समाज

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ । लामखुट्टेको टोइकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्दछ । नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आवमा ती रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए… पुरा पढौ

कास्कीको अन्नपूर्ण गाउँपालिकाद्वारा विपद् व्यवस्थापन कोष सञ्चालनमा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ । त्यसका लागि पालिकाले राहत र पुनःस्थापना विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको छ । गत असार र साउन महिनामा गाउँपालिका क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, पीडित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । “अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा विभिन्न विपद्जन्य घटनाका कारण गाउँपालिका भित्रका सडक, पुल, होटललगायत भौतिक संरचना, कृषि क्षेत्र तथा स्थानीय… पुरा पढौ

पोखरामा भदौ ६ गते ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले बृहत् रक्तदान कार्यक्रम आयोजना हुने

पोखरा, भदौ २ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, नेपाल क्षेत्रीय कार्यालय फूलबारी, पोखराले अन्तर्राष्ट्रिय पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिको १९औँ पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसको अवसरमा पोखरामा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ब्रह्माकुमारीज संस्थाको सामाजिक सेवा प्रभागले नेपाल तथा भारतका विभिन्न स्थानीय सेवाकेन्द्रमार्फत भदौ ५ देखि ९ गतेसम्म राष्ट्रव्यापी ‘विश्व बन्धुत्व रक्तदान अभियान’ सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत पोखरा महानगरभित्र ब्रह्माकुमारीजको एकमात्र रक्तदान स्थलका रूपमा फूलबारीस्थित दिव्य शान्ति अनुभूति केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम… पुरा पढौ

पदक वितरणमा भएको त्रुटी र लापरवाहीको जिम्मेवार सदस्य सचिव : सदस्यद्वय थापा र कोइराला

सन्देश श्रेष्ठपोखरा, भदौ ३ गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का दुई जना कार्यकारिणी सदस्यले पदक वितरणमा भएको त्रुटी र लापरवाहीको जिम्मेवारी सदस्य सचिवले लिनुपर्ने बताएका छन् । गखेप कार्यकारिणी सदस्य द्वय भेनिस थापा र कञ्चन थापा कोइरालाले पदक वितरणमा भएको विवादप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै त्यसको सम्पूर्ण जिम्मेवार सदस्य सचिव भएको बताएका हुन् । थापा र कोईरालाले बुधबार संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै पदक वितरणमा भएको गल्ती, कमजोरी वा लापरवाहीमा आफूहरुको संलग्नता नरहेको स्पष्ट पारेका छन् । उनीहरुले प्रदेश सरकारको… पुरा पढौ

भारतीय सेनाध्यक्ष सेठ पोखरामा, गोर्खाली सैनिकको साहस र योगदानको खुलेरै प्रशंसा

भारतका स्थलसेनाध्यक्ष जनरल धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको बताएका छन् । पोखरास्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा आज आयोजित भूतपूर्व सैनिकको भेलामा दुई देशबीचको सैनिक सम्बन्ध अतुलनीय रहेको चर्चा गर्दैै उनले गोर्खाली सैनिकको साहस र योगदानको खुलेर प्रशंसा गरे । “आफ्नो बहादुरी, बफादारी र बलिदानका कारण गोर्खाली सैनिकको विश्वमा छुट्टै पहिचान छ”, भारतीय सेनामा गोर्खाली सैनिकले देखाएको सौर्य अविस्मरणीय रहेको सेनाध्यक्ष सेठले बताए । सेनाध्यक्ष सेठले भारत–नेपाल सम्बन्ध परम्परा, संस्कृति, धर्म र आस्थासँग जोडिएकाले सरकारीस्तरका साथै… पुरा पढौ

पोखरा २० मा वडा स्तरिय समिति गठन

पोखरा महानगरपालिका वडा नंं. २० मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण वडा स्तरिय समिति गठन भएको छ । वडा कार्यालयमा बुधबार आयोजित स्थानीयको भेलाले मीना पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो । समितिका सदस्यमा रुपा नेपाली,बिष्णु वि.क, माया जिसी, सुजिता तामाङ, मणिराज परियार, विलासचन्द पौडेल, प्रहरी सहायक हवल्दार वुध्दिराज मजाकोटी, रेशम खत्री, दामोदर आचार्य र सदस्य सचिवमा वडा सचिव राम प्रसाद तिवारी रहेका छन् ।यसअघि कार्यक्रममा बोल्दै वडाध्यक्ष गंगाबहादुर खत्रीले देशका बिभिन्न भागमा अझै पनि मानव बेचबिखनका घटना… पुरा पढौ

शुक्लाद्वारा ज्ञानु–नरहरि राष्ट्रिय साहित्यिक पुरस्कार स्थापना

शुक्ला साहित्य प्रतिष्ठान, पोखराले ज्ञानु – नरहरि राष्ट्रिय साहित्यिक पुरस्कार स्थापना गरेको छ । नेपाली साहित्यको विकास, प्रवद्र्धन र विस्तार गर्ने उद्धेश्यले आज बाटुलेचौरमा आयोजित कार्यक्रममा सो पुरस्कार स्थापना गरिएको हो । पुरस्कार संचालनका लागि स्थापना गरिएको कोषमा साहित्यकार नरहरि भट्टराईले नगद २ लाख ५१ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरे । आफ्नो ८४ औं जन्मोत्सवका अवसरमा नेपाली साहित्यको श्रीवृद्धि गर्ने हेतुले पुरस्कार संचालनका लागि रकम प्रदान गरिएको उनले बताए । श्रीमती ज्ञानु र परिवारका सदस्यसहित साहित्यकार भट्टराईले गण्डकी… पुरा पढौ

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा यही साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो । यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ । अपराह्न ४ः०० बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ । संयोजक शाहीले हाल वर्षायाममा उत्पादित… पुरा पढौ

लगातारको बर्षाले पोखरामा फिर्के पुल भत्कियो, मादीमा निर्माणाधिन हाइड्रोपावरमा क्षति

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पुल भत्किनुका साथै सडक समेत अवरुद्ध भएका छन् । बर्षाले पोखराको वडा नं. ५ र ८, आलुमाईला चोक जोड्ने फिर्के पुल गएराती भत्किएको छ । रेडियो नेपाल प्रादेशिक कार्यालय नजिकैको सो पुल पेर्ण स्पमा भत्किएर खोलामा पुगेको छ । पुल भत्किएसँगै आवतजावतमा समेत कठिनाई भएको छ ।पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पुल भत्किएको क्षेत्रमा तत्काल प्राविधिक टोली खटाएर पैदल यात्रुका लागि सुरक्षित आवतजावतको वैकल्पिक व्यवस्था गर्ने तयारी गरिएको जानकारी दिए । पुल भत्किएर… पुरा पढौ

माझकोटमा दोस्रो खेम गुरुङ स्मृति कप हुँदै

पोखरा, २ भदौ । कास्कीको रुपा गाउँपालिका–२ माझकोटमा दोस्रो खेम गुरुङ स्मृति कप हुने भएको छ। शान्तिदीप युवा क्लब र खेम स्मृति समितिको संयुक्त आयोजनामा भदौ २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।‘खेलौँ एकता, बढाऔँ भ्रातृत्व’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा साविक वडास्तरीय पुरुष भलिबलसँगै महिलातर्फ रस्साकसी र पुरुषतर्फ छेलो फाल्ने प्रतियोगिता समेत हुनेछ। भलिबल प्रतियोगिता स्थानीय शिवालय माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ।भलिबलको विजेताले ४५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २५ हजार रुपैयाँ नगद,… पुरा पढौ