समाज

किनमेल गर्दै स्थानीय ग्राहक

महान चाड दशैं, तिहार तथा छठ पर्व नजिकिएसंगै धनगढीको चौराहास्थित पसलमा दैनिक प्रयोगका सामाग्री किनमेल गर्दै स्थानीय ग्राहक । धनगढीमा कोरोना सङ्क्रमणको जोखिम कायमै रहे पनि बजारका पसलहरुमा सामान खरिदका लागि आउने ग्राहकहरुले खासै सावधानी अपनाएको देखिंदैन । तस्वीर ः तिलकराज ओझा, रासस पुरा पढौ

गाउँमै कमाएर रमाउँदै दरवाङका युवा

म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका युवाहरु सीप सिकेर विकास र आयआर्जनका काममा जोडिएका छन् । विदेशबाट फर्किएका र बेरोजगार युवाहरु सङ्गठित भएर सामूहिकरूपमा स्वरोजगार बनेका हुन् । आत्मनिर्भर युवा स्वरोजगार समूहमार्फत विकास आयोजनाका लागि फर्निचर, ग्रिल, मिक्सर उद्योग सञ्चालनका साथै कुखुरा र भैँसीपालनको तयारी गरेका दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदीले बताउनुभयो । “१८ युवा अहिले सामूहिक उद्यम सञ्चालनका लागि सीप सिकिरहेका छन्”, उहाँले भन्नुभयो, “उत्पादन र आयआर्जनमा जोड्न बेरोजगार युवाहरुलाई समूहमा आबद्ध गराएर विकासका काममा परिचालन गर्न लागिएको छ ।” नदी,… पुरा पढौ

पुराना कम्युनिस्ट नेता मैनालीको निधन

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन भएको हो । उहाँलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो । प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेल सजाय दिएको थियो । पछि बहुदल आएपछि उहाँलाई सिरहा जेलबाट रिहा गरिएको थियो । उहाँ २०३७ र २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । उहाँ… पुरा पढौ

बत्ती बलेपछि स्थानीयवासीको खुशी दशैँमा गाउँ उज्यालो

तनहुँको घिरिङ गाउँपालिका–१ स्थित विभिन्न टोलमा बिजुली विस्तार भएको छ । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत उक्त वडाको भन्टार, कटहरे, हात्तीडाँडा, डिसडाँडा र रिमिडाँडाका १३८ घरधुरीमा शनिबार पहिलो पटक बत्ती बलेको हो । नेपालीहरुको महान् पर्व बडादशैँको आठौँ दिन महाअष्टमीमा बत्ती बलेपछि यहाँका स्थानीयवासी हर्षित भएका छन् । बत्ती बाल्ने वर्षौँदेखिको चाहना अहिले आएर पूरा भएको स्थानीय पार्वती शाहीले बताउनुभयो । “बिजुली बत्तीको आशमा बसेको थुपै्र वर्ष भयो, बत्ती बाल्ने चाहना बल्ल पूरा भएको छ”, शाहीले भन्नुभयो, “त्यहीमाथि दशैँको बेला बत्ती… पुरा पढौ

लागु औषध र सुनसहित नेपाल–भारत सीमा क्षेत्रबाट चार पक्राउ

बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागु औषध र सुनसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट पोष्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा कैलाली उपमहानगरपालिका–२ का १६ वर्षीय हिमाल शाह, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का २८ वर्षीय मनिष… पुरा पढौ

फेवातालको सुन्दर दृश्य

पोखरा महानगरपालिका वडा नं २२ अन्दुडाँडा तथा विश्व शान्ति स्तुपाबाट देखिएको फेवातालको सुन्दर दृश्य । तस्वीर ः जमुना वर्ष शर्मा, रासस पुरा पढौ

लाइन विस्तारपछि गाउँ उज्यालो

नलगाड नगरपालिका –८ हल्चौरमा विद्युत्को लाइन विस्तारसँगै गाउँ झिलिमिली भएको छ । यहाँका करिव ५०० घरधुरीले लाइन विस्तारसँगै विद्युत् सेवा पाएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिटर, सांसद विकास कोषको आर्थिक सहयोगमा पोल तथा तार खरिद गरी लाइन विस्तार गरेपछि हल्चौर गाउँमा विद्युत् सेवा शुरु भएको हो । स्थानीय खुमाउरी खोला जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत् बढी भई खेर गएको अवस्थामा हल्चौरमा लाइन विस्तार गरी सो विद्युत् प्रयोग गरिएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको विशेष पहलमा हल्चौर गाउँमा… पुरा पढौ

नेकपा नेता तथा पूर्व मन्त्री प्रभाकरलाई कोरोना संत्रमण

पूर्व मन्त्री तथा नेकपा नेता जनार्दन शर्मा प्रभाकरलाई कोरोना संक्रमण भएको छ । शर्माले आज विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् । उनले आफू होम आइसोलेसनमा रहेको जनाउँदै आफूसँग पछिल्लो समयमा सम्पर्कमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेका छन् । साथै कुनै समस्या देखिएमा कोरोना परिक्षण गर्नपनि सुझाएका छन् । पुरा पढौ

कोरोनाले पोखरामा थप ३ को मृत्यू, गण्डकीमा मृतकको संख्या ६३ पुग्यो

विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड१९)का कारण पोखरामा थप ३ जनाको मृत्यू भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम र प्रदेश स्वास्थ्य निर्देशनालयले आईतबार विहान जारी गरेको विज्ञप्तीमा पोखराका दुई अस्पतालमा उपचाररत ३जनाको उपचारका क्रममा कोरोनाले मृत्यू भएको जनाएको हो । मृत्यू हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १५ का ५२ वर्षिया महिलाको कोरोनाले मृत्यू भएको छ । कोरोनाको लक्षण देखिएपछि शनिबार स्वाब दिएकी उनलाई कोरोना पुष्टी भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा… पुरा पढौ

आज दशैंको नवौं दिन महानवमी, सिद्धिदात्रीको पूजा र बलि दिएर मनाईदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ । महानवमीमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि… पुरा पढौ