनि यो महामारीका बीच कोरोना संक्रमितको उपचार र व्यवस्थापनको पाटोले व्यस्त बनाएको छ । अहिले कोरोनाको जोखिम बढिरहेको अवस्थामा एकअर्काको हातबाट टिका जमरा ग्रहण गर्न सम्भव भएन । तर पनि म यो दर्शैमा ८० को हाराहारीमा रहेका आमाबुबाको आशिर्बाद सामाजिक दुरी कायम गरेर टाढैबाट लिने योजनामा छु । दिनरात संक्रमितको उपचारमा रहेका चिकित्सकहरुमा पनि कोरोनाको जोखिममा हुने भएकाले अहिलेको समयमा… पुरा पढौ

कोभिड १९ : दशै कसरी मनाउने ?

नेपाल सरकारले प्रहरीलाई विशेष जिम्मेवारी सुम्पेको छ । नागरिकसँग प्रत्यक्ष जोडिएर समाजमा शान्ति सुरक्षाको प्रत्याभूत गराउनु प्रहरीको पहिलो जिम्मेवारी हो । ‘सत्य सेवा सुरक्षणम्’ मुलमर्मलाई आत्मसात् गरेका प्रहरीका लागि चाडपर्व भन्दा बढी महत्व नागरिकको सुरक्षा हुने गर्दछ । अहिले झन् दोहोरो जिम्मेवारी रहेको छ । एकातिर शान्ति सुरक्षाको प्रत्याभूत गराउने दायित्व छ भने अर्को तर्फ आफुपनि जोगिने र अरुलाई पनि कोभिड–१९ को महामारीबाट जोगाउने जिम्मेवारी छ । चाडवाडको समयमा जुवातास खेल्ने, मदिराको प्रयोग बढी हुने गर्दा अपराधजन्य गतिविधि बढ्छ ।… पुरा पढौ

बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन

बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको जुल्फे किबी पकेट क्षेत्रमा किबीका बिरुवा उत्पादन गर्न थालिएको छ । यसअघि किबीका बिरुवा बागलुङ जिल्ला बाहिरबाट मात्रै आयात गरिन्थ्यो । ताराखोला–५ नागीका रतनबहादुर घर्तीले व्यावसायिक रुपमा नै किबी र जडिबुटीका बिरुवा उत्पादन गर्न थाल्नुभएको छ । भ्रमणका क्रममा इलाममा किबी र जडिबुटीको बिरुवा उत्पादन गरिएको देखेपछि आफूले पनि बिरुवा उत्पादन थालेको उहाँको भनाइछ । लामो समयदेखि कृषिमा लाग्नुभएका घर्ती अब आफैँ किबीका बिरुवा बनाएर बिक्री गर्ने योजनामा हुनुहुन्छ । शुरुमा किबी खेती गर्ने भनेर बिरुवा… पुरा पढौ

कोभिड १९ : दशै कसरी मनाउने ?

नेपाली हिन्दुसमाजमा दशैं पर्वको विशेष महत्व रहँदै आएको पाइन्छ । असत्यमाथि सत्यको विजय रुपमा लिइने यस पर्व पारिवारिक जमघटदेखि सांस्कृतिक र धार्मिक रुपमा समेत महत्व रहेको छ । अहिले कोभिड –१९ महामारीले सामाजिक आर्थिकसँगै मानसिक रुपमा मात्र नभएर त्यसको असर धार्मिक सांस्कृतिक पर्वहरुमा पनि परेको छ । हाम्रा अधिकांस पर्वहरु जो भौतिक उपस्थितिको जमघटमा मनाइने खालका छन् । दशैं पनि त्यस्तै पर्व मध्येको एक हो । अहिले कोरोनाले गर्दा पर्वको महत्व र महिमालाई परम्पराग रुपमा मनाउन सक्ने अवस्था छैन ।… पुरा पढौ

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । रासस पुरा पढौ

गाउँमा छैन यसपालि दशैँको रौनक

पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा– १२ मा बसोबास गर्दै आउनुभएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुग्नुहुन्थ्यो । घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उहाँ त्यसको एक दुई दिनमै गाउँ पुग्नुहुन्थ्यो । तर यसपटकको दशैँमा भने उहाँ गाउँ जानुभएन । कोरोना महामारीको त्रासका कारण पौडेलले पहिलो पटक पोखरामै बसेर दशैँ मनाउँदै हुनुहुन्छ । “चाडवाडमा रमाइलो त आफ्नै गाउँमा हुन्थ्यो, तर कोरोना सङ्क्रमणको त्रासले यस पटक घर जान पाइएन”, उहाँले भन्नुभयो, “बजारमा सङ्क्रमण… पुरा पढौ

पोखरेली नागरिक अगुवाहरुले भने : सत्ता स्वार्थका लागि प्रधानमन्त्रीले राष्ट्रवादलाई नै बलि चढाए

पोखरेली नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि राष्ट्रवादलाई नै बलि चढाएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा बिपरित भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेको भन्दै पोखरेली नागरिक अगुवाहरुले यो भेट सत्ता स्वार्थका लागि राष्ट्रवादलाई बलि चढाउने हर्कत भएको भन्दै निन्दा गरेका छन् । नागरिक समाज पोखराका अध्यक्ष ईन्द्रकमल मानन्धर, पूर्व अध्यक्ष तथा नागरिक अभियन्ता रामबहादुर पौडेल, विष्णहरि अधिकारी, बरिष्ठ अधिवक्ता तीलक पराजुली र शशी तुलाचनले आईतबार संयुक्त विज्ञप्ती जारी गर्दै ओलीको ‘रअ’… पुरा पढौ

गुणकारी जमरा : जसको प्रयोगले हुन्छ फाईदैफाईदा

नेपालीको महान चाड दशैँमा जमरा र टीका प्रयोग गरिन्छ । टीका त हामी जहिले र जतिबेलापनि प्रयोग गरिरहेकै हो । तर दशैंमा प्रयोग गरिने जमराको भने विशेष महत्व छ । जौ र गहुँ छरेर उमारिएको जमरा अनि टीकाले दशैँलाई उमंगमय बनाई दिन्छ । हिन्दु ग्रन्थहरूमा जौलाई अन्नको राजा मानिन्छ । जौमा भएको पौष्टिक तत्व अरू अन्नको तुलनामा बढी हुन्छ, त्यसैले जौको महत्व जोगाइराख्नका लागि पूजाअर्चनामा प्रयोग गर्ने शीरमा सजाउने गरिएको हुनसक्ने अनुमान गरिन्छ । जमरा शब्द संस्कृतबाट आएको आयातित शब्द… पुरा पढौ

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग

संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने ढुक्क रहन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली संघ बेलायतद्वारा ‘सम्पत्तिको सुरक्षा – नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खाज आन्दोलन’ विषयमा शनिबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै सभापति पोख्रेलले गैरआवासीय नेपालीले नेपाली नागरिकसरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने कुरा संविधानले नै सुनिश्चित गरेको र त्यसमा कुनै भेदभाव नहुने बताउनुभयो ।बेलायती सेनाबाट सेवा निवृत्त भएपछि हाल… पुरा पढौ