समाज

प्रजातन्त्र दिवसमा, बुद्व विशाल बजारमा झण्डोत्तोलन

बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखराले प्रजातन्त्र दिवसको अवसरमा एशोसियसनको लोगो अंकित झण्डा र राष्ट्रिय झन्डा झण्डोत्तलन गरेको छ । कार्यक्रममा बोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य, सल्हाकार तथा पुर्व अध्यक्ष केशव बहादुर खत्रीले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सम्पुर्ण नेपालीहरूको लागी विशेष दिन हुने बताउदै खत्रीले यस कार्यक्रमलाई आफू एशोसियसनको नेत्रित्वमा हुदा नै वार्षिक रूपमा नै मनाउदै जाने निर्णय गरिएको बताए । खत्रीले अहिलेको आर्थिक मन्दीको विषम परिस्थितिमा आफ्नो व्यवसाय टिकाउनु नै व्यवसायीको अहिलेको मुख्य चुनौती… पुरा पढौ

नव आदर्शमा रक्तदान, ७७ युनिट संकलन

पोखराको लामाचौरमा आयोजित वृहत रक्तदान कार्यक्रममा ७७ युनिट रगत संकलन भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाजले आयोजना गरेको कार्यक्रमको पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र १६ नं. वडाका अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले संयुक्त रुपमा रक्तदाता नविन भण्डारी र बुद्धीबहादुर खत्री क्षेत्रीलाई ब्लड व्याग हस्तान्तरण गरी शुरुवात गरेका थिए । २६ औं संस्करणको सो कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले स्वस्थ्य व्यक्तिले आफ्नो ईच्छाले गर्ने रक्तदानले बिरामीलाई नयाँ जीवन दिने बताए । अर्का… पुरा पढौ

जनता नै राज्य शक्तिको स्रोत हुन्ः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशबासीका साथै सम्पूर्ण नेपालमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख भट्टले बिहीबार शुभकामना सन्देश जारी गर्दै नागरिक अधिकार सुनिश्चित तथा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । उनले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई पथप्रदर्शन गरेका अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गरे । प्रदेश प्रमुख भट्टले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई… पुरा पढौ

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक,राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्री कार्कीको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित उक्त समारोहमा सरिक भएका हुन् । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विदेशी… पुरा पढौ

तमु साँकृतिक प्रतिष्ठानको २५ औं बाषिकोत्सव कार्यक्रममा स्रष्टा सम्मान

तमु साँकृतिक प्रतिष्ठान नेपालको २५ औं बार्षिकोत्सव, स्रष्टा सम्मान एवम् विद्यार्थी पुरस्कार वितरण कार्यक्रम बुधबार, फागुन ६ गते पोखरामा भव्य तरिकाले सम्पन्न भएको छ । वरिष्ठ समाजसेवी, तमु धिं नेपालका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार एवम् परमसंरक्षक तथा प्रतिष्ठानका अक्षयकोष दाता श्री कर्म तमुको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा ५ जना स्रष्टाहरुलाई सम्मान गरिएको छ । "पार्वता तमु स्मृति पुरस्कार" द्वारा समाजसेवी कृष्णबहादुर तमुलाई सम्मान गरिएको छ । "घनबहादुर तमु स्मृति सम्मान" द्वारा साहित्यकार तीर्थ तमु, "क्या. मिनबहादुर तमु स्मृति सम्मान)द्वारा… पुरा पढौ

नेसनल प्याव्सनको गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर

पोखरा । गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङ चयन भएका छन् । बुधवार पोखरामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले यस अघि गण्डकी प्रदेश सचिव रहेका तनहुँका गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहानको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कास्कीका चेतनारायण भण्डारी,सचिवमा तनहुँका बालचन्द्र घिमिरे,कोषाध्यक्षमा नवलपूरका शिव गुरुङलाई चयन गरेको छ । यसै गरी सदस्यहरुमा तनहुँका तारा भट्टराई, बागलुङ्गका गण्ोश मल्ल,कास्कीका प्रेम भण्डारी र भोजराज… पुरा पढौ

सहारालाई खोला फर्किझैं भो : बाह्र वर्षपछि उपाधि नजिक

सन्देश श्रेष्ठपोखरा, फागुन ६ आयोजक सहारा क्लव पोखरा आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा ६ पटकको उपाधि बिजेता मनाङमस्र्याङ्दी क्लवलाई सडन डेथको शिकार बनाउँदै आयोजक सहारा क्लव पोखरा फाईनलमा पुगेको हो । निर्धारित ९० मिनेटको समय र थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म गोलरहित बराबरी खेलेको सहाराले सडन डेथमा ७-६ गोल अन्तरको बिजय हाँसिल गरेसँगै सहाराले १२ वर्षपछि खोला फर्काएको छ । मा १२ औं आहा रारा पोखरा गोल्डक-२०७० सालको… पुरा पढौ

जगदम्बाले ल्यायो ईभी लक्जरी बस : पोखरा-धुलिखेल सेवा शुरु, टिकटको ९ सय मात्रै

पोखरा, फागुन ६ जगदम्बा ट्राभलले ईभी लक्जरी बस भित्राएको छ । जगदम्बाले एक करोड ६८ लाख पर्ने दुई वटा ईभी लक्जरी बस भित्राएको हो । सोफा र एसीसहितको सुविधा सम्पन्न उक्त बसबाट जगदम्बाले बुधबारदेखि सेवा शुभारम्भ गरेको छ । सेवाको पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले शुभारम्भ गरे । बस पोखरा–धुलिखेल रुटमा सञ्चालन हुन थालेको जगदम्बा मोटर प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । जगदम्बाले पोखरा–काठमाडौं र पोखरा–धरान, पोखरा–विराटनगर र पोखरा–काकडभिट्टालगायतका ठाउँहरुमा डिजेल बसबाट लक्जरी बस सेवा सञ्चालन गर्दै आएको छ… पुरा पढौ

तनहुँमा भरूवा बन्दुकसहित दुई जना पक्राउ

तनहुँको देवघाट गाउँपालिका(४ बाट दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवघाट ४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरूङ र २४ वर्षीय अर्जुन गुरूङ रहेका जिल्ला प्रहरी कार्यालयले जनएको छ । इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई रिस्ती खोलाबाट पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । ग्रामीण इलाकामा गस्ती गर्ने क्रममा निजहरूलाई बन्दुकसहित पक्राउ गरिएको उनले बताए । निजहरूका साथबाट बारुद जस्तो देखिने कालोपदार्थ र फलामका टुक्रासमेत… पुरा पढौ

खपौंदीका अवैध संरचना हटाउन पोखरा महानगरको पत्राचार

पोखरा महानगरपालिकाले फेवातालको ताल घरभित्र पर्ने अवैधानिक संरचना हटाउने कार्यलाई निरन्तरता दिएको छ । पोखरा १८ खपौंदीस्थित फेवा तालको तालघरभित्र पर्ने गरी निर्माण भएका र संचालनमा रहेका संरचनालाई १५ दिनभित्र हटाउन महानगरले पत्राचार गरेको छ । महानगरले बुधबार संरचना निर्माण भईरहेको लिजी वि रेष्टुरेन्ट,क्यार्लिफोर्निया गार्डेन र रातो डाँडामा रहेको कफि सपलाई हटाउन पत्राचार गरेको महानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत हेम प्रसाद आचार्यले जानकारी दिए । सो संरचना १५ दिनभित्र नहटाए स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार जुनसुकै समयमा पनि हटाईने… पुरा पढौ